Tuesday, December 31, 2013

नयाँ वर्ष

हेर त अकास,
हिजो जस्तो थियो उस्तै छ
गाढा निलो रंग उस्तै छ
बादलको बुट्टा उस्तै छ
उड्ने चराहरू उस्तै छन् ।

हेर त धर्ति,
हिड्ने मान्छेहरू
कुद्ने सवारीहरू
चर्ने जन्तुहरू
उस्तै उस्तै छन् ।
हेर त मान्छे,
अहंकार
लोभ
द्वेश
स्वार्थ
सबै उस्तै उस्तै छ ।

परिवतर्न भएका छ त केवल
नयाँ क्यालेण्डर ।

Wednesday, December 11, 2013

रित्ता हातहरू

मलाई भेट्न
समय रित्तै हात आयो,
उसको रित्तेापनले
म टुक्राटुक्रा भएँ,
सायद
कहिल्यै जोडिदैनथेँ होला,
तर
उसले मेरा विगतहरू
ऐनामा देखाएर गयो,
अनि थाहा पाएँ  
मैले समयहरू भेट्दा
मेरा हातहरु पनि रित्तै थिए ।

Thursday, November 14, 2013

अर्केा संविधानसभाकेा निर्वाचन परीणाम अनुमानहरू

  • प्रत्यक्षा तर्फ एमाओवादीले हार्छ भने  अाफनै कमजेारीले हार्ने हेा । वास्तवमा उसका कमजेारीका पहाड पक्कै हेाचा छैनन् । तर उसलाइ चुनैाती दिने भनिएका काँग्रेस र एमालेसँग चुनाव जीत्ने अाफनै एजेँण्डा छैनन् । येा नै एमाओवादी हावी हुने कारण बनेकेा छ तर त्यस बाहेक एमाओवादीसँग पनि केही छैन ।
  • नेपाली अनुभव हेर्ने हेा भने पार्टी िविभाजन र विबाद पछी भएकेा निर्वाचनमा पार्टीहरू हारेका छन । जस्तेा 2051 मा काँग्रेस र त्यस पछी एमाले । के यस पाली एमाअेाबादीले त्येा निरन्तरतामा क्रमभंग गर्ला ? गर्छ भने ती अाधारहरू मेची महाकाली अभियान बाहेक अन्य देखिएकेा छैन । उक्त अभियानले मधेशमा िसिट बडाउला रे तर पहाडमा के ? जहाँ बैद्केा तुलनात्मक रूपमा प्रभाव बढी छ ।
  • एमाअेाबादीकेा सिट घटेमा काँग्रेस र एमालेका सिट सिमान्त दरमा मात्र बढ्ने हेा तल अनुमान गरीए झै अचाक्ली नै हेाला जस्तेा लाग्दैन नयाँ पार्टीहरूलाइ अवश्य राम्रै चिठ्ठा पर्नेछ । मधेसबादीकेा एकताकेा खललले काँग्रेश र एमालेलाइ भन्दा एमाअेाबादीकेा अभियान र धार्मीक पार्टीहरूलाइ नै फाइदा पुग्ला की ?
  • निर्वाचन जित्न यैाटा बलीयेा रणनिती चाहीन्छ । सबै भन्दा बढी strategy र tactic केा कुरा गर्ने पार्टी एमाअेाबादीकेा चुनावी रणनीति के हेा ? अझसम्म उसले बाहिर ल्याएकेा छैन । जहाँ पनि सफलताका लागि यैाट सवल र गेाप्य  रणनीति चाहिन्च । युदमा मात्र हेाइन, चुनावी अभियानमा पनि रणनीतिले महत्व राख्छ येा माअेाबादीले बुझेकेा छ । सबै पद खारेज गरेर अध्यक्ष मात्र राखी एकताबद भएर चुनावमा जाने माअेाबदी संगठनात्मक रणनीति हेा त्येा त स्पष्टै छ । कुनैपनि ब्यवस्थापनले सहजै बुझ्न सक्छन् । हेलीकप्टरकेा प्रयेाग, मेचीकाली अभियान जुन निकै छेाटेा अवधिमा मात्र उजागार भयेा उसकै रणनितिकेा अैाजारहरू हुन । अन्य अैजार कसरी प्रयेाग गर्ने छ अहिले नै भन्न सकिने अवस्था छैन किनकी उसले चुनावी अभियानकेा समिक्षा समेत गरेकेा छैन । उसले दूइ तिहाइ त्यत्ती कै भनेकेा छैन । धेरैले यसलाइ मजाक बनाइरहेका छन् तर रणनितिमा Vision, Mission र Goal  महत्वपुर्ण हुन्छन जुन सबैका सामु स्पष्टताका साथ राख्नु पर्छ उसले राखेकेा छ । लक्ष्य प्राप्तीका लागि कार्यकर्ता र जनतालाइ उत्साही बनाउनु पर्छ यसमा उसले लक्ष्य देखाएर जीतिसकेकेा उद्घेाष गर्दै हिडेकेा छ तर अनुमान गर्न गार्हेा छैन उसले 120 मात्र जेागाउन चाहन्छ । जेागीए मात्र पनि उसले दूइतिहाइ लीए सरह नै हेा । एमाले र काँग्रेसकेा चुनावी अनुमान समेत बाहिर अाएका छन् र त्यहाँ भित्रका रणनितिहरू एक एक गरेर माअेाबादी समक्षा खुलासा भएका छन् । तर उनीहरूकेा रणनितिमा खासै परीवर्तन गरेकेा देखिएका छैन । एमाले र काँग्रेसका कार्यकर्ता उत्साहीत छन् तर नेताहरू मानसिक रूपमा हारी सके जस्तेा देखिएकाछन् । चुनावी परीणाममा एमाअेाबादी हार्न पनि सक्छ तर चुनावी रणनितिमा सबै भन्दा बलीयेा दल एमाअेाबादी र उस्कै नेता प्रचण्ड देखिएका छन । 
  • तलका अनुमानमा लेखकहरूले दलकेा  Election Strategy समाबेश गरी अनुमान गरिएकेा अाभास हुँदैन ।
  • कुन पार्टीको कति सिट? विजय घिमिरे का अनुमान सेतापाटी

