विहान व्यूझना साथ मोबाईल हेरे. शुक्रबार ११।११।२०११ मोबाइलको स्क्रीनमा देखें । शक्रबार रमाइलो लाग्छ । खै किन हो आर्को दिन शनिबार हुने भएर हो की । आज झनै रमाइलो लाग्यो ,इस्बीसम्बतमा कस्तो अनौठो मिति ।
आज त डायरी नलेखी भएन । सिरक भित्रै गुडूल्किएर सोचें । धेरै दिन भयो केही नलेखेको । त्यसैले त सन २००९ देखि यौटै डायरीमा लेखिरहेको छु । आज त लेख्नै पर्छ । डायरी पढ्ने टेबल माथि नै राख्ने गर्छु । पानाहरु पल्टाएर हेर्न मन लाग्यो । यसो हातले तानेर डायरीको पानाहरु पल्टाउन थाले ।
होइन सन १०।१०।२०१० का दिन मैले के गर्दै थिएं । दिमागले सोच्यो । पानाहरु पछिल्तीर पर्काउँदै गएं । प्राय: मिति मैले विक्रम सम्बतमा लेख्ने गर्छु । पाना पल्टाउँदै जाँदा २०६७ साल असोज २४( इश्वी सम्बत १०।१०।२०१०) गते आइतबार भेटाएं