Wednesday, December 12, 2012

१२।१२।१२

समयको अभिलेख आवस्यक छ । अनौठो समय भनौ या समयको अभिलेख । आज सन् २०१२ डीसेम्बर १२ अर्थात १२।१२।१२ । यस्तो संयोग विरलै हुन्छ । पोहर ११।११।११ का दिन म धनगढी थीएँ । तेह्रौं महिना नहुने हुनाले अर्को साल यो क्रममा लेख्न सकिने छैन ।

अव यस्तो संयोग सन २१०० पछी मात्र आउने छ । सन् २००० को १।१।१ देखी १२।१२।१२ सम्मको घटनाहरुको साक्षी बन्न पाउनु पनि खुसीको कुरा हो । तर यी सबै मितीका घटना र परीघटनाको अभिलेख मैलै आफ्नो डायरीमा टिपोट गर्न सकिन ।


Wednesday, October 10, 2012

आनन्द

उज्यालोकै विचमा अँध्यारोले
ग्वाम्लाङ्ग अँगाल्यो
अँगालो आन्दनकै हुँदोरहेछ
चाहे त्यो अँध्यारो कै किन नहोस
म अध्यारोमै रमिरहे
किनकी
उज्यालोको  चाहा नै भएन ।

पानी पर्खाल

जुनबाट देखिने
ग्रेटवाल जत्तिकै आदिम लामो
सात समुद्र जत्तिकै फैलिएर
मनमनमा उम्रिएको पानी पर्खाल
कहीले भत्केला हँ ?
हामी विचको यो पानी पर्खाल 


Saturday, September 8, 2012

सपनाहरु


अनिद्रीत नयनमा
नाचिरहेछन कुण्ठीत सपनाहरु
केही भोका केही नांगा
केही अतृप्त अनि शुसुप्त
विक्षिप्त मनमा
उफ्रिरहेछन कुण्ठीत सपनाहरु ।

Wednesday, August 22, 2012

शब्द सबै, निअर्थ अब









के भनौ अब, के गरौ अब
शब्द सबै, निअर्थ अब

रुख भरी फुलेको छ
तिम्रै रंगीचंगी माया
हावा भरी फैलेको छ
तिम्रै मन्दमन्द माया
माला बनाइ लगाउँ की
देउतालाई चढाउँ
प्राण पवन बनाउँ की
शितलता जगाउँ

के भनौ अब, के गरौ अब
शब्द सबै, निअर्थ अब

अक्षर भरि उम्रेको छ
तिम्रै शाब्दिक माया
पुजा भरी सजेको छ
तिम्रै आत्मिक माया
आत्मा भरी साँचौ की
काव्य बनाउँ
आरती बनाई सजाउँ की
अँगालोमा बाँधौ

 के भनौ, अब के गरौ अब
शब्द सबै, निअर्थ अब


Tuesday, August 21, 2012

मन पात भएर हावामा हल्लिरहन्छ










मनको आँधी चलेको छ,
मनको धर्ति हल्लिएको छ,
मन भेल भएको छ,
उर्लेको छ अनियन्त्रीत
तात्तिएर अकासिएको मन
भावनामा उम्लदै
बादलबाट धर्तिमा ‌बज्रिएकोछ
विश्वासका पहाडहरुबाट
पहिरो बगाउँदै ल्याएको छ
थुपारेकोछ हिलो र ढ‌ुंगा
कुरुप विचारहरु माथि,
शब्दका बान्कीले
कुरुपता छोपेर,
मन मीठो मुस्काउँदै
फेरी इन्द्रजाल फाल्छ
इन्द्रियहरु आशक्त छन
मन सगै झुम्छन्
कुरुप ज्वालामुखी
पुन विष्फोट हुन्छ
बाफ भएर खुसीहरु
नफर्कने गरी अकासिन्छन्
फेरी
न भुईँमा न हाँगामा 
मन पात भएर हावामा हल्लिरहन्छ 
मन पात भएर हावामा हल्लिरहन्छ 

Saturday, August 11, 2012

म नभएको दिन, सदा झै सबै चलिरहनेछ


म नभएको विहान
सदाझै
सूर्य उदाउने छ,
हावा चल्ने छ,
चराहरु उड्ने छन,
धुवाँ धुलो उडाउँदै
कुदनेछन् सवारी साधनहरु,
फुर्तिलो समय
झोलामा घाम बोकेर
काममा निस्कनेछ,
सपना र खुसिहरु
झिलिमिली बोकेर
साँझ, सदा झै आउनेछ,
बस् यति मात्र हो,
साँझको झिलिमिली
तिमीबाट हराउने छ ।
नत्र
म नभएको दिन
सदा झै
सबै चलिरहनेछ ।

म नभएको साँझ,
सदा झै
ताराहरु चम्कनेछन्,
बत्तीहरु बल्नेछन्,
चराहरु गुड तिर फिर्नेछन्,
एकादेश सुन्दै
केटाकेटी निदाउने छन्,
झिलमिल साँझको खोजिमा
तिम्रो आँखाबाट रात हराउनेछ,
लाटो कोसेरोले
अन्तीम प्रहरमा बोलाएको
बलत्कृत रात
तिमीलाई खोज्दै आउने छ,
र तिमी झपक्क निदाउने छौ,
ठीक त्यसै बेला
घडीको अलारम बज्नेछ,
तिमी चल्मलाउँदै
कोल्टे फेर्ने छौ,
अँगाल्न खोज्ने छौ,
बिर्सियौ कि कसो
म नभएको रात
म सुत्ने तिम्रो छेउँ
रित्तो हुने छ ।
बस् यति मात्र हो,
नत्र
म नभएको दिन
सदा झै
सबै चलिरहनेछ ।

Thursday, August 9, 2012

साँच्चै, तिमी आत्माहरुको परमात्मा हौ त ?


शुन्यतालाई बाँसुरीको अलापले
निलो रंगले पोत्दै
कर्मका रागहरु
ब्रह्माण्डमा उफार्दै
तिमीले भन्यौ:
आत्माहरुको आत्मा
म परमात्मा हुँ ।

तर पनि
तिमी को हौ ?
चिनेको छैन ।

तिमीलाई चिने भन्नेहरुले,
आफैलाई तिमी ठान्नेहरुले,
सदियौं देखि भन्दै आए
मेरो आत्माको परमात्मा
तिमी हैन रे,
मेरो आत्मामा
तिम्रो बास छैन रे,
कर्म भन्दा जन्मै ठूलो हो
अन्य सबै झुटो हो ।

तर पनि
हो या होईन ?
थाहा छैन ।

त्यसैले,
बाँसुरीका तरंगहरु
समात्न खोज्छु,
निला रंगहरु
नियाल्न खोज्छु,
तिमी र म माझ
जन्मको पर्दा झर्छ
तिम्रो लिलाका रंग तरंग
आत्माबाटै ओझेल पर्छ
अनि 
मेरा छोटा हातहरु
आत्मामा राखेर सोध्ने गर्छु,
साँच्चै, तिमी  आत्माहरुको परमात्मा हौ त ?

Tuesday, August 7, 2012

तिर्थ हिडेका, यी चराका बथानहरु


मक्कामदिनाको फन्को मारेर
जेरुसल्ममा नङ्ग्रा तिखारेर
भेटिकनमा प्वाँखहरु झारेर
कहिले फर्कलान हँ ?
आकाश छपक्कै ढाकेर,
तिर्थ हिडेका यी चराका बथानहरु ।

रातो टिका
ठुँडमा टाँसेर,
ध्वजाहरु
नङ्ग्रामा च्यापेर,
फर्कलान् कि नफर्कलान हँ ?
तिर्थ हिडेका यी चराका बथानहरु,
शुदुरदेशको तिर्थ सकेर
आफ्नै बनपाखा सम्झेर ।

बाबाका बाँझा आँखामा
उज्यालो नहराउँदै
आमाको न्याँनो काखमा
धाँजा नफाट्दै
फर्कलान् कि नफर्कलान हँ ?
तिर्थ हिडेका यी चराका बथानहरु,
थोपा पसिना बाँकी राखेर
तातो रगत ज्युँदै राखेर ।

Saturday, July 14, 2012

भानु जयन्तीमा कविता बाचन

लामो समय पछी कविता बाचन गरीयो । संयोग जुरयो भानु जयन्तीमा । त्रैमासिक साहित्यीक पत्रीका मिरर्मिरे को आयोजनामा भानु जयन्ती,  नेपाल राष्ट्र बैंकको  परिसरमा पनि मनाइयो ।


डेपुटी गभर्नर गोपाल प्रसाद काफ्लेज्यूको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन भागवत आचार्यले गर्नु भएको थियो ।मिरर्मिरे पत्रीकाका सम्पादक सीता घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । नेपाल राष्ट बैंक भित्रकै कवि कवियत्रीहरुले कविता र गजलहरु बाचन गरिएको सो कार्यक्रम छोटो, मिठो र रोचक थियो । राजन विक्रम थापा, सरिता पौडेल, बासुदेव अधिकारी, रविन्द्र मर्हजन, राजन पुडासैनी, भागवत आचार्यले आफ्ना गजल र कविताहरु बाचन गर्नु भएको थियो । मैले पनि कविता बाचन गरेको थिएँ ।  शिर्षक थियो, "मुक्ति घोषणा"

