Saturday, October 29, 2011

जातीय विभेद गरि गालि गरे


तँलाई कामी !  कामी र दमाई कुजात !! हामी ठुलो जात !! तिमीहरुले छोएको खाँदैना !! तिमीहरुलाई त हामी खाना खुट्टाले घसारेर दिन्थ्यौ !!! कस्ता मान्छे हुन् कामी सार्कीलाई डेरामा राख्ने !!!  अझ के के .................

हिजो बेलुका अर्थात २०६८ साल कार्तिक ११ गते  भाई टिकाको साँझ  आफुलाई उपल्लो जाती भन्ने कुपण्डोल का केदार थापाले मलाई तथानाम गाली गरे ।   यी मान्छेको   घर को ठिक अगाडी को घरमा  परिवार  सहित बस्ने गर्छु   । हुन त यस्तो गाली विगत पाँच वर्ष देखि गर्दै आएका थिए। हिजो अति नै गरे ।

Friday, October 28, 2011

त्यो दिन


धुलोमा नागै लडिबुढी खेल्दै थिएँ,
या तिमी
जन्मेको खुसीमा हाँस्दै थिएँ,
या तिमी पनि
म जस्तै बहिष्कृत हुने पिडामा रुँदै थिएँ,
थाहा छैन के गर्दै थिएँ 
म त्यो दिन ।

तिमी जन्मिएकै मेरा निम्ती
त्यो त भन्न सक्दैन
तर
बिज्ञान भन्छ,
म भित्रका मानब विज
कतिले त मलाई मानबै ठान्दैनन्
डिम्बको खोजिमा भौतारीदै
तिमीले अवतरण गरेको
विहान पछ्याई रहयो
सम्झदै तिमीलाई
सायद त्यो दिन ।

Monday, October 24, 2011

मञ्जुलसँग जम्का भेट


                                           प्रिय भाई, 
                                                    विष्णु,
                                                    कविता पढ्दै
                                                    कविता लेख्दै
                                                    कविता सुनाउँदै
                                                   जीवन सुन्दर बनाउनु है । 
                                                                                  -मञ्जुल (२०६८ कार्तिक ७ )
माथिका शब्दहरु कबि मञ्जुलका हुन । उनी अप्रत्याशित भेटिए, जमलको

Wednesday, October 19, 2011

भट्टी र देश


आउनुहोस..... 
आउनुहोस्..........
आउनुहोस्....................
हाम्रो यो भट्टीमा
राणाकालीन शहिदको
रातो तातो रक्सी पाईन्छ,
विरहरुको
ताजा सेकुवा खुवाईन्छ,

Monday, October 17, 2011

मेरो आँखाको लय, उनको "आफनै आँखाको लयमा"


"आफनै आँखाको लयमा" मेरो आँखाले लय समाइरहेको थियो । लेख्छन्, संग्रौला बुढाले । मन मनै रमाइरहेको थिएं । पहिलो पाठ, 'तराजुमा बाबु छोरा' । मान्छे स्वार्थी हुन्छ भन्थे । साँच्चै रहेछ । अलिकति बाबालाई सम्झे, धेरै मेरो दुई वर्षे ठेके को चर्तिकला कल्पदै शब्दपान गरें । 'एकल जीवनका ६ महिना', दोश्रा शिर्षक । धनगढीको आफनै एकल बासलाई तनमनमा उतारें । मलाई पटक्कै मन नपर्ने म्याउँ जन्तुको तुलनात्मक विवरण, तेश्रो शिर्षक, 'छोरी र विराली' ले चस्स चस्कायो । 