माओवादीले पहिलो निर्वाचनमा ३२ स्थानमा करिव १० हजार मत अन्तरले जितेको छ। यो औसत अन्तर दोस्रो हुने उम्मेदवारभन्दा करिव ५० प्रतिशत हुन आउँछ । माओवादीले झण्डै ५ हजार मत अन्तरले जितेका ३९ स्थान छन्। यस आधारमा यो निर्वाचनमा करिव ७० स्थानमा माओवादी बलियो देखिन्छ। केही स्थानमा थोरै मतले एमाओवादीले हारेको पनि छ। जितेका र हारेका सवै सिट विश्लेषण गर्दा ९० देखि १०० क्षेत्र एमाओवादी अनुकूल छन्। ठूलो मत अन्तर भएको ७० क्षेत्रमा अन्य पार्टीले जित्न बढी नै कसरत गर्नुपर्छ। वैद्य माओवादीको कस्तो भूमिका हुन्छ, यसले माओवादीलाई तल पनि झार्न सक्छ।
विगतमा जितेका ३७ स्थान र ३ हजार भन्दा कम मत अन्तरले पराजित ४० स्थान कांग्रेसका अनुकूल क्षेत्र हुन्। यस आधारमा ७७ स्थानमा कांग्रेस बलियो देखिन्छ। तराईमा कांग्रेसले सुधार गर्न सके सिट बढ्न सक्छ।
पहिले जितेको ३३ र कम मत अन्तरले हारेको ३५ गरी ६८ निर्वाचन क्षेत्रमा एमाले बलियो छ। एमाओवादीप्रति आम मतदातामा पहिलेजस्तो आकर्षण नभएकाले मध्यमार्गी पार्टीका रुपमा एमालेले भोट पाउन सक्छ।
समग्रमा विगत संविधान सभा निर्वाचनमा सवै तराई पार्टीले करिव ४० स्थान जितेका थिए। पार्टी विभिन्न चिरामा विभाजित भए पनि केही क्षेत्रमा मधेश पार्टीका नेताको राम्रो प्रभाव छ। पार्टीगत रुपमा भन्दा पनि व्यक्ति हावी भई तराई पार्टीले केही स्थान आफ्नो पक्षमा पार्ने छन्।
  • फेरि बन्न सक्छ एमाओवादी पहिलो रमेश घिमिरेका अनुमान अनलाइन खवर