कविता बाचन गर्नु र बाचन गरिएको कविता सुन्नु आफैमा रोमाञ्चक कार्य हो, जस्तो लाग्छ । सर्जकको मनोभाव र प्रस्तुतीले चरम मानसिक सन्तुष्टि प्रदान गर्छ । शब्द र विम्बका भावहरुले हृदय र मस्तिष्क झकृत हुन्छन् । कतिपय अवस्थामा रचनाका हिसाबले उत्कृष्ठ कविताहरु उचीत बाचन शैलीको अभावमा निरस हुन्छन् । भानुभक्तीय रामायणको बाचनशैलीको मिठास बेग्लै छ र त जनजनमा गुञ्जीयो । 

गद्य कविताहरुको बाचन शैलीले कविता प्रभावको दिगो बनाँउँछ । मैले सुनेका कविहरुमा श्रवण मुकारुंग र पूर्ण विरामका काब्य प्रस्तुती शैली निकै रोमाञ्चक लाग्छन् । गएको वर्ष मनु मञ्जीललाई सुनेको थिएँ  । उनको प्रस्तुतीले पनि प्रभावित छु । धेरै कविहरुको कविता नसुनेको हुनाले अन्य कविहरुको बारेमा भन्न सकिन ।

फैज अहेमद फैजका कविताहरु पढिरहेको छु । "100 Poems By Faiz Ahmed Faiz" मा उनका कविताहरु उर्दु र  अंग्रजी दुबैमा दिएको रहेछ । पढ्दै सोचिरहेको हुन्छु, यदि फैज अहेमद फैजले बाचन गरिरहेको भए  यी कविताहरु कस्तो सुनिन्थ्यो होला ? झन यो कविता ‌‌‌‌‌‌........

जब दुःखकी नदियाँ मे हम्ने
जीवनकी नाँव डाली थी,
था कित्तना कस बल बाहों मे
लहुमे कितनी लाली थी,
युँ लगता था दो हात लगे
और नाव पूरम पार लगी,
ऐसा न हुआ, हर धारे मे
कुछ अन देखि मझधारे थी
कुछ माझी थे अनजान बहुत
कुछ बेपरखी पतवारे थी ।

Sunday, May 27, 2012

संविधान नजन्मिई नमरोस् संविधान सभा

लेखिरहँदा विगत सम्झँदैछु । संबिधान सभा जन्माउन धेरैले संघर्ष गरे । धेरैको रगत र पसिना बग्यो । संविधान सभाबाट संविधान बनाउने आसमा धेरैले जीबन बलिदान गरे । संविधान सभाबाट संविधान बन्ने भयो । संविधान सभाको निर्बाचन भयो । राजनैतिक पार्टी र जनताहरुले उत्साहजनक सहभागिता जनाए । र संविधान सभा जन्मियो ।

निर्बाचित प्रतिनिधीहरुको पहिलो सभा बसेको आज ठिक चार बर्ष वितेको छ । दुइ वर्षे चोलाको संविधान सभाले दोब्बर आयु आफै बडायो । अहिले चाही सर्बोच्च अदालतले आजका दिनसम्म आयु तोकिदिएकोछ । कुनै मृत्युञ्जय बुटी नपाए आजको मध्ये रातमा संविधान सभा मृत्यु शैयामा सुतिसकेको हुनेछ । भोलि विहान संविधान सभा इतिहास भैसक्ने छ ।

देश पिडामा छ । जनताहरु निराश छन् । चार बर्ष अघिको उत्साह, आक्रोशमा बदलिएको छ । मिठा तथा सुन्दर सपनाहरु झरयाम झुरुम फुटेका छन् । चार बर्ष अघि सभासदहरुलाई स्वागत गर्नेहरु तिता अलोचना गरिरहेका छन् । यो दिन, यो पल, उकुमुकु लाग्दो छ । भयंकर अनिष्ट आफनै अगाडि उभिए जस्तो त्राशपुर्ण छ । मिठो निद्रामा ऐठन जस्तो भइरहेको छ । जन जनलाई सकस भईरहेको छ ।

साँच्चै संविधान आउला त ? सवैले सोधिरहेका छन् । नसोधुन पनि किन ? सबैको भरोसा र आसाको केन्द्र संविधान सभा हो । त्यहाँ आफना अमुल्य भोट दिएर पठाएका मान्छे छन् । मतपत्र सँगै उनिहरुका अनुहार पठाएका छन् ।

रिक्साचलाक, रिक्सावालहरुको सपना बोकेर आएको छ संविधान सभामा । चोलो सिलाउने दिदी फाटेको मन सिलाउन त्यहाँ भित्रिएकी छन् । विगतका कमलाहरीहरु आफना मुक्त हातहरु उठाईरहेका छन्, संविधान सभाको आँगनमा । हिजो जस्तै लाग्छ, उनीहरु त्यहाँ भित्रिएको । समय कति गतिशील छ । हेर्दा हेदै चार वर्ष वित्यो । उनीहरुले भोटहाल्नेहरुलाई विर्र्सिए पनि विर्सिएका छैनन् उनीहरुलाई, भोट हाल्नेहरुले । किनकी भोट फगत भोट मात्र होइन सपना, आशा र चाहनाहरु हुन ।

शोषित पिडितहरु संविधान सभाबाट आफ्नो मुक्तिपत्र जन्मने आसामा छन् । विभेदमा बाँचेकाहरु समानताका तरंग फैलने विश्वासमा छन् । राज्यबाट टाडिएकाहरु राज्य नजिक पुग्ने सिडी पाउने भरोसामा छन् । अशान्ति र हिंसाले थलिएकाहरु शितलताको आशमा छन् । देशको अँध्यारो कुनाहरु उज्यालो पर्खिरहका छन् । तर उदेक लाग्दो कुरा, यति धेरै आसाहरु पुरा गर्ने भनिएको संविधान नजन्मिई मर्छ कि संविधान सभा ?

Friday, May 11, 2012

शिरिषको फूल जस्तो




काठमाण्डौका बाटाका छेउँहरुमा कतै कतै शिरिषका बोटहरु अझै पनि छन् । त्रिपुरेश्वरबाट दशरथ रंगसालाको छेवैछेवै खुड्कीलो उक्लेर आर्मि अफिसर्स क्लबको गेट नपुग्दासम्म लहरे पिपल र शिरिषको बोटहरु ठिंग उभिएका छन् । फुल फुल्ने बेला हो, शिरिषका बोटहरुमा । म त्यतैबाट हिडिरहेको थिएं ।

हेर्दै हिडिरहेको थिएं निला फूलहरु ।  हाँगाहरुमा झुण्डिएका छन् । हावा चलेको छैन । निला थुंगाहरु बररर झरे । अघि अघि हिडेकी युवतीका कालो कपाल निलै पारेर । लाज पचेका निला फूल । 

शिरिषको फूलले रंगिएको निलो कपाल । म फल्यास ब्याकमा पुगें  ।

पहिलो दृष्य
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय । अगाडिको लहरे पिपलको रुख । म र उनि छेवैको सिमन्टे बेन्चमा बसेका थियौ । 

"कस्तो रंग मन पर्छ ?" उनले सोधिन ।

"किन ?" मैले जवाफ दिएन

"त्यसै । भनन....  भन्न हुन् र ?"

"निलो ।"

"कस्तो निलो ? आकाश जस्तो, समुद्र जस्तो, ऐश्वर्या रायको आँखा जस्तो ।"

"शिरिषको फूल जस्तो ।" मैलै पारी पट्टी पाखामा फुलेको शिरिषका बोटहरु हेर्दै भनें । 

दोश्रो दृष्य
म तिनकुनेमा किर्तीपुर यातयाताबाट ओर्लिए । मैले सोझै बस जाने उकालो तिर हेरें उनि आउँदै थिइन । शिरिष बनेर । नीलो रेशमी कुर्तासुरुवाल खुबै जमेको थियो, गारो जिउमा । जिउमा लपक्कै बेरिएको निलो सल पछिल्तिर फरफराईरहे थियो । लठ्ठै परे । विश्वविद्यालयका कक्षाहरुमा, चमेना गृहमा, चौरमा, पुस्तकालयमा मन भरि निलो शिरिष फूलिरहयो ।

तेश्रो दृष्य
"उहाँ मेरो श्रीमान‌‌‌......" उनी सगै आएका एक भलादमी लाई देखाउँदै परिचय गराईन । म झसँग भए । 

"नमस्कार "हडबडाउँदै मैले दुबै हात जोडे । 

"तपाईको बारेमा यीनी सधै कुरा गर्थिन ......" उनी बोलीरहेका थिए । खै के के बोले । उनको पछिल्तीर नांगिएका शिरिषका बोटहरु हेरिरहे । मेरो मन भरि फुलेका निला फूलहरु पनि झरिसकेका थिए । 

