१
स्थानः मेरो आफनै कोठा
समयः बिहानको साढे सात बजे
स्थानः मेरो आफनै कोठा
समयः बिहानको साढे सात बजे
लामो समय भएछ नलेखेको/ लेख्ने बिषय नभएर नलेखेको होइन ......./ बिषय धेरै थिए तर लेख्ने मनै लागेन भन्दा हुन्छ, बिशेस त ब्लग /
"कति लेख्नु हुन्छ यार, डायरी पनि?" एक जना साथी कोठा भित्र पस्दै भने . मैले डायरीमा पेन रोकेर उनि तिर पुलुक्क हेरे /
बिहान को समय, अझ माघको बिहान, चिसो हुनु प्राकृतिक नै हो / धनगडीमा घाम नलागेको पनि त धेरै दिन भै सकेको छ/ टाउकोमा कालो उनिको टोपी, गलामा मफलर र गोडामा मोजा लगाएर म लेख्दै थिए/
"तपाईको जिबन लेखेरै बित्ने
भो, जिबनमा येसो कहिले कसो रमाइलो पनि गर्नु पर्छ/" उनले म संग हात मिलाउदै भने . "हिजो यसो डोके बजार तिर जाउँ भनेको मान्नु भएन, हाम्ले त एस गरियोनी / मज्जाको हांश रही छ मस्ती संग खाइयो ।

"हो र ।" मैले आश्चार्य व्यक्त गरेको अभिनय गरें ।
"जाँड पनि क्या खाइए छ, कोठामा कसरी पुगियो पत्तै पाईएन ।" उनी अझ जोसिदै भन्न थाले ।
आँखा हेरे वास्तबमै उनको आँखा रक्सी खाएकै जस्ता थिए । अझ ठेट शब्दमा भन्नु पर्दा उनी ह्याँगओभर बाट बाहिर निश्किसकेका थिएनन् ।
"रमाइलै भए जस्तो छ...... अझ सम्म पनि छोडेको छैन क्या हो तपाँइलाई त, हिजो कति बजे फर्कनु भयो र ।"
"घडी हेर्न कसलाई होस थियो र । खै कति बज्यो बज्यो । त्यो साले सन्जय, पुग्यो भन्छु थपेको" थपै । मलाई त झोक चल्यो मुखैमा एक बजाई दिएं । साले ठाउँको ठाउँ भयो । त्यसले गर्दा नि सदा भन्दा अलि ढिलै भयो ।"
"मुर्गा को बन्यो?"
को हुनु त्यै साले सन्जय, पालो त भट्टको थियो तर फस्यो सन्जय । हिजो त सालेलाई दशा नै लागेको हो के । सबैले चेयर्सं..... गरेर जुठो हाले उसले त्यसै राख्यो । भट्टलाई कसरी पन्छीउँ भन्ने भाथ्यो उसले मिसटेक गर्यो सालले गोदाई पनि खायो चार पनि बुझायो । आं........कति लेखेको........ जाउँ चिया खान ।"
"साहुजी यौटा चूरोट पाँउ त " साहु तिर नहेरे रै उ बोल्यो
"सुर्य छैन हजुर....., शिखर दिउँ।" पसलले अपराध गरे झै गरि बोल्यो ।
"आ.... शिखर पनि के खानु..."