आसन्न दोस्रो संविधानसभामा पनि एकीकृत नेकपा माओवादी नै पहिलो दल हुने प्रशस्त आधार देखिएका छन् । यसअघि २ सय ४० प्रत्यक्ष सिटमध्ये १ सय २१ सिट जितेको एमाओवादीले यसपटक त्यति सिट पुर्‍याउन नसके पनि पहिलो दल भने हुने देखिन्छ । दलहरुसँग रहेको कार्यकर्ताको बल, धन, दलको नीति र समर्थकको अवस्था विश्लेषण गर्दा एमाओवादीले पहिलेका क्षेत्रबाट प्रत्यक्षमा ८२ सिट जित्ने देखिन्छ । त्यस्तै समानुपातिकमा २३ प्रतिशत मत प्राप्त गरी सो पार्टीले ८३ सिट प्राप्त गर्ने अनुमान गर्न सकिन्छ । माओवादीबाट खोसिने ३९ सिटमा कांग्रेसले १८, एमालेले १० र १२ अन्य दलले पाउन सक्ने देखिन्छ । नेपाली कांग्रेसले यसअघि ल्याएको मतमा (त्यतिखेरकै आधारमा) समग्रमा करिब २५ प्रतिशत र एमालेले १० प्रतिशत वृद्धि गर्न सक्ने देखिएको छ । अघिल्लो सभामा ३६ सिट जितेको कांग्रेसको त्यसमध्ये ४ सिट गुमे पनि माओवादीबाट खोसिएको सिटसहित प्रत्यक्षतर्फको सिट ५० हुनेछ । तेस्रै स्थानमा रहने नेकपा एमालेको पनि सिट संख्या बढ्नेछ तर थोरै मात्र । अघिल्लो सभामा ३३ सिट जितेको सो पार्टीको पुरानो दुई सिट गुमे पनि माओवादीबाट खोसिएको सिट आउँदा प्रत्यक्षतर्फ ४१ सिट आउने देखिन्छ ।
  • एमालेको निष्कर्ष


९७ सिटमा जित्ने निश्चित भएको र ८० स्थानमा प्रतिस्पर्धा रहेको र ६३ ठाउँमा चाहिँ हार्ने देखिएको केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय सदस्य तथा प्रचार प्रचारका संयोजक प्रदीप नेपालले जानकारी दिनुभयो - 

Wednesday, September 18, 2013

मन त मनै रहेछ,


उज्यालो धर्तिमा पोखिएर
सुनौलो भएको छ मनको आँगन,
किरण ठोकिएर फर्किएकाछन्
उजेलिएकोछ मनका गल्छी र पहाडहरु,
सुशुप्त चहाना र तृष्णा ब्युँझिएका छन्
फटफटाउँदै उडेकाछन् सुनौला चराहरु,
मन उज्यालो छ र त, रसिला छन
मनमा बर्षने दिन र रातहरु,
अहो मन त मनै रहेछ,
उज्यालो हुन पनि मनै चाहिने

अँध्यारो हुन पनि मनै चाहिने ।

Thursday, August 15, 2013

मरिचमान सिंहको घर

"पूर्वप्रधानमन्त्री मरिचमान सिंह रहेनन्"

समाचारले मनलाई धकेलेर विगतमा लग्यो । केही यस्ता अनुभूति छन् जसलाई मनका पत्रहरुबाट हटाउन सकिदैन । सदैभरी सल्बलाई रहन्छन् मनभित्र । बिर्सन चाहेर पनि बिर्सन सकिदैन ।

 २०६१ सालको मंसिरको मध्यतिर सल्यान जानैपर्ने भयो । देशमा द्वन्द चरर्मोत्कर्षमा थियो । राप्ती अञ्चलका सल्यान, रुकुम र रोल्पा जिल्लाको त कुरै बेग्लै । यी जिल्लाहरुले नेपालीका मनमा अनौठो त्रास जन्माएको थियो । द्वन्दको पर्यायवाची जस्तै थिए नेपाली यी भु-भागहरु । सफल यात्राको कामना गर्ने सबैले सुरक्षित फिर्तीको कामना गरे । 

