Saturday, August 27, 2011

मुक्ति घोषणा

आज फेरी तिमी
म सँग छोइएका छौ
पुर्खाको स्वाभिामान
दुषीत बनाएका छौ,
घर भित्र छिर्नु अघि
छोइछिटो हाल्नु पर्ने छ,
तिमी र म विच फेरी
अदृष्य तगारो लगाईनेछ,
तिम्रो कालो धर्तिको 
विचरा मानशिक्तामा,
मलाई तल्लो मान्नु पर्नेछ,
मेरा सम्मानका पुष्पहरु 
काँडा ठान्नु पर्नेछ ।

हो, 
म अस्पृष्य
तिम्रा तथाकथित पुष्यकर्म
मेरा लागि च्यांखे थाप्नुहुँदैन,
मानशिक रोगीहरुको भिडबाट
टाडिएर तिमी बाँच्नु हुदैन,
पागलहरुको सोचाइको परिधी
छियाछिया पारेर,
म आफुलाई  तिमी भन्दा 
कुनै हालतमा तल्लो ठान्दैन,
त्यसैले
म मुक्तिको घोषाणा गर्छु
म तिमीले जस्तै
मान्छे भन्दा मान्छे सानो मान्दैन,
मान्छे भन्दा मान्छे ठूलो मान्दैन,
मान्छे भन्दा मान्छे अपवित्र मान्दैन ।

Thursday, August 25, 2011

स्टीभ जव



आजको दिन रमाइलो रहयो । दिउँसो केही महत्वपुर्ण स्थानहरुमा पुगे । भिष्म उप्रेतीको अग्रेजीमा रुपान्तरीत पुस्तकका पानाहरु बस र टेम्पोमा बसेको बेला पल्टाइरहे । आइतबार धनगढी जाने निश्चित भएको छ । भोलि शुक्रबार । केही  कामहरु बाँकी छन् । समयमा नै सक्ने प्रयास गर्छु ।
राजनैतिक अवस्था निकै तरल छ । देशले सहमतिय प्रधानमन्त्री पाउन सकेन । बहुमतियको गणितिय खेलको श्री गणेश भएको छ, हिजोबाट । माओबादीले पासा फालेको छ । कस्तो संयोग सहमतिय अभियान असफल भएकै समयमा नयाँ भारतीय राजदुत पनि आएका छन् । 

एप्पल कम्पनीका प्रमुख  स्टीभ जबले पदबाट राजीनामा दिएको टिवट्रबाट जानकारी पाँए । मैले फेसबुक मात्र चलाउँने गर्थे तर टिवट्रमा  पनि निकै रमाइलौ हुँदोरहेछ । मैले धेरै जसो समाचार सम्बन्धी साइटहरु फलो गरेको छु । मलाइ पछ्याउनेहरु नगन्य मात्र छन् । मैले चिनेकाहरु निकै कमले मात्र टिवटर चलाएको पाएँ ।

मानब सभ्यताले सञ्चारमा निकै ठूलो फड्को मारेको छ । यसमा  स्टीभ जव जस्ता ब्यक्तिहरुले महत्वपुर्ण भूमिका रहेको छ । आइ प्याड र आइ पोड जस्ता उपकरण उनकै देनहुन । सञ्चारलाई कोठाबाट औलाको टुप्पामा झार्नेकाममा उनको महत्वपुर्ण  योगदान छ ।  सञ्चार माध्यमहरुले उनलाई क्यरेज्मेटिक लीडर तथा भिजनरी लिडर भनि प्रशंसा गरेका छन्  ।

कविताको आत्महत्या

बैंसले भरिपुर्ण कविता
पानाबाट फुत्त निस्किएर
हिमाल देखि मधेससम्म पुग्यो,
तिमीले लेखेको
सेताम्मे हिमाल 
रक्ताम्य देख्यो,
तिमीले कोरेको
हरियो नागबेली पहाड
जलिरहेको देख्यो,
तिमीले छरेको
लहलहाउने फाँट
मरुभूमि भेट्यो,
अत्तालिदै कविता बगैचामा पुग्यो
तिम्रा सौन्दर्य विम्ब
फुल र कोपिलामा
काँडैकाँडा भेट्यो,
खोलाको कलकल र चराको चीरवीरमा
पिडा र चित्कार सुन्यो,
कान थुन्दै कविता 
चिसो सुस्केरा हाल्यो र
आकास तिर हे¥यो
गिद्ध र चिलहरु 
उडिरहेको देख्यो,
कालो आकाशमा 
जुन घाम हराएको देख्यो,
हतास र निराश कविता
हस्यांग फस्यांग गर्दै
शहर तिर दौडियो, 
कुष्ठरोगी शहरलाई
उसले पुलूक्क हे¥यो
निसास्सिएर कवितामा
बाच्ने चाहा हट्यो,
खुडकिला उक्लिएर कविता
धरहराको टुप्पोमा पुग्यो,
निराशा आँखाले स्वम्भु हेर्दै
कविताले हाम फाल्यो
टुडिखेलमा पछारियो
यसरी
कविताले आत्महत्या ग¥यो ।
यसरी 
कठै विचरा
कविताले आत्महत्या ग¥यो ।

