Saturday, July 14, 2012

भानु जयन्तीमा कविता बाचन

लामो समय पछी कविता बाचन गरीयो । संयोग जुरयो भानु जयन्तीमा । त्रैमासिक साहित्यीक पत्रीका मिरर्मिरे को आयोजनामा भानु जयन्ती,  नेपाल राष्ट्र बैंकको  परिसरमा पनि मनाइयो ।


डेपुटी गभर्नर गोपाल प्रसाद काफ्लेज्यूको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन भागवत आचार्यले गर्नु भएको थियो ।मिरर्मिरे पत्रीकाका सम्पादक सीता घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । नेपाल राष्ट बैंक भित्रकै कवि कवियत्रीहरुले कविता र गजलहरु बाचन गरिएको सो कार्यक्रम छोटो, मिठो र रोचक थियो । राजन विक्रम थापा, सरिता पौडेल, बासुदेव अधिकारी, रविन्द्र मर्हजन, राजन पुडासैनी, भागवत आचार्यले आफ्ना गजल र कविताहरु बाचन गर्नु भएको थियो । मैले पनि कविता बाचन गरेको थिएँ ।  शिर्षक थियो, "मुक्ति घोषणा"

कविता बाचन गर्नु र बाचन गरिएको कविता सुन्नु आफैमा रोमाञ्चक कार्य हो, जस्तो लाग्छ । सर्जकको मनोभाव र प्रस्तुतीले चरम मानसिक सन्तुष्टि प्रदान गर्छ । शब्द र विम्बका भावहरुले हृदय र मस्तिष्क झकृत हुन्छन् । कतिपय अवस्थामा रचनाका हिसाबले उत्कृष्ठ कविताहरु उचीत बाचन शैलीको अभावमा निरस हुन्छन् । भानुभक्तीय रामायणको बाचनशैलीको मिठास बेग्लै छ र त जनजनमा गुञ्जीयो । 

गद्य कविताहरुको बाचन शैलीले कविता प्रभावको दिगो बनाँउँछ । मैले सुनेका कविहरुमा श्रवण मुकारुंग र पूर्ण विरामका काब्य प्रस्तुती शैली निकै रोमाञ्चक लाग्छन् । गएको वर्ष मनु मञ्जीललाई सुनेको थिएँ  । उनको प्रस्तुतीले पनि प्रभावित छु । धेरै कविहरुको कविता नसुनेको हुनाले अन्य कविहरुको बारेमा भन्न सकिन ।

फैज अहेमद फैजका कविताहरु पढिरहेको छु । "100 Poems By Faiz Ahmed Faiz" मा उनका कविताहरु उर्दु र  अंग्रजी दुबैमा दिएको रहेछ । पढ्दै सोचिरहेको हुन्छु, यदि फैज अहेमद फैजले बाचन गरिरहेको भए  यी कविताहरु कस्तो सुनिन्थ्यो होला ? झन यो कविता ‌‌‌‌‌‌........

जब दुःखकी नदियाँ मे हम्ने
जीवनकी नाँव डाली थी,
था कित्तना कस बल बाहों मे
लहुमे कितनी लाली थी,
युँ लगता था दो हात लगे
और नाव पूरम पार लगी,
ऐसा न हुआ, हर धारे मे
कुछ अन देखि मझधारे थी
कुछ माझी थे अनजान बहुत
कुछ बेपरखी पतवारे थी ।