"अन्तै बाट मगाउँ त ।"
"भो पर्दैन,
"कस्तो निरश है, यो ठाउँ ।" उसले काला चम्कीला दाडी दायाँ हातले मुसार्दै मलाई भन्यो । अर्को हातले चियाको एक घुट्को सु...प्प पार्यो , "धन्न डोकेबजार छ र यहाँ जिबन छ ।"
डोके बजार कता छ । बास्तबीक लोकेशन मलाई थाहा छैन । म अझ सम्म पुगेको पनि छैन । उसले डोकेबजारको अस्तीत्व सँग जिबन तुलना गर्यो । कतै रक्सीको तालमा त उ बोलिरहेका छैन ।
"एक गिलास सोडा पानी खाएर चिया खाँदा राम्रो हुन्थ्यो कि" मैले आफनो राय ब्यक्त गरें ।
"आ ..... तपाई पनि .... के तपाँइले मलाई अझ सम्म रक्सी लागेको भनिरहनु भा' छ । मैले सँच्चै भनेको यस ठाउँमा डोकेबजार नहुँदो हो त जिबन कति निरस हुन्थ्यो ।"
केही छिन उ शान्त देखियो । सगैको भित्तामा टाँसिएको एश्वर्या रायको फोटो एकोहोरो हेर्दै चियाको गिलास रित्यायो । चियाको गिलास टेबलमा ट्वाक अवाज आउने गरि राख्दै भन्यो, "राम्रा ठिटी जती भित्तामा छन् बाटामा कतै देखिदैनन्, कस्तो दिक्दार लाग्दो ठाउँ, ए साहुजी त्यही शिखर भये पनि दिउँ त। "
उसले चुरोट ओठले च्याँप्यो । सलाई कोरेर आगो झोस्यो । सरर धुँवा तान्यो । उसका नाकका दुबै प्वालबाट धुवाँको मूस्लो निस्कयो । चुरोटको धुँवा र गन्ध चारै तिर फैलियो ।
"तान्ने ." मतिर चुरोट बडाउँदै उस्ले सोध्यो ।
"भयो" मैले इन्कारमा टाउको हल्लाउँदै भने ।
"ए तपाईले त छोड्नु भयो हैन, कति महिना भयो रे, आ...... के महिना गनि राख्नु । यस्तो निरश ठाउँमा । तपाँईले जाँड, चुरोट, मासु छोडेर म भन्दा के प्रगति गर्नु भयो र । आफु त ऐस गरीन्छ बस्दा सम्म ।"
म मुसुमुसु हाँसी राखे । के भन्ने जवाफ नै आएन ।
"बुझ्नू भो आज तपाँइलाई मैले डोकेबजार नलगि छोड्दैन ।" उस्ले एक्कासी घोषणा गर्यो ।
"......आजको दिन रमाईलै बित्यो । पेटोलीयमा पदार्थको भाउ बढ्यो...... । देशको राजनीति एकदमै तरल छ........नेताहरुको चाला.............भारतीय प्रधानमन्त्री मनमोहन सिंह पनि आउने रे , बैकिंग क्षेत्रमा तरलता प्रसस्त छ तर लगानीको अवसर.............। म डोकेबजार.............. "
ढोकामा ठकठकको अवाजले म झसंग भएँ । मेरो लेखाई गति रोकियो ।
"को हो ?" चेयरमै बसी बसी मैले सोधे ।
"म... के.... म" उहि चिरपरिचीत अवाज सुनियो । उठेर ढोकाको चुकुल खोलिदिएँ । उ भन्दा पहिले रक्सीको गन्ध ह्वास्स भित्र छिर्यो ।
खुट्टा बंग्याउँदै भित्र पसेर लरबराँउदै बोल्यो, "तपाँई त खतम्मै रहेछ नी आउँछु भनेर नआउने, मान्छेलाई धोका दिने । तपाँईले गर्दा हेर्नुस मेरो हालत यस्तो भो, बुझ्नुभो ।"
उ ढल्मल्लीदै खाटमा गएर थयाच्च बस्यो, उसको बसाईको जोड्ले खाट कर्याक्क गर्यो ।
"ल भन्नुस तपाँई किन नआउनु भएको ? नढाँटी भन्नुस है । तपाईको त मलाई विश्वासै लाग्न छोड्यो ।" उ लामो स्वास तानेर भित्तामा मिलाएर राखेको सिरकलाई सिरानि बनाई पल्टदै भन्यो ।
"म आएको थिएं तर ठाउँ नै देखेन, जोकरताल देखि कति टाडा हो ?" मैले आफ्नो बचाव गर्दै भने ।