मुसुक्क हाँसे, क्या थिए, ति दिनहरु ।  

अकासे पुल तर्दै थिए गोश्वारा हुलाक निर । टुँडिखेलको मञ्च पछाडि उभिएका शान्ति सेनाको लहर झै शिरिषका बोटहरु देखिए । देश निलो कहिले होला । मन अत्तालियो । टुडिखेलको छेवैछेउँ महांकाल मन्दिर तिर लागे । दुई तिनवटा बोट पर्खाल भित्र बाहिर भेटिए । मन बुझे जस्तो लाग्यो । निला फूल मेरो शिर भरि झारे । मन हलुंगो भयो ।

मन्दिर भित्र छिरें । राता सेता हरिया फूल र पातहरु थुप्रिएको थियो । रातो तातो हुन्छ । रातोले सहास खोज्छ । शक्ति रोज्छ । आफनै रंग खोज्छ, रगत । हामीलाई र हाम्रा देउतालाई पनि रातो चाहिएर होला त्यसैले देश रक्तिम छ । आँखाले शितलता खोजीरहयो, निलो खोजीरहयो फुलपातहरुको विचमा । निला फूलहरु थिएनन्, त्यो पनि शिरिषको ।

मनले शितल खोज्छ । शितलता निलोमा छ । हामीले र हाम्रा देवताले निलो रंग निलो फूल मन पराई दिएको भए , सायद देश पनि शितल हुन्थ्यो की । फुलिरहेका निला शिरिष, मन्दिरहरु भित्र भेटिन्थ्यो कि । महाकाल पछिल्तिरका निला शिरिषको यौबन त्यसै झरिरहेछ । त्यसै ओइलिरहेछ । मन्दिरमा नचढीकनै । शिरमा नशिउँरीकनै । कुनै फूल किन यति अभागि हुन्छन् ?

   
शिरिष फुलेका थिए ।                              
पलभर 
घृणा र क्रोधहरु
चित्कार र क्रन्दनहरु
हल्का कोमल
शिरिषका फूल भएका थिए ।

बाटा भरि शिरिषका फुलेका थिए ।

मैले पलक झप्के
हावा चलेछ, पत्तै भएन
अर्को पल निला फूलहरु
पाइतला मुनिबाट चिच्याईरहे ।

शिरिष झरिसके छ 
उस्तै रहे 
घृणा र क्रोधहरु
चित्कार र क्रन्दनहरु ।

Thursday, May 10, 2012

भासुको भिर


सुदुर पश्चिम वास्तबमै सुन्दर पश्चिम हो । धनगढीको दुई बर्षे बसाइको क्रममा गरिएको यात्राहरुले मेरा मनस्पटलमा अमिट छाप छोडेको छ । विद्यालयमा घनघस्याको उकालो चड्दा भन्ने पाठ पढेको थिए । लेखक को थिए थाहा थिएन । पछि थाहा पाएं तारा नाथ शर्मा रहेछन् । मलाई  पनि धेरै बर्ष अघि तारानाथ शर्मा उक्लिएको उकालोको छेउ छाउँ घुम्ने अवसर मिल्यो ।

मेरो बसाई धनगढीमा भए पनि सुदुर अंगाद्ल्न पाएँ । बेलाबखत सुदुरका सुरिला पाहाडहरुसँग पैठेजोरी गरि रहनु पर्ने । मेरो मन भरि सैपाल हिमालको आँगनमा उम्रिएका सल्लाका रुख जस्ता अजंगका पहाडहरु अटल भएर गाडिएका छन् । खानी डाँडाको चिसो हावा तराईको तातो हावालाई पटाक्षेप गरेकोछ । भासुको भिरको त्रासले मन अझ बढी साहस जन्माएको छ ।  सहजपुरको पहेला सुन्तला, साहुखर्कको खिर भातकाँडाको भात ले मेरो मनमा सुदुर पश्चिमको मिठास भरेको छ । दार्चुला र बाजुरा नपुग्नुको पिडा छाती भरी  छ ।

शुदुर पश्चिमका सात वटै पहाडी जिल्ला डडेल्धुरा, डोटी, बैतडी बाजुरा आक्षाम, बंझाग र दार्चुला पुग्न भासुको भिर कुल्चेर जानु पर्छ । कैलाली जिल्लाको उत्तरी पहाडमा भासुको भिर लमतन्न सुतेकोछ । मानिसहरु पनि के कम । भासुलाई व्यीउँझाउन बाटो पूर्याई छाडे । अत्तरियाबाट दश किलोमिटर उत्तर तर्फ मोहना नदिको छेउँको गोदाबरीलाई  सियाँल पार्दै पहाडहरु ठिंग उभिएका छन् । मोहना नदि माथि तेरसिएको पुलले गोदबारी र पहाडलाई जोडेको छ । पुल तरे पछि भासु तर्फको यात्रा शुरु हुन्छ । पच्चिस किलोमिटरका दुरी पार गरे पछि खानी डाँडा आउँछ । खानी डाँडा  पछि को पाँच किलो मिटर उत्तर त्यो डरलाग्दो भिर छ ।

भासुको भिर । सदुर पश्चिमको पहाड तर्फ आउँदा जाँदा मुटु सिरींग हुने भिर । मन भरी त्रास भर्ने ठाडो भिर । भिरलाई खोपेर बाटो बनाईएको छ । त्यहाँ पुग्नू अगवै बसका यात्री खासखास खुसखस गर्न थाल्छन्, आउनै लाग्यो भासु, आउनै लाग्यो भासु । विगतका तिता घटना कठै भन्दै सम्झन्छन् । सयौलाई खायो भासुले । लछप्पै भिजेको छ भासु रगत र आँसुले ।

 सडकबाट तल हेर्दा ठाडै तल कता हो कता रु मुटू नै झसक्क हुन्छ । रिंगटा लाग्छ । आँखा आफै बन्द हुन्छन् । त्यहाँ पुग्नु भन्दा अघि चालकहरु देउता सम्झन्छन् । प्याँपप् प्याँपप् हर्न बजाउँछन् । भासु भिरको घुमाउरो बाटो सकिए पछि पनि देउता सम्झन्छन् उनीहरु  र हर्न बजाउँछन् प्याँपप् प्याँपप् ।

म डोटी जाँदै थिएँ । म चढेको बस पुगिसकेको थियो, ‌भासुको भिर ।

मलाई भोक लागेको थियो । मनमा तरकनाहरु कुँदिरहेका थिए । बसको गति कम भएको छ । मैले भिर तर्फ आँखा दौडाएँ ।  यो भिर सुन्दरछ कि कुरुप ? मेरो मनमा एक्कासी प्रस्न उब्जीयो । मलाई कथंकदाचीत यहीं नेर केही भयो भने ? मैले मेरा लालाबाला सम्झिएँ । निधारमा चिट चिट चिसो पसिना आयो । निधारको पसीना हातले पुच्छदै  टाउँको फरक्क फरकाएँ । सँगै बसेको साथीलाई पुलूक्क हेरें । मानौ उसले मेरो निधारको पसीना देख्यो । तर उ कानमा एयरफोन घुसारेर आँखा चिम्लेर मस्त थियो ।

भिरलाई हेर्ने मेरो दृष्टिकोण कतै नकारात्मक त होइन ? भिरका सकारात्मक पक्ष पनि हुन सक्छ । सकारात्क पक्ष के हुन सक्छ ? मनले जवाफ दिन सकेन । भिर कुरुप भन्दा पनि बढी सुन्दर छ  जस्तो लाग्छ ? तर कस्तो सुन्दर छ भन्न सकेन ।

तर मलाई लाग्छ सकारात्मक पक्ष पनि छ । त्यसैले त भासुको भिर त्यहाँ बसेको छ ।


सौन्दर्य र शितलताको खानी हो, खानीडाँडा । आकर्षक पर्यटकीय गन्तब्य, विशेषतः गृष्मका लागि । गन्तब्यमा भासुको भिरलाई पनि समाबेश गर्न सकिन्छ । रक क्लाइम्बींगका लागि आकर्षक गन्तब्य बन्न सक्छ भासुको भिर । जहाँ सयौं पर्यटकले भासुको भिरलाई स्पर्स गर्न पाउँथे होला ।

धनगढीबाट धेरै टाडा पनि त छैन नि खानीडाँडा र भासूको भीर । त्यही लगभग पचास कि.मी. को दुरीमा छ । राम्रा होटेलहरु मात्र बनाउन सके, पर्यटक रातै बिताउन आउँथे होला । सुर्य उदय मिल्ने स्पट बनाउने सके, सुदुर पश्चिम सूर्य सँगै व्युझ्न्थ्यो होला । राम्रो पार्क बनाउन सके, मायालु जोडी माया साट्न सक्थे होला ।

भासुको भिरले त्रास हैन, माया साट्थ्यो होला । सबैको माया बाँड्थ्यो होला । भासुको भिर खानी डाँडा जस्ती सुन्दरी अँगालेर सुदुर पश्चिममा मुस्कुराउँथ्यो होला ।