'पठन संस्मरणमा देवकोटा' नामको पाचौं रचनामा लक्ष्मी निबन्ध संग्रहको बखान पढ्दा चकित परें । पढ्न नसके पनि फाल्न नसकेर दराजमा थन्काएको छु, लक्ष्मी निबन्ध संग्रह । लेखक बन्न नसकेको त्यसैले हो की ? शंका उब्ज्यो । किन्ना साथ केही पानाहरु सरसर्ती हेरें । कान्तिपुरमा छापीने इश्वर बल्लभभन्दा जटिल भयो त्यस ताका । कष्ट झेल्न सकिन, दराजमा थन्काई दिएं । इश्वर बल्लभलाई पढ्न थाले । उनलाई बुझ्न  थालेको केही समय भएको  थियो, उनी नै रहेनन् । लेखक बन्ने रहर उनकै लेखले जगायो, जुन ज्युंका त्युँ छ । किताब किन्दा पनि लेखक बन्ने काइदा सम्बन्धी किताबहरु किनेर पढ्छु । र पनि राम्रो लेख्न सक्या होइन ।  

विविसी रेडियोमा खगेन्द्र बुढाले लेखक बन्ने उपदेश दिएका छन् भन्ने सुने । बुढाको टिप्सले लेखक बन्न नसकेको रोग विसो हुन्छ कि, आशा पलायो । फुरुंग भएं । हरिया तिन वटा गैडा संग बेसारे पुस्तक साटे । पाकेको केराको बोक्रामा जिउ भन्दा टाउको ठूलो भएको अजिब मानब चित्र देखेर छोरी खितखित गरी ।  खाँटी विषय तिर नगई मन अन्तै बरालियो । किनकी सबै पढौं पढौं लाग्ने नै रहेछ । पहिला चार पढीनसक्दै लेखक बन्ने मेरो उत्कण्ठा बुरुक्क बुरुक्क उफ्रयो । एकै पटक जम्प गरें, अन्तिम शिर्षक, 'लेखक बन्न रहर गर्ने लाई टिप्स', पेज नं. २३५ । लेखक बन्ने बुटी, अन्तीम पानो २३७ सम्मै झाँगिएको रहेछ ।

पहिलो टिप्स, गजल नलेख्नु । दंग परें । गजल लेख्नै आउँदैन । कस्तो गजब । अव चाँही लेखक भैइन्छ कि जस्तो छ । समिक्षकहरु संग नआत्तिनु, दोश्रो घत लाग्दो टिप्स । तेश्रो, प्राध्यापक र डाक्टरहरुको कविताको सतही मनतब्य नसुन्नु । चौथो, कृतिमा भूमिका नलेखाउनु । भौतिक परिक्षण गरेरै हेरें । बुढाले बास्तबमै भूमिका लेखाएकै रहेनछन् । अन्य टिप्स भन्नै मन लागेन । केही त गोप्य पनि राख्नु पर्यो नि, राम्रो लेखक बन्न । हैन त ।

यो पुस्तक के हो ? अचम्भीत भएं । कथा संग्रह कि जीवनी । ओल्टाई पल्टाई गरें । दोश्रो पानाको शिर्षक मन्तिर कोष्टक भित्र लेखिएको रहेछ, निबन्ध संग्रह । ये रात्तै निबन्ध पनि यती मजाका । चकित परें । अहो लेखक बन्न निबन्ध पढ्न र लेख्नै पर्ने हो की । लक्ष्मी निबन्ध संग्रहको धुलो टकटकयाउने दिन फिरे जस्तो छ ।

दशम कक्षामा पढदा निबन्ध भन्ने लेखनशैलीका केही पाठ पढियो । निबन्ध रुपी गहन समस्या समाधान मन नलागि नलागि धेरै पटक गरियो । अंग्रजीमा एस्से भन्छन् क्यारे । सारै दिक्दारी पुर्ण गृहकार्य । सायद विद्यार्थीहरुलाई अझ पनि त्यस्तै हुन्छ की । आफैलाई कल्पें । यी खगेन्द्र  संग्रौला भन्ने मनुवाको दिमागमा गजबै रहेछ । कस्तो मिठो लेखेको । त्यो पनि निबन्ध । लेखक बन्ने टिप्स पनि दिन भ्याएका छन् । काम लाग्छ कि हेरौं ?