"हा हा हा...... हाहाहा...... उ जोडले हाँस्दै भन्यो, जोक्स नगर्नुस् न यार कहाँ जोकरताल, कहाँ डोकेबजार । जोकरताल उत्तरपुर्ब, डोकेबजार दक्षिणपश्चिम । हाहाहा‘....पश्चिम जानु पर्ने मान्छे पुर्ब गए पछि, ठाउँ देखिन्छ त । हिक्क..... हिक्क... तपाईले मलाई ढाँटेको त होइन हैन ?" उसले अपत्यारिलो पाराले सोध्यो ।
"साँच्चै हो यार, म चार बजे तिर निस्केको थिएँ ।" मैले स्पष्टीकरण दिएँ ।
"तपाई न आउँदा म त बर्बादै भए नी । आफनो त सक्नु नै पर्यो तपाईको भाग पनि घ्याम्पे गरेर हिडेको । बोर भयो भनौ कि, मज्जा भयो भनौ ।" उसले विस्ताराबाट टाउको उचालेर यताउती हेर्दै भन्यो । अनि लामो स्वास तान्दै थप्यो, "हेर्नुस न यो टवाँटको जात जति खायो त्यती पानी चाहीने । किन होला ? तपाईलाई थाहा छ ?"
टेबुल मुनीबाट पानीको बोतल उठाएर उसलाई दिदै मैले भने, "थाहा छैन ।"
उसले विर्को खोलेर ठाडो घाँटी लाएर पानी घटघट खायो । पानी मुखबाट छच्चलकेर उसको ज्याकेटबाट तर्केदै विछौनामा पर्यो । मेरो मन अमिलो भयो । विर्को बन्द गर्दै बोतल मलाई दियो ।
"तपाँई त खत्तम मान्छे रहेछ नी, जे पनि थाहा छैन भन्नु हुन्छ । डोकेबजारको बाटो थाहा नहुनेले जिबनको बारेमा के थाहा पाउँछ ? बन्द गर्नुस डायरी र कलम । जिबन हेर्नुस....... डाकेबजार गएर । तपाईले कहिले रक्सीको बारेमा लेख्नु भो ? बास्तबमा जिवन डोकेबजारमा छ, त्यहाँको रक्सीमा छ । गौरीफन्टा जाँदा मोहनाको पुल देख्नु भएको छ ?" उ जोडले चिच्याउन्दै बोल्यो । म उसको अनुहार ट्वाँ परेर हेरेको हेरे भएँ ।
उ, मेरो जवाफ न पर्खेरै बोल्न थाल्यो, "हो, त्यही पुल पार गरे पछि पुलको पश्चिम तिर ससाना झुपडीहरु छन् त्यही हो डाकेबजार । तपाँइलाई के थाहा ? जानुस हेर्नुस डोकेबजार । तपाँई खत्तमै मान्छे हो ।" उ विस्तारबाट जुरुक्क उठ्यो ।
"तपाई जस्तालाई डोकेबजार र जिबनको बारे के थाहा ?" उ झोक्किदै ढोका खोलेर बाहिरीयो ।
उ बाहिरीए पनि रक्सीको नमिठो गन्धले कोठा भरिएको थियो । त्यो गन्ध डोकेबजारबाट उस्ले बोकेर ल्याएको थियो ।
२
स्थानः एलएन चोकको चिया पसल
समयः साडे आठ बजे विहान
चियाको गिलास दुबै हतकेला बिचमा च्यापेर बाटो तिर फर्केर बसेको थिएं । चिया खान परे प्रायः यही आइन्छ । मेरो अगाडि उ बसेको छ । टेबलको गिलासबाट चियाको वाफ उठेर उसको उनुहार तिर गइरहेको थियो । वाफले उसको चस्मामा बादल लाग्यो । चस्मा खोलेर स्विटरको किनाराले पुछ्यो । अनि लगायो । चस्माको खुट्टाले तिलचामल भएको कपाललाई माथि उचाल्यो । कपाल जिग्रीग परेका थियो । चायाँका सेतो धुलो हो या सितको थोपा, कपाल सेतै देखिएको थियो । गोरो अनुहार मा कालो फ्रेमको प्लास्टीक चम्स्मा राम्रै जमेको थियो निधार खजमजिएको कपडा जस्तै थियो ।स्थानः एलएन चोकको चिया पसल
समयः साडे आठ बजे विहान
"साहुजी यौटा चूरोट पाँउ त " साहु तिर नहेरे रै उ बोल्यो
"सुर्य छैन हजुर....., शिखर दिउँ।" पसलले अपराध गरे झै गरि बोल्यो ।
"आ.... शिखर पनि के खानु..."