पछि पछि आउँदा सुन्दर भासुको भिर देख्न पाउँ । आहा भासुको भिर लेख्न पाउँ ।


Monday, April 23, 2012

आन्दोलन फर्की हेर्दा

आज लोकतन्त्र दिवश । अर्थात बैसाख ११ ।  २०६२।६३को आन्दोलन मार्फत देश नयाँ युगमा प्रबेश गरेको दिन । 
समय बित्न कति नै लाग्दो रहेछ र । आधा दशक वितिसके छ । फर्की हेर्दा अचम्म लाग्छ ।


‌‌‌‌आन्दोलनले तिब्रता लिई सकेको थिएन । म कार्यालयको कामले धुन्चे जानु पर्ने भयो । म र एक जना त्यतातिर लाग्यौं दुई सय पचास रुपैया बसभाडामा गंगबुबस पार्कबाट विहान साडे आठ बजे  रसुवाको धुन्चे तिर लागियो । । जाँदा सुविस्ता नै भयो ।  चार पाँच दिन निकै व्यस्त भयौ । त्यतिञ्जेल धुन्चे शान्त थियो । 

देशका विभिन्न शहरमा आन्दोलनले तिब्रता लिन थालेको थियो । कान्तिपुर एफ.एम.ले आन्दोलन हामी समक्ष ल्याईरहेको थियो । आन्दोलनको प्रभाव धुन्चेमा पनि देखिन थाल्यो । काठमाण्डौबाट सवारी साधनहरु आउन छाडेका थिए । सवारीसाधनको आगमन नहुँदा खाद्यपदार्थको अभाव हुन थालेको थियो । त्यसको पहिलो प्रभाव हाम्रा खानपीनमा पर्यो । हामीले दाल र भात मात्रै खान थाल्यौं । धेरै पर्यटकहरु पनि धुन्चेमा नै अलपत्र परिरहेका थिए । होटेलहरु पर्यटकले खचाखच भरिएकाले केही बाहिरै टेन्ट हालेर बसेका थिए । 

कान्तिपुर एफ.एम.ले बजारको माहोल जोशिलो बनाउँदै लगेको थियो । धुन्चेबासीहरु पनि आन्दोलनमा सरिक हुन थालेका थिए, विशेषतः कर्मचारीहरु । कार्यालयहरुमा काम हुन छाडेको थियो । हाम्रो पनि काम सम्पन्न भई सकेकाले फर्कन चाहन्नथ्यौ तर दुई दिन सम्म कुनै सवारी साधन पाईएन । सवारी साधानको प्रतिक्षामा दिनहरु विताईरहेका थियौ‌ । संयोगबश तेश्रो दिन एउटा बस पर्यटकहरु लिन आयो । हामी बल गरेर दुई हजार भाडा दिने सर्तमा सोही बसमा खाँदिएर काठमाण्डौ आयौं ।

टेक्सीहरु नचलेकाले ठमेल देखि कुपण्डोलसम्मको यात्रा मैले रिक्साबाट गरें । काठमाण्डौंमा बजारहरु पुर्णतया बन्द थिए । 

आज April 23 । पुस्तक दिवस । कृण्ण धरावासी को पण्डुलिपि ल्याएको छु ।


Sunday, April 22, 2012

सोझै युनिकोडमा

             सोझै युनिकोडमा लेख्दै छु । नेपाली शब्द लेख्न केही अप्ठेरो भएको छ । नेपाली युनिकोड परम्परागत किबोर्डमा आधारित छ । तथापि केहि अक्षरहरु पाउन कठिन भइरहेको छ । जस्तो आधा अक्षरहरु लेख्न तल हलन्त दिनु पर्ने भएको छ । रेफ लेख्न पहिले आधा र टाइप गर्नु पर्छ । इ आकार मा पनि केहि कठिनाइ भइरहेको छ । आ फ झ ण ओ जस्ता अक्षर सोझै टाइप गर्न सकिन्छ । सिकिरहेकाले लेख्ने गति निकै कम छ । तर विस्तारै गति बढिरहेको छ ।
यो पनि एउटा सिकाइ नै हो । यसका लागि श्री राम चन्द्र गौतम सर धन्यबादका पात्र हुनुहुन्छ । आज उहाँकै सहयोगमा ल्यापटपमा युनिकोड इन्सटल गरिएको हो । युनिकोडमा लेख्न सकिने जानकारी मलाइ धेरै पहिले देखिनै थियो तर पनि मैले कम्प्युटरमा इन्सटल गर्न सकेको थिएन । कोशिस नगरेको भने होइन । मदन पुस्तकालयको वेभ साइटबाट धेरै पटक डाउन लोड पनि गरेको थिएँ । रिजनल भाषा छनौट गर्न न जान्दा समस्यामा परेको थिएँ । आज सफल भएँ । धेरै खुसि छु ।

Wednesday, April 11, 2012

पालुवा पलाएका छन्, नांगा हाँगाहरुमा


२०६८ सालको अन्तिम दिनहरु चलिरहेको छ । समिक्षा गर्ने बेला भएको छ विगत ।

सोझै लेख्दै छु  ।  लेख्न हुन्थ्यो वा हुन्नथ्यो ? विचारै नगरी लेख्दै छु ।  प्रीति फोन्टमा लेखेर युनिकोड मा परिबर्तन गरेर पेस्ट गर्ने गर्थे  । त्यस्तो गर्दा पूर्णबीराम राख्न सजिलो हुन्छ तर सोझै लेख्दा केहि समस्या हुँदोरहेछ।

पुराना डायरीहरुमा पल्टाएर हेरें । दशबर्ष अघिका संघर्ष र छटपटीहरु ताजा भएर आए । विक्रम सम्बत को अन्तीम महिना निकै जटिल र सघर्षमय रहेकाछन् मेरा । डायरीहरुले त्यस्तै भने समग्रमा । हुन त चैत्र, नयाँपन ल्याउने मास हो । बनभरी चैत फुलेको गित पनि बनेको छ । विगतका धेरै चैत्रहरु उजाडै वितेका      थिए   । अहिले धेरै सहज छ । 

विगत दुई बर्ष देखि सदाको भन्दा केही भिन्न रहे, मेरा चैत्रहरु । पालुवा पलाएका छन्, नांगा हाँगाहरुमा । अँध्यारो बिचमा पनि उज्यालो देखिन थालेको छ । संघर्षका उपजहरु उपलब्ध हुँदैछन् । जिवनको आधार संघर्ष हो । संघर्षको स्वरुपमा केही परिवर्तन भएको छ । तर संघर्ष जारी छ । विगतमा संघर्षमा आत्तिन्थे, अव रमाउन थालेको छु । दुःखमा रुन्थे, अव मुस्काउन जानेको छु । अनौठो अनुभव रहेछ जिबन ।

संग्रहित अनुभवको ठेली रहेछ जिबन । अनुभबका पोका पुन्तराहरुले सघर्सलाई सहज बनाउँदोरहेछ । संघर्षले पुनः अनुभवको नयाँ पाना थप्दोरहेछ ।

राजनीतिमा पनि नयाँ परिवर्तन देखिदैछ, यस वर्षको अन्तमा ।  

देशको राजनीति नयाँ चरणमा  प्रवेश गरेको छ  । यस ले नयाँ आशा जन्माएको छ ।

परिबर्तनलाई संस्थागत गर्न, शान्ति र संविधान निर्माण प्रक्रियालाई निश्कर्षमा पुरयाउने सम्बन्धमा हिजो गरिएको निर्णय निकै महत्वपूर्ण छ । आजको नागरिक दैनिकले  "लडाकु अब सेनाको जिम्मा, माओवादी किन हतारियो ?" भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको छ । त्यसै गरि अर्को समाचार "दाहालले भने- ऐतिहासिक निर्णय गरेँ, अब संविधान बनाउन कसैले अवरोध गर्न पाउने छैन" 

समाचार सुखद छ तर बैद्य समूह लाई यो निर्णय चित्त बुझेको छैन । सबैले सबैलाई चित्त बुझाउन सकिने अवस्था पनि त रहँदैन । माओबादी अब हतियार विहीन पार्टी भएको छ । 

यस सन्दर्भमा आज नरेन्द्रजंग पिटरले कान्तीपुरमा "माओबादीको फाटेको मन" शिर्षकको लेख निकै सान्र्दभिक लाग्यो ।


Tuesday, March 20, 2012

हराएको गोधुली साँझ



हिजो साँझ बाँगदेलजीलाई नयाँ सडकमा भेटेँ ।...........

 एब्सटयाक्ट चिन्तन: प्याज को पहिलो वाक्य । शंकर लामिछानेले भनेको हिजोको साँझ  कुन साँझलाई भनेका होलान ? बाँगदेल जी भनेको त पक्कै पनि लैनसिंग बाँगदेललाई नै भनेका होलान् । त्यो साँझ, हालको न्युरोडमा  चहलपहल कस्तो थियो होला ? म पनि त आज साँझ न्युरोड पुगेको थिएँ । 

"ल्याम्प -पोस्टबाट  खसेको जून" मा मनु मन्जिलले ओरालेको "साँझ" जस्तै थियो कि,  शंकर लामिछानेले भनेको हिजोको साँझ ?  वा अन्य कुनै साँझ जस्तो थियो उनको त्यो साँझ ?