Monday, August 22, 2011

परिचय

डष्टविनमा फालिएका
करेसाको मलखाल्डोमा गाडिएका 
बाटो छेउ आगो बालिएका
इतिहासको कुँडाकक्ड 
मेरा पुर्खाहरु  ।


अक्षर अक्षर मा पढछु
विजय र पराजयको कथा,
चापलुसी प्रश्रस्तिको कथा,
अक्षरहरु मौन छन्,
निशब्द छन्,
को थिए,  कहांबाट आए
किन आए, मेरा पुर्खाहरु 
हावामा  कोरिएको धर्को झै
खुल्ला अकाशमा हाराए
मेरा पुर्खाहरु ।

हूडकेहरुको हुडक्याहामा
हुडकेको गान छैन,
सारंगीको ¥याँई¥याँईमा
सारंगीको बयान छैन,
दमाहा, ट्यामकेमा उत्सव बज्छ
बजाउनेको इतिहास बज्दैन ,
बंशावलीको पात्रोमा
म जन्माउने 
डिम्ब र सुक्रकिट हराएको छ 
कस्का थिए डिम्ब र शुक्रकिट
प्रश्न छ इतिहासलाई
पानीमा हानेको लाठी झै
देखिदा देखिदै किन हराए
मेरा पुर्खाहरु ।

डष्टविनमा फालिएका
करेसाको मलखाल्डोमा गाडिएका 
बाटो छेउ आगो बालिएका
इतिहासको कुँडाकक्ड 
मेरा पुर्खाहरु  ।



Saturday, August 20, 2011

टिका

निधारको त्यो रातो अक्षता
धर्मको पहिचान
मानव हुनुको शंका
अछुत भनेर लखेटिरहन्छ
त्यो रातो टिका,
मेरो निधारको टिका 
मेरै लागि विरानो छ 

कहिले धर्म बनेर 
टिका टाँसिन्छ मेरो निधारमा
धेरैले भने,आहा कति राम्रो
अझ राम्रो देखिन
सखारै मन्दिर पुग्छु 
मुर्तिमा टांसिएको टिका
उप्काएर निधारमा टांस्छु 
अनि मख्ख परेर हांस्छु
एैना हेर्छु
निधार टिकामा वा
टिका निधारमा टाँसिएको छ 
अन्यौलमा पर्छु
मेरो निधारको टिका
मेरै लागि विरानो छ ।

कहिले राजनीति  बनेर
टिका टाँसिन्छ मेरो निधारमा
कित्ता नखुलेको राजनैतिक टिका
भकुन्डो बनेर 
म मैदानमा ओर्लिन्छु
पक्ष र विपक्ष पोष्टमा ठोकिन्छु
अलि पर गुडकेर, म
खेलाडी विहीन भै रोकिन्छु
पक्ष हेर्छु, विपक्ष हेर्छु
मलाई खेलाउने खेलाडीहरु
तिरष्कृत नजरले हेर्छन्
मानौ मेरा निधारको टिका
चिन्दै चिन्दैनन्
म अन्यौलमा पर्छु
मेरो राजनैतिक टिका 
मेरै लागि विरानो  छ । 

सदियौं देखि निधारमा टांसिएको
अछुतको कालो टिका
रातो अक्षताले छोप्न खोज्छु
हलिया भै खेत बारी जोत्छु
आरनमा  घन ठोक्छु
थोत्रा जुत्तामा सुइरो रोप्छु
थागना टाल्छु
कुहिएका सीनो फाल्छु
म थाक्छु, 
निधारको रातो टिका
पसिना सगै वग्छ
बांकी बच्छ 
अछुतको कालो टिका