"अन्तै बाट मगाउँ त ।"
"भो पर्दैन,
"कस्तो निरश है, यो ठाउँ ।" उसले काला चम्कीला दाडी दायाँ हातले मुसार्दै मलाई भन्यो । अर्को हातले चियाको एक घुट्को सु...प्प पार्यो , "धन्न डोकेबजार छ र यहाँ जिबन छ ।"
डोके बजार कता छ । बास्तबीक लोकेशन मलाई थाहा छैन । म अझ सम्म पुगेको पनि छैन । उसले डोकेबजारको अस्तीत्व सँग जिबन तुलना गर्यो । कतै रक्सीको तालमा त उ बोलिरहेका छैन ।
"एक गिलास सोडा पानी खाएर चिया खाँदा राम्रो हुन्थ्यो कि" मैले आफनो राय ब्यक्त गरें ।
"आ ..... तपाई पनि .... के तपाँइले मलाई अझ सम्म रक्सी लागेको भनिरहनु भा' छ । मैले सँच्चै भनेको यस ठाउँमा डोकेबजार नहुँदो हो त जिबन कति निरस हुन्थ्यो ।"
केही छिन उ शान्त देखियो । सगैको भित्तामा टाँसिएको एश्वर्या रायको फोटो एकोहोरो हेर्दै चियाको गिलास रित्यायो । चियाको गिलास टेबलमा ट्वाक अवाज आउने गरि राख्दै भन्यो, "राम्रा ठिटी जती भित्तामा छन् बाटामा कतै देखिदैनन्, कस्तो दिक्दार लाग्दो ठाउँ, ए साहुजी त्यही शिखर भये पनि दिउँ त। "
उसले चुरोट ओठले च्याँप्यो । सलाई कोरेर आगो झोस्यो । सरर धुँवा तान्यो । उसका नाकका दुबै प्वालबाट धुवाँको मूस्लो निस्कयो । चुरोटको धुँवा र गन्ध चारै तिर फैलियो ।
"तान्ने ." मतिर चुरोट बडाउँदै उस्ले सोध्यो ।
"भयो" मैले इन्कारमा टाउको हल्लाउँदै भने ।
"ए तपाईले त छोड्नु भयो हैन, कति महिना भयो रे, आ...... के महिना गनि राख्नु । यस्तो निरश ठाउँमा । तपाँईले जाँड, चुरोट, मासु छोडेर म भन्दा के प्रगति गर्नु भयो र । आफु त ऐस गरीन्छ बस्दा सम्म ।"
म मुसुमुसु हाँसी राखे । के भन्ने जवाफ नै आएन ।
"बुझ्नू भो आज तपाँइलाई मैले डोकेबजार नलगि छोड्दैन ।" उस्ले एक्कासी घोषणा गर्यो ।
३
स्थानः मेरो आफनै कोठा
समयः रातीको करिब १० बजे
म डायरी लेख्दै थिएँ ।"......आजको दिन रमाईलै बित्यो । पेटोलीयमा पदार्थको भाउ बढ्यो...... । देशको राजनीति एकदमै तरल छ........नेताहरुको चाला.............भारतीय प्रधानमन्त्री मनमोहन सिंह पनि आउने रे , बैकिंग क्षेत्रमा तरलता प्रसस्त छ तर लगानीको अवसर.............। म डोकेबजार.............. "

समाप्त