२०२४ सालमा मदनपुरस्कारबाट सम्मानित निबन्धसंग्रह  एब्सटयाक्ट चिन्तन: प्याज  । त्यसै निबन्ध संग्रहको शिर्षक निबन्ध  पढ्दै छु । धेरै पटक पढिसकेको छु । फेरी पढ्न मन लाग्यो । मलाई मन पर्ने निबन्ध हो यो । खै के छ यस मा ? 

शंकर लामिछानेका निबन्धहरु सबै मलाई मिठा लाग्छन् । यथार्थपरक लाग्छन् । सलल बग्छन् । आफनै मनको भाव उतारिए जस्तो लाग्छ । जस्तो माथि उल्लेखित निबन्ध कै यौटा अंस

............म स्पुतनिकको उडानमा खुसी पनि हुन्छु, चन्द्रमाको धुलोमा रुसको हँसिया हतौडा अंकित चिन्ह उतारेको सुन्दा मलाई यस्तो गौरब हुन्छ मानौ हँसिया हतौडा मेरै घरबाट खुस्चेभले मागेर लगेका थिए । र अर्कोतिर, चन्द्रममा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छे कि भन्ने म पीर पनि मान्दछु च्यामे पोडेलाई दान पनि दिन्छु , मानौ महाराज मनु मेरा लामिछाने परिवारकै बाजे हुन । ...........

लामिछानेको "गोधुली संसार" का निबन्धहरु पनि मलाई साह्रै मनपर्छन्, भूपी शेरचनको "घुम्ने मेचमाथि अन्धो मान्छे" मा भएका कविताहरु जत्तिकै  । तर उदेक लाग्दो कुरा गोधुली संसार मेरो संग्रह संसारबाट हराएको छ । कसलाई दिएँ वा कसैले लगेर फर्काएन वा कसैले थाहै नदिई लग्यो । निकै दुःख लागिरहेको छ । 

Sunday, March 11, 2012

यो त अति नै भयो

म कथा लेख्दै छु । अझ लेख्न सुरु गरिसकेको छैन । पात्रहरुको खोजीमा छु । उपयूक्त पात्र नै भेटिएन । मष्तिस्कमा विहानको  घटना विजुली झै चम्क्यो । पत्रिका ल्याउने भाई पनि त यौटा पात्र हुन सक्छ, मैले लेख्ने कथाको ।  मनमा उसको तस्वीर टुपलुक्क आइपुग्यो ।  कथा को शिर्षक के राखौं ? यौटा हकरको कथा । कथाको विषय नि ? आज विहानैको घटना । ओ.के. ठिक । कथा यस्तो छ ।
यौटा हकरको  कथा
बिहान । करिब पौने छ बजे । मर्निगं वाकको लागि बाहिरीदैँ थिएँ । मेनगेटको फलामे सिटकनी खोल्न के निहुरीएको थिएँ, बाहिरबाट फालिएको कान्तिपुर दैनिक डडाल्नुमै बजारियो । म झसंग भएँ । गेट खोलेर हेरेको पत्रीक फाल्ने भाई साइकिल कुदाउँदै अलि पर पुगिसकेको रहेछ ।
"ए भाई पख पख ।"  मैले चिच्यारै बोलाएँ ।
"किन सर ?"  उसले साइकलबाट ओर्लदै भन्यो ।
"किन हुन नी ? विहान विहान यस्तो नराम्रो सँग पिटेर किन भागेको ?"
"ए पत्रिकाले लाग्यो कि क्यो हो ...........? सरी है सर"
"ठिक छ ठिक । अनि चिया सिया खाइयो त ?" (उ संग म चिरपरिचत छु त्यसैले चिया खाए नखाएको सोध्दछु)
"काँ खानु ? चिया पकाउन पानी तताउँदै थिएँ, ग्याँस सकिएको रहेछ स्टोभ झयाप्प निभ्यो । अनि त्यसै हिडियो । बाहिर कतै खानु पर्ला ।"

कस्तो दिक्दार लाग्दो इन्डींग । कथा को पात्र एका विहानै चिया नै नखाइ काममा निस्कीयो ।त्यो पनि ग्याँस सकिएर ।  लेखकलाई पत्रीकाले गोदयो। कस्तो झुर कथा ।  वास्तवमा यो कथा नै भएन । दिनको सूरुवात नै नकारात्मक छ । यस्तो कथा पनि के कथा ? यो पात्र र विषय बस्तु यही अन्त गरें ।

कस्तो पात्र छानौ ......कस्तो पात्र छानौ........... ।  निर्णय नै गर्न सकिएन । कथा नै लेख्न छोडौ की ? यो त अति नै भयो । अति नै भयो भन्ने वाक्यांसले विहानकै आर्को घटना झल्याँस सम्झायो । मेरै घरको घटना हो । यसमा पनि त सानो तिनो कथा बन्न सक्छ । कथाको पात्र पनि मैले असाध्यै मनपराएकै पात्र हो । विषय वस्तु पनि ठिकै छ । शिर्षक चुलोचौकाको कथा ।
चुलोचौकाको कथा

"ग्याँस चलाउन थालेको एक महिना नाघ्यो ।"   श्रीमतिले कचौरामा दाल थप्दिदै बोलीन्।
"अझ सम्म चलिराछ .......। धेरै दिन चलेछ ........।" मैले मुखमा गास हालेर चपाउँदै भने ।
"अँ... धेरै दिन चलेछ ..... कुन बेला सकिने हो .....। आर्को सिलिण्डर पनि खाली छ ।" उनले स्टोभमा दुध बसाल्दै बोलीन् ।
"शुभ शुभ बोल...... विहान विहान ....." मैले जिस्कदै भने ।
"हेर हेर नभन्दै सकिहाल्यो नी ........"    उनी मलाई हेर्दै रातो पीरो भइन । स्टोभको नब अन थियो तर स्टोभ बलिरहेको थिएन ।
"आत्तिनु पर्दैन व्यवस्था गरौंला नी, साँझ सम्म "   मैले सम्झाउने प्रयास गर्दै भने ।
"अँ..... आत्तिनु पर्दैन, पसलेकोमा नाम लेखाको एक महिना नाघ्यो । अझ सम्म पालो आएको छैन भन्छ, यो त अति नै भयो । दिउँसोको चिया खाजा के मा पकाउने ?"   श्रीमति ले ठुलै समस्या अघि सारिन ।
वास्तबमा यो त अति नै भयो ।  ग्याँस नियमीत पाउन छोडेको धेरै भयो । आफनो ग्याँस नसकिदा सम्म समस्या ठुलो जस्तो लागेको थिएन । ग्याँस सकिए पछि समस्या ठूलै रहेछ भन्ने थाहा भयो ।
कथा कुनै दिन लेखौला । अहिले ग्याँस खोज्न हिँडे । पाइने हो की होइन खै । बास्तवमा भरि ग्याँसको सिलिण्डर भन्दा कथाको पात्र र विषय वस्तु सजिलै भेटिन्छ ? 
बास्तवमा यो त अति नै भयो ।

Sunday, February 19, 2012

आयो है...... कान्छी बदाम !



फाल्गुन ७ । छोराले विहान खाना खान मानेन् । मेरो दिमागमा यूक्ती फुर्यो । 

"छिटो हाम्म गर बाबु,   हेलिकपट्र हेर्न कौसीमा जानु पर्छ ।" छोरालाई फकाउँदै भने ।

"कौसीमा हेलिकप्टर आउँछ बाबा ?" छारोले तोते बोलीमा सोध्यो । संगै बसेकी छ वर्षे छोरीले अपत्यारिलो आँखा म तिर हेरीन ।

"साँच्चै हो भनेको ल छिटो छिटो हाम गर ।" मैले छोरालाई फुकर्याउँदै भने । छोराले खाना खान थाल्यो । छोरीलाई मेरो भनाई पत्यार लागेन छ क्यारे मेरो कानमा खुसखुस गर्दै सोधिन,  "साँच्चै हो बाबा ?"

"मैले झुट बाल्छु होला त ? आज प्रजातन्त्र दिवश । रातो तुल झूण्याएको हेलीकप्टर आकासमा उड्छ ।" मैले बिश्वाश दिलाउदै भने ।
दुबै बच्चा खाना खाए पछि आज दिन भरी घरको छतमा बसे । आकास तिर घरी घरी हेरिरहे । किन हेलेकप्टर नउडेको मलाई सोधिरहे । तर रातो तुल झूण्याएको हेलीकप्टर साँझ पर्दा सम्म पनि आकासमा उडेन ।

"बाबाले आज झुठो बोलेको है ?" दुबै बच्चाले मलाई  साँझमा सोधे । मैले होइन भन्न सकिन । किनकी
आज प्रजातन्त्र दिवश मनाईएनछ । हेलिकप्टर उडाइएनछ । साँझ समाचार सुने पछी थाहा पाएँ । 

यस वर्ष मनाइएन, फाल्गुन ७ । प्रजातन्त्र दिवश भनेर मनाइन्थ्यो प्रत्येक वर्ष । केही वर्ष अघि टुडिखेलमा प्रजातन्त्र दिवश हेर्न गएको थिएँ । देशप्र्रेमका गितहरुमा सेनाले परेड खेले ।   टुडिखेलमा धुलो उडिरहेको थियो । 
डालोमा बदाम बेच्ने दाईले मञ्च तर्फका नेताहरुलाई देखाउँदै सोधेका थिए , "नेताहरुलाई किन परेड हेर्न मन लागेछ, राजालाई झै ?"