यी मनुवा सँग धेरै पटक प्रत्यक्ष दर्शन भएको छ । पहिलो पटक संकटकाल लागे पछि, २०५८ साल तिर । प्रदर्शनी मार्ग स्थित ल क्याम्पस को साहित्य संध्या कार्यक्रममा । महिनाको पहिलो शनिबार साहित्य संध्या भन्ने यौटा कार्यक्रम एकै समयमा दुई ठाँउमा हुन्थे । ल क्याम्पस र आरआर क्याम्पसमा । किन र कसरी यौटै कार्यक्रम दुई ठाँउमा हुन्थे मलाई थाहा थिएन । सायद आइन्सटाइनको टायम एण्ड स्पेसलाई चुनौती थियो ।  

कविता लेख्ने र बाचन गर्ने हुटहुटि थियो तिन ताका । मन भित्र पिडै पिडाको थाक थियो । कबिता भएर पाना भरी पोखिन्थ्यो । कवि गोष्ठी कता हुंदै छ, आँखा कान चनाखो पार्यो । ज्ञात हुना साथ, त्यतै कुलेलम ठोक्यो । यही मेसोमा साहित्य संध्या कार्यक्रम भेटियो । त्यही उनी, पूर्ण विराम तथा कृष्ण शेन इच्छुक लगायतलाई देखें । अलि लज्जालु छु । छिटै म कसै सँग झयामिन सक्दैन । म चिनिन गईन । मलाई पूर्ण विरामका कविताले जुरुजरु बनाउँथ्यो । खानै नपाएका जस्ता ख्याउटे खगेन्द्र संग्रौला देख्दा भने म जस्तै बेरोजगार ठान्थे । 

आन्दोलन ताका नागरिक समाजका मनुवा भै न्युरोड तिर लुरुलुरु हिड्थे । यीनका लेख कान्तिपुरमा छापिन्थे । समाचार आयो, कान्तिपुरले ल्यापटप दियो रे लेख लेख्न । कलमले वा ल्यापटपमा लेखे नी  नढाँटी भन्दा मैले पढ्ने सास्ती खेपेन । चीय गफमा साथीहरु यीनको लेखमा गफिन्थे पनि । मैले वास्ता गरीन । 

एक पटक, एक थान नेताको खैरो काडे छन्, कान्तिपुरमा । खैरो कडिएका कठै नेताको रुवाई अर्कै पत्रिकामा सुनियो । जनताको छाला काडदाको क्रन्दन त सुनिन्थ्यो तर नेताको क्रन्दन किन ? मनमा खुलदुली भयो । रचना खोजेरै पढे । नपढ्नु पर्ने रहेछ । नराम्रो लत बस्यो । लत बसेको केही साता पछि, यीनी कान्तिपुरबाट अलप भए । अर्कोमा प्रकट भए । नियतीले मलाई खगेन्द्र प्रकट भएको पानो नपुग्ने क्षेत्रमा अवतरण गरायो । 

जाँदा एयर पोर्टमा यीनलाई देखेको थिएं । पोखरा जाँदै थिए ।  अझ सम्म यीनको आवाज सँग दोहोर अन्तरकृया गरेको छैन । अन्तरकृया नभए के भो त ? मेरो आँखाको लय, उनको  'आफनै आँखाको लयमा' सम्मोहीत भइरहेको छ ।

Sunday, October 16, 2011

जिवन काँडा कि फूल र फूलको आँखामा पढ्दा


आनी छोइड डोल्माको फूलको आँखामा दशैमा सकें । प्रायः किताबहरु पढ्दा आफूलाई पात्र कै रुपमा परिणत गर्छु । पात्र कै अनुभव र अनुभूतिमा तरंगीत हुन्छु । खै के भयो यस पटक ? जिवन काँडा कि फूल र फूलको आँखामा पढ्दा तरंगीत हुन  सकेन । बरु भिष्म उप्रेतिको मानसोरबरको यात्रामा उनी संगै मानसरोबर पुँगेको  थिएँ  ।