"आज प्रजातन्त्र दिवश दाई ।" मैले उनलाई जवाफ दिएको थिएँ । 

उनले दिक्दार मान्दै भने, "दिवश पनि के के हो, के के  ? आफ्नो त व्यापारै चौपट छ । भृकुटीमण्डप तिर लागियो आफु त । भिड उतै बढी छ ।"

उनी बदामको डालो काँधमा राखेर कराउँदै है हिडे, "आयो है...... कान्छी बदाम....... । लौ आयो है.... कान्छी बदाम........ ।"

आजका दिन कान्छी बदाम बेच्ने ति दाई के गर्दै छन् होला ? उनी अझ पनि कान्छी बदाम बेच्दै छन् की अर्कै पेसा गर्दै छन् ? कान्छी बदाम बेचिरहेका भए आजका दिन उनको व्यपार कस्तो भयो होला ? उनको कान्छी बदाम बेच्ने डालोमा  प्रजातन्त्र आयो आएन ?

प्रजातन्त्र नमनाउने निर्णय गर्ने, प्रजातन्त्र दिवस मनाउन निम्तो पर्खनेहरु र नमनाएकोमा विरोध गर्नेहरुसँग जवाफ छ की ? 

Tuesday, February 14, 2012

प्रीतिको गीत गाउँ

केहि आलाप 
केहि बिलाप 
एक आपसमा गर्दै, 
अलि अलि रिक्तता
अलि अलि तिक्तता 
दुइ बिचको मेट्दै,  
आऊ तिमी र म 
मन संग मन मिलाउँ
दिल संग दिल मिलाउँ ,
आऊ तिमी र म 
एकै छिन् 
प्रीतिको गीत गाउँ /   

हेर त, 
हरिया पहाडहरु
युगौ देखि संगसंगै बसेकाछन्, 
हेर त, 
निला नदिहरु 
सदियौं देखि सगर चुम्न दौडेकाछन्, 
आऊ तिमी र म 
हरिया पहाड बनौँ
नदि  र सागर बनौँ,
आऊ तिमी र म 
एकै छिन् 
सबै सबै भुलेर 
प्रीतिको गीत गाउँ /

हेर त,
चखेवा जोडी 
भिरपखेरामा बाँचीरहेछ, 
हेर त,
यो सिंगो धर्ति 
करोडौ बोकेर सधै हांसीरहेछ, 
आऊ तिमी र म 
चखेवा जोडी  बनौँ
अटल धर्ति बनौँ, 
आऊ तिमी र म 
चखेवा प्रीति 
धर्ति बनेर  लाउँ ,

आऊ तिमी र म 
एकै छिन्
सबै सबै भुलेर 
प्रीतिको गीत गाउँ /  

Sunday, February 5, 2012

बिरालो अवतार याट सेकेण्ड लाइफ डटकम


 कक्षा चार मत्स्य अवतार

गोला र डकनी विहिन आँखाले निरन्तर हेरिरहेको थिएं, आँखा नझिम्काई, पानी भित्र  । सुन्दर दृष्यहरु नियाल्दै पौडिरहेको थिंए । मेरो चुच्चो परेको गोलोमुखले पानी घुटुक्क निल्दै गलाबाट पानी बाहीर निस्कीरहेको थियो । अचम्म, मेरो नाक थिएन तर पनि म निस्सासिएको थिएन । मेरा नागो शरिरमा  चम्कीला कत्लाहरु टाँसिएका थिए । पानीको चिसोपन अनुभव गर्ने प्रयास गरे तर अनुभुती भएन । पखेटाहरु एकनाशले हल्लाईरहेको थिएँ । दुई चिरा परेको पुच्छर पनि दायाँ बायाँ गरि हल्लाइरहेको थिए । म पौडिन नजान्ने पनि पनि सिपालुहरु झै पौडिरहेको थिएं । झन झन गहिराई तिर गई रहेको थिएं । डुब्ने त होइन, कता कता त्रास पनि थियो । म त मान्छे होइन नी माछा पो त । मेरा मनले भरोसा दिलायो । म झन जोडले पौड्न थाले । अझ गहिराई तिर जाँदै थिएँ । एक्काशी पानीको सतह कम्पीत हुने गरी अवाज सुनियो ।

"ए केटा, तेरो ध्यान कता छ ?" म झस्याँग भएँ । अवाज चिरपरिचीत थियो । मेरो मत्स्य अवतार कक्षा ४ को विद्यार्थीमा परिवर्तन भई सकेको थियो । नैतिक शिक्षाका सरले रिसाएको विरालाले झै मलाई नै घुरिरहेका थिए । बसेको बेन्चबाट जुरुक्क उठेंर अपराधी झै शिर निहुराएर ठिंग उभिएँ ।  कक्षाका मेरा साथीहरु गललल्ल  हाँसे ।

"तैले अटेर गरेको । दुई दुई चोटी सोधि सकें, गधाले सुनेकै हैन ।" मेरो दाहिने कान बटार्दै उनी बमकिए । भरकरै पाकेर सञ्चो भएको कान चुँडिए झै दुख्यो ।

"ए मोरा, तेरो ध्यान कता छ ? ल भन्, भगवान विष्णुका दश अवतार कुन कुन हुन् ?"  उनले आँखा राताराता पार्दै खाउँला झै गरि  सोधें । म डरले थरथर काम्दै  भन्ने प्रयास गर्न थालें । तर गलाबाट अवाज निस्कदै निस्केन । 

 बल  गरेंर   मैले दबेको श्वासमा भन्न खोजे ,  "मत्सय, कुर्म , बराह, नरसिंहा........ अँ ......अँ.... अँ........।"

"गधा त्यती पनि आउँदैन ।"  मेरो दहिने गालामा उनले झापट बजाउँदै भने । मैले झिलिमिल्ल तोरीको फूल देखे । आँखाबाट तुरुक्क आँसु चुहियो ।

अनि पुनः कडकिए, "पढ्नु सढ्नु छैन,  गधा...... !  बस ।"

झापटले रातो तातो भएको गाला मुसार्दै बेन्च मा थ्याच्च बसे । उनले तेश्रो बेन्चमा बस्ने शेरेलाई त्यही प्रश्न सोध्दै थिए । उत्तर दिन सक्यो सकेन ध्यानै दिएन ।

मेरो बाँकी पिरियडहरु भगवान विष्णुको अवतारहरुलाई धिक्कारदै वित्यो । यो सर राक्षस भन्दा कम छन् र । यस्ता राक्षसलाई नाश गर्न दश मात्रै हैन, हजार वटा अवतार लिएको भए पनि हुने नि, भगवान विष्णुले । किन नलिएको होला ? अवतार लिन नसक्ने भए कम्तीमा हामीलाई अवतार धारण क्षमता दिएको भए पनि हुने ............

यौटी अफ्रिकन ठिटी (भर्चुअल नाम लिली हो )चिच्याई चिच्याई मलाई नै भनिरहेकी रहेकी थिइ, "मिष्टर क्याट लुकिंग हेण्डसम् । आर यु लिस्नींग मी ? मिष्टर क्याट, ह्वेर आर यू ?  यान्सर मी प्लीज ।"

 म आफनो विगतबाट बाहिर निश्किएँ । सेकेण्ड लाइफ डटकमको मेरो विरालो अवतारलाई लिलीले प्रशंसा गरेको सुनेर मख्ख भएँ  । उस्को काखमा बुरुक्क उफ्रिएर बस्दै भने, "थ्यांक यू लिली,  माई डिअर !"


बिरालो अवतार 

मेरो सेकेण्ड लाइफ अर्थात अवतार क्याट हो । म भर्चूअल संसारमा मिष्टर क्याट भनेर चिनिन्छु । हिस्सि परेकी अफ्रिकन लिलीलाई मैले कोस्टेरिकाको एकान्त समुद्री तटमा भेटेको थिएँ । भर्चूअल संसारमा भर्खरै जन्मेकी,  उ निरास तर उत्सुक थिई ।

एक दिनमा लनडनको हुलहाल छोडेर एकान्त खोज्दै आफैलाई टेलिपोर्ट गर्दै कोस्टेरिकाको एकान्त समुद्री तटमा पुगेको थिए । यौटी अर्धनग्न यूबती दौडदै आएर म संग ठोकिन पुगी । ठोकिए पछि माफी माग्ने काम पनि गरिन । कस्तो म्यानर नभएकी झनक्क रिस उठ्यो । टाडा भाग्न खोजे । उ पुनः म तिरै दौडिदै  आइ , फेरी पनि  ठोक्किन पुगी । मैले उसको प्राफाइल हेरे । उ दुई दिनको भएकी थिई । हिड्न, दौड्न, बस्न, र उड्न उसलाई गाह्रो भईरहेको थियो   । खै किन हो मलाई उस प्रति दया जाग्यो । म म्याउँ गर्दै उस्को नजिकै गएं । मित्रताको हात बढाएँ । उसले सहर्ष स्विकारी ।

"हाउ आर यु ?"  मैले बार्तालाप बढाएं ।

"फाइन । यु......... ?" उस्ले पनि औपचारिकता पुरा गरी  ।

मेरो जवाफै नपर्खी उस्ले  सोधी, "डू यू लाइक क्याट ?"

"नो, आइ  डन्ट ।" मैलै ठाडो जवाफ दिएं ।

"देन, ह्वाइ यू विकेम क्याट ?" उसले चकित हुँदै सोधी

"कज आइ हयाट क्याट ।"

"बट आइ लभ क्याट" । उ मेरो झनै नजिक आई । मेरो छिरकेबीरके विरालो जिउलाई घोरिएर केहिछिन हेरीराखी । अनि फुसफुसाउँदै भनि  "आइ लाइक्ड योर कोट ।"

"थ्यान्क्यू" म उस्को गोडामा लुटपुटीदै भने ।


उसले मेरा हिडाई, दौडाई, बसाई र उडाईको प्रशांसा गरि । आफुले नजानेकोमा गुनासो गरि । विस्तारै उ र मेरो विचको पर्दा हट्दै गयो । उसले आफनो समस्याहरु विस्तारै खोली ।

हुन पनि हो उसंग राम्रा पोषाकहरु, जुत्ताहरु, सिंगारका सामाग्री केही थिएनन् । उसलाई पनि अन्य युबती जस्तै सुन्दरी देखिने रहर थियो ।  उसको आफनो घर थिएन । आफनो जग्गा थिएन । सबै भन्दा अनौठो त उ  भरचुअल विश्व प्रति अपरिचीत थिई । जस्तो केही बर्ष अघि सम्म म थिएं ।



"हेर न, म संग केही छैन ?" उसले मलिनो अनुहार बनाउँदै निराश हुँदै भनि । अनि थपि,  "अघि लस एञ्जल्समा, केटीहरुले मेरा पहिरनको खिल्ली उडाए । यो संसारमा त मलाई बाँच्नै मन लागेन ।"

"आत्तिनु पर्दै विस्तारै विस्तारै हुन्छ "। मैले उस्लाई सान्त्वाना दिने प्रयास गरें । तर उसको अधैर्यता देख्दा मैले तुरुन्तै केहि गरिहाल्नु पर्ने भयो ।

मैले उसलाई सपींग गराउने विचार गरें । भर्चुअल संसार चिनाउने सबै भन्दा सहज उपाय  थियो,  सपींग गराउनु   । मैले उसलाई सपिंग सेन्टरमा टेलिपोर्ट हुन अनुरोध गरें । उसले सहजै  स्विकार गरी ।

हामी दुबै टेलिपोर्ट भएर मिस चेरीको भर्चुअल सपिंग सेन्टरमा पुग्यौ । त्यहाँ  केही समानहरु निशुल्कमा पनि पाइन्थ्यो । तर सामानहरु भने राम्रा हुदैनन् । भर्चुअल संसारको मेरा सुरुवाती दिन झै, लिली संग पनि खरिदका लागि लिगदेन डलर नहुन सक्छ । मैले विचार गरेको थिएँ । भर्चुअल संसारको लेनदेनको मुद्रा लिंगदेन डलर हो । अमेरिकी डलर संग निश्चित दरमा एक्सचेञ्ज काउण्टरमा लिंगदेन डलर साट्न पाईन्छ ।

सपिंग सेन्टर देखेर उ खुसी भई । भित्र प्रबेश गर्न साथ एक्सचेञ्ज सेन्टरले हाम्रो स्वागत गरयो  । एक्सचेञ्ज सेन्टर देख्ना साथ उसको खुसी, बत्ती जाँदाको युपीएस नभएको कम्प्युटर झै झयाप्प निभ्यो । मलाई अलि न्याँस्रो लागेको थियो । खै किन हो ?

उसले आफु संग लिंगदेन डलर साट्न अमेरिकी डलर नभएको मलाई जनाउँ दिइ । मैले  फ्रिमा पनि केही सामानहरु पाइन्छ भने पछि उ अलि मुस्कुराई । मैलै उस्लाई निशुल्क पाइने समानहरु छानेर लैजाने ठाउँ सम्म लगे । उ धमाधम सामान छान्न थाली । उ केहि डराई रहेकी थिइ । म उस्को नजिकैको चेयरमा टस्स बसे । मैल आफनो चम्कीला आँखाले उसलाई  हेरी रहे । उसले लज्जाएर उनुहार रातो पारी । उ कपडाहरु छानी रहेकी थिइ ।

मलाई फर्कनु पर्ने थियो । भोली पल्ट आजकै समयमा  कोष्टरीकोको उही  समुद्री विचमा नयाँ पोषाक लगाई आउन अनुरोध गदै मैले  उ संग विदा मागे । उसले पनि    "बाई "  भनी ।

मैले पनि विदामा हात हल्लाएँ ।


Sunday, January 22, 2012

डोकेबजार र जिबन




स्थानः मेरो आफनै कोठा
समयः बिहानको साढे सात बजे
लामो समय भएछ नलेखेको/ लेख्ने बिषय नभएर नलेखेको होइन ......./ बिषय धेरै थिए तर लेख्ने मनै लागेन भन्दा हुन्छ, बिशेस त ब्लग /
"कति लेख्नु हुन्छ यार,  डायरी पनि?" एक जना साथी कोठा भित्र पस्दै भने . मैले डायरीमा पेन रोकेर उनि तिर पुलुक्क हेरे / 
बिहान को समय, अझ  माघको बिहान, चिसो हुनु प्राकृतिक नै हो / धनगडीमा घाम नलागेको पनि त धेरै दिन भै सकेको छ/  टाउकोमा कालो उनिको टोपी, गलामा मफलर र गोडामा मोजा लगाएर म  लेख्दै थिए/
  "तपाईको जिबन लेखेरै बित्ने
भो, जिबनमा येसो कहिले कसो रमाइलो पनि गर्नु पर्छ/" उनले म संग हात मिलाउदै भने . "हिजो यसो डोके बजार तिर जाउँ भनेको मान्नु भएन, हाम्ले त एस गरियोनी / मज्जाको हांश रही छ  मस्ती संग  खाइयो ।
"हो र ।" मैले आश्चार्य व्यक्त गरेको अभिनय गरें । 
"जाँड पनि क्या खाइए छ, कोठामा कसरी पुगियो पत्तै पाईएन ।"  उनी अझ जोसिदै भन्न थाले ।
आँखा हेरे वास्तबमै उनको आँखा रक्सी खाएकै जस्ता थिए । अझ ठेट शब्दमा भन्नु पर्दा उनी ह्याँगओभर बाट बाहिर निश्किसकेका थिएनन् ।
"रमाइलै भए जस्तो छ...... अझ सम्म पनि छोडेको छैन क्या हो तपाँइलाई त, हिजो कति बजे फर्कनु भयो र ।"
"घडी हेर्न कसलाई होस थियो र । खै कति बज्यो बज्यो । त्यो साले सन्जय,  पुग्यो भन्छु थपेको" थपै । मलाई त झोक चल्यो मुखैमा एक बजाई दिएं । साले ठाउँको ठाउँ भयो । त्यसले गर्दा नि सदा भन्दा अलि ढिलै भयो ।"
"मुर्गा को बन्यो?"
को हुनु त्यै साले सन्जय, पालो त भट्टको थियो तर फस्यो सन्जय । हिजो त सालेलाई दशा नै लागेको हो के । सबैले चेयर्सं..... गरेर जुठो हाले उसले त्यसै राख्यो । भट्टलाई कसरी पन्छीउँ भन्ने भाथ्यो उसले मिसटेक गर्यो सालले गोदाई पनि खायो चार पनि बुझायो । आं........कति लेखेको........ जाउँ चिया खान ।"

स्थानः एलएन चोकको चिया पसल
समयः साडे आठ बजे विहान
चियाको गिलास दुबै हतकेला बिचमा  च्यापेर बाटो तिर फर्केर बसेको थिएं । चिया खान परे प्रायः यही आइन्छ । मेरो अगाडि उ बसेको छ । टेबलको  गिलासबाट चियाको वाफ उठेर उसको उनुहार तिर गइरहेको थियो । वाफले उसको चस्मामा बादल लाग्यो । चस्मा खोलेर स्विटरको किनाराले पुछ्यो । अनि लगायो । चस्माको खुट्टाले तिलचामल भएको कपाललाई माथि उचाल्यो ।  कपाल जिग्रीग परेका थियो । चायाँका सेतो धुलो हो या सितको थोपा, कपाल सेतै देखिएको थियो । गोरो अनुहार मा कालो फ्रेमको प्लास्टीक चम्स्मा राम्रै जमेको थियो निधार खजमजिएको कपडा जस्तै थियो ।

"साहुजी यौटा चूरोट पाँउ त " साहु तिर नहेरे रै उ बोल्यो

"सुर्य छैन हजुर....., शिखर दिउँ।" पसलले अपराध गरे झै गरि बोल्यो ।

"आ.... शिखर पनि के खानु..."