लेखन शैलीका हिसाबले दुबै पुस्तक राम्रा छन् । झमक घिमिरेले मदन पुरस्कार नै पाइसकेकी छन । उनले भोगेको पिडा र विभेद वास्तबमै अतुलनिय छ । पिडा यात्रा वास्तबमै कठीन हुन्छ । पिडा, विभेद र अवहेलनाको मनोदशा र मनोभाव शब्दमा उतार्नु अझ जटिल छ । त्यो दुश्साहस झमकले गरिन् । उनलाई सलाम छ । पुस्तक पढिनसक्दा सम्म नै मन भित्र कताकता कता दुखिरह्यो । उनले पितालाई खलपात्रको रुपमा पेश गरेकी छन् । के उनका पिता त्यती नै खराब हुन जति पुस्तकमा लेखिएको छ । यही लय आनीको पुस्तक फूलको आँखामा पनि देखिन्छ ।

आनी छोइड डोल्माले आफनो सघर्ष कथा फूलको आँखामा उतारेकिछन् । संघर्ष पिता मार्फत सिर्जीत छ । पीताको यातनाबाट मुक्ती पाउन आनी बनेको विषय उल्लेख गरेकी छन् । सो पुस्तक पढी सकेका मित्रले गुम्बाहरुमा चरम शोषण हुँदोरहेछ भनि टिप्पणी गरे । पुस्तकले आनीहरुको जीवन शैली उजागर नगरेको, दैनिक गतिविधिमा प्रकाश नहालेकाले  शोषण चरम नै हो भन्न चाहीं सकिदैन कि । एक जना छुच्ची पाको आनीले बाहेक अरुले राम्रो गरेको उनले उल्लेख गरेबाट बाहिर समाज जस्तो त्यहाँ शोषण नहुन पनि सक्छ । आनीले हेर्ने गरेको हिन्दी फिल्म जस्तै उनको जीवनमा नाटकीय परिवर्तनहरु आउँछन । फूलको आँखामा पुस्तक  चेतन भगतको उपन्याँस जत्तिकै रमाईलो छ । 

भर्खरै प्रकाशित चेतन भगतको Revolution2020 भरखरै पढी भ्याँए । बनारसका गोपाल, आरती र राघव तिन जना पात्रको त्रिकोणात्मक कथा उपन्याँसमा उनिएको छ । मुख्य पात्र गोपाल र आरती नै हो । कथा बनारस र गंगा नदिको वरीपरी घटित हुन्छ । उपन्याँसमा आमाको मृत्यु पछि पिता संगै हुर्किएको गोपालको इन्जीनियर बन्ने सपना चकनाचुर भए पछि, कसरी इन्जिनियरींग क्याम्पस स्थापना गरेर सोको प्रमुख समेत बन्छ भन्ने कथा देखाईएको छ । भारतिय शिक्षण संस्थाहरुमा बिद्यामान भ्रष्टाचारको जालो उपन्याँसले देखाउने प्रयास गरेको छ । केटा र केटी राम्रो साथी बन्न सक्ने की नसक्ने प्रस्न चिन्ह खडा गरेको छ । टाइम पास राम्रो सँग हुन्छ जसरी मेरो भयो । 

अव खगेन्द्र संग्रौलाको आफ्नै आँखाको लयमा पढ्ने तरखरमा छु ।

नलेखेको धेरै भयो । न डायरीमा, न फेसबुकमा, न त यस ब्लगमा नै । पढ्न मै व्यस्त भएं ।

Monday, October 3, 2011

फूलपाती



समय वित्यो । म पुनः काठमाडौंमा छु । मात्र दशै भरिका लागि । गाउँ जाने विचार परित्याग गरें । केही निराशा त अवश्य छ तर आमा आउने खबरले निराशा केही घटाएको छ ।
बच्चाहरुको लागि हल्का दशै आयो । मेरा लागि पनि । दशैंको फूलपाती भित्र्याएं दुई थान किताब किनेर । फूलको आँखामा र THUS SPAKE ZARATHUSTRA -Friedrich Nietzsche।  सायद दशै राम्रो सँगै बित्छ । पुगेन भने अरु दुइ वटा थप्ने विचारमा छु ।