"अन्तै बाट मगाउँ त ।"

"भो पर्दैन,
"कस्तो निरश है, यो ठाउँ  ।" उसले काला चम्कीला दाडी दायाँ हातले मुसार्दै मलाई भन्यो । अर्को हातले  चियाको एक घुट्को सु...प्प पार्यो ,   "धन्न डोकेबजार छ र यहाँ जिबन छ ।"

डोके बजार कता छ । बास्तबीक लोकेशन मलाई थाहा छैन । म अझ सम्म पुगेको पनि छैन । उसले डोकेबजारको अस्तीत्व सँग जिबन तुलना गर्यो । कतै रक्सीको तालमा त उ बोलिरहेका छैन ।

"एक गिलास सोडा पानी खाएर चिया खाँदा राम्रो हुन्थ्यो कि" मैले आफनो राय ब्यक्त गरें ।

 "आ ..... तपाई पनि .... के तपाँइले मलाई अझ सम्म रक्सी लागेको भनिरहनु भा' छ । मैले सँच्चै भनेको  यस ठाउँमा डोकेबजार नहुँदो हो त जिबन कति निरस हुन्थ्यो ।"


केही छिन उ शान्त देखियो । सगैको भित्तामा टाँसिएको एश्वर्या रायको फोटो एकोहोरो  हेर्दै चियाको गिलास रित्यायो । चियाको गिलास टेबलमा ट्वाक अवाज आउने गरि राख्दै भन्यो,  "राम्रा ठिटी जती भित्तामा छन् बाटामा कतै देखिदैनन्, कस्तो दिक्दार लाग्दो ठाउँ, ए साहुजी त्यही शिखर भये पनि  दिउँ त। "

उसले चुरोट ओठले च्याँप्यो । सलाई कोरेर आगो झोस्यो । सरर धुँवा तान्यो । उसका नाकका दुबै प्वालबाट धुवाँको मूस्लो निस्कयो । चुरोटको धुँवा र गन्ध चारै तिर फैलियो ।

"तान्ने ." मतिर चुरोट बडाउँदै उस्ले सोध्यो ।

"भयो"  मैले इन्कारमा टाउको हल्लाउँदै भने ।

"ए तपाईले त छोड्नु भयो हैन, कति महिना भयो रे,  आ...... के महिना गनि राख्नु । यस्तो निरश ठाउँमा । तपाँईले जाँड, चुरोट, मासु छोडेर म भन्दा के प्रगति गर्नु भयो र । आफु त ऐस गरीन्छ बस्दा सम्म ।"
म मुसुमुसु  हाँसी राखे । के भन्ने जवाफ नै आएन ।

"बुझ्नू भो  आज तपाँइलाई मैले डोकेबजार नलगि छोड्दैन ।"  उस्ले एक्कासी घोषणा गर्यो ।


स्थानः मेरो आफनै कोठा
समयः रातीको करिब १० बजे
म डायरी लेख्दै थिएँ ।
"......आजको दिन रमाईलै बित्यो । पेटोलीयमा पदार्थको भाउ बढ्यो...... । देशको राजनीति एकदमै तरल छ........नेताहरुको चाला.............भारतीय प्रधानमन्त्री मनमोहन सिंह पनि आउने रे , बैकिंग क्षेत्रमा तरलता प्रसस्त छ तर लगानीको अवसर.............। म डोकेबजार.............. "

ढोकामा ठकठकको अवाजले म झसंग भएँ । मेरो लेखाई गति रोकियो ।
 "को हो ?"  चेयरमै बसी बसी मैले सोधे ।

"म... के.... म" उहि चिरपरिचीत अवाज सुनियो । उठेर ढोकाको चुकुल खोलिदिएँ । उ भन्दा पहिले रक्सीको गन्ध ह्वास्स भित्र छिर्यो ।

खुट्टा बंग्याउँदै भित्र पसेर लरबराँउदै बोल्यो, "तपाँई त खतम्मै रहेछ नी आउँछु भनेर नआउने, मान्छेलाई धोका दिने । तपाँईले गर्दा हेर्नुस मेरो हालत यस्तो भो, बुझ्नुभो ।"

उ ढल्मल्लीदै खाटमा गएर थयाच्च बस्यो, उसको बसाईको जोड्ले खाट कर्याक्क गर्यो ।
"ल भन्नुस तपाँई किन नआउनु भएको ? नढाँटी भन्नुस है । तपाईको त मलाई विश्वासै लाग्न छोड्यो ।"  उ लामो स्वास तानेर भित्तामा मिलाएर राखेको सिरकलाई सिरानि  बनाई पल्टदै भन्यो ।

"म आएको थिएं तर ठाउँ नै देखेन, जोकरताल देखि कति टाडा हो ?" मैले आफ्नो बचाव गर्दै भने ।

"हा हा हा...... हाहाहा...... उ  जोडले हाँस्दै भन्यो, जोक्स नगर्नुस् न यार कहाँ जोकरताल, कहाँ डोकेबजार । जोकरताल उत्तरपुर्ब, डोकेबजार दक्षिणपश्चिम । हाहाहा‘....पश्चिम जानु पर्ने मान्छे पुर्ब गए पछि, ठाउँ देखिन्छ त । हिक्क..... हिक्क... तपाईले मलाई ढाँटेको त होइन हैन ?" उसले अपत्यारिलो पाराले सोध्यो ।

"साँच्चै हो यार, म चार बजे तिर निस्केको थिएँ ।"  मैले स्पष्टीकरण दिएँ ।

"तपाई न आउँदा म त बर्बादै भए नी । आफनो त सक्नु नै पर्यो तपाईको भाग पनि घ्याम्पे गरेर हिडेको ।  बोर भयो भनौ कि, मज्जा भयो भनौ ।"  उसले विस्ताराबाट टाउको उचालेर यताउती हेर्दै भन्यो । अनि  लामो स्वास तान्दै थप्यो, "हेर्नुस न यो टवाँटको जात जति खायो त्यती पानी चाहीने । किन होला ? तपाईलाई थाहा छ ?"

टेबुल मुनीबाट पानीको बोतल उठाएर उसलाई दिदै मैले भने, "थाहा छैन ।"
उसले विर्को खोलेर ठाडो घाँटी लाएर पानी घटघट खायो । पानी मुखबाट छच्चलकेर उसको ज्याकेटबाट तर्केदै  विछौनामा पर्यो । मेरो मन अमिलो भयो । विर्को बन्द गर्दै बोतल मलाई दियो ।

"तपाँई त खत्तम मान्छे रहेछ नी, जे पनि थाहा छैन भन्नु हुन्छ । डोकेबजारको बाटो थाहा नहुनेले जिबनको बारेमा के थाहा पाउँछ ? बन्द गर्नुस डायरी र कलम । जिबन हेर्नुस....... डाकेबजार गएर । तपाईले कहिले रक्सीको बारेमा लेख्नु भो ? बास्तबमा जिवन डोकेबजारमा छ, त्यहाँको रक्सीमा छ । गौरीफन्टा जाँदा मोहनाको पुल देख्नु भएको छ ?" उ जोडले चिच्याउन्दै बोल्यो । म उसको अनुहार  ट्वाँ परेर हेरेको हेरे भएँ ।

 उ,  मेरो जवाफ न पर्खेरै बोल्न थाल्यो,  "हो,  त्यही पुल पार गरे पछि पुलको पश्चिम तिर ससाना झुपडीहरु छन् त्यही हो डाकेबजार । तपाँइलाई के थाहा ?  जानुस हेर्नुस डोकेबजार । तपाँई खत्तमै मान्छे हो ।"  उ विस्तारबाट जुरुक्क उठ्यो ।
"तपाई जस्तालाई डोकेबजार र जिबनको बारे के थाहा ?" उ झोक्किदै ढोका खोलेर बाहिरीयो ।

उ बाहिरीए पनि रक्सीको नमिठो गन्धले कोठा भरिएको थियो । त्यो गन्ध डोकेबजारबाट उस्ले बोकेर ल्याएको थियो ।
समाप्त 

Sunday, January 8, 2012

सन् २०१२ को पहिलो दिन

" कंहा थियौ तिमी  रंगमंच उठे पछि आयौं
समयले जवानी लुटे पछि आयौं "
समयले सन् २०११ को रंगमंच उठाएको छ   ।  धेरै नाटकहरु मन्चन भए यो संसारको रंगमन्चमा  ।  केहि राम्रा थिए, केहि  नराम्रा पनि     जे थिए, जस्ता थिए, हाम्रा लागि इतिहास भए   किनकी  समयले सन् २०११ लाई हामी बाट लुटेर लागिसकेकोछ । सन् २०११ को क्यालेन्डर भित्ताहरुबाट हराएको छ  । 

नयाँ बर्ष शुरु हुनु भन्दा केहि समय अघि देखी,  म पनि हराएको थिएँ   सुदुर पश्चिमका पहाडी