त्यो पनि त मेरै भूमि हो । मनलाई दह्रो बनाउने प्रयास गर्थे । आखिर मन भनेको मनै हो निकै तरल हुन्छ । स्वरुप अनुसारको प्रतिविम्ब बेलाबेला देखाईरहन्छ । बाहिरी द्वन्दले मुलुकलाई भन्दा मनलाई बढी पिरोलिरहेको थियो । 

मनमा बारम्बार गुञ्जीरहेको थियो, "सल्यान कसरी पुग्ने ?" 

सबै यात्राले मनमा उमंग नल्याउँदोरहेछ । यस्तै थियो मेरो यो यात्रा । नकारात्मक हुँदा नकारात्मक नै बढ्दैजाँदोरहेछ । बाटोभरी हुने झन्झटिलो सुरक्षा जाँच । सुरक्षाकर्मीहरुको रुखो र कर्कश आवाज । नाकाबन्दीको हल्ला । टोल, गाउँ, शहर, सदरमुकाम, बाटो, जिल्ला, अञ्चल चौतर्फी बन्दैबन्दको लहर । अकल्पनीय एम्बूसहरुको विष्फोट ।  आक्रमणै आक्रमणको गन्तब्यहिन सिलसिला । मानौं मान्छे मर्दै मर्दैनन, सुरक्षाकर्मी, सुराकी, माओबादीहरु मात्र मर्छन । 

यात्रा सम्झदै मन जिरींग भयो । किनकी यौटा बुलेटले मलाई कि त सुराकी बानाउँथ्योे कि माओबादी । तर पनि यात्राको तयारीमा लागे । काठमाण्डौबाट सल्यानसम्मै बस नजाँदोरहेछ । दांगको तुल्सीपुरबाट अर्को बसमा जानु पर्दोरहेछ । नयाँबसपार्क गएर तुल्सीपुरसम्मको बसको टिकट लिएँ । यात्रा सुरु भयो विहान ६ बजे ।

काठमाण्डौंदेखि तुल्सीपुरसम्मको बस यात्रा समय करीव नौ घण्टाको हो । अवस्था सहज थिएन । बाटैभरी चेकिंगका तगाराहरु थिए । यात्राको भौतिक पिडा भन्दा मानसिक पिडा कैयौं गुणा बढी थियो । दिउँसोको एक बजे नारायणगढ पुगेर खाना खाइयो । यस अवधिमा करीव नियमीत चेकींग दुइवटा र अपर्झट चेकिंग तिनवटा पार गरिसकिएको थियो । अझै कति अवरोधहरु पार गर्नै बाँकी थिए । मन खिन्न थियो ।

गोरु सिंगे पुग्दा पाँच बजेको थियो । त्यहाँ बस रोकीयो । अघि जान दिईएन । पश्चिमतर्फ जाने बस र अन्य सवारी साधनहरुको लामो लाइन लागेको थियो । पश्चिमतर्फबाट सवारी साधनहरु आइरहेका थिएनन् । सडक भरी सुरक्षा फौजका गाडीहरुमात्र दौडिरहेका थिए । गोरुसिंगे व्यारेकबाट सेनाहरु हरिया सैन्यगाडीमा नारा लगाउँदै पश्चिम चन्द्रौटातर्फ हुँइकिदैथिए । बस भित्रका नानीहरु सेनाहरु देखेर रमाइरहेका थिए, आमाहरु बच्चाहरुलाई नकराउन हाकारिरहेका थिए । बच्चाहरु बाहेक सबैका आँखामा दिक्दारी र त्राश प्रष्टै देखिन्थ्यो । सबैको आँखा सदैभरी बच्चाहरुका जस्ता भइदिए कति जाती हुन्थ्यो । संसार कति उज्यालो हुन्थ्यो ।

केही यात्रीहरु बसबाट ओर्लिएर रमिते भएका थिए । खलासीहरु र ड्राइभरहरु पनि बसबाट ओर्लिएर खासखास खुसखुस कुरा गर्दै थिए । बसबाट ओर्लिएर यताउती हेरौकी भन्ने सोच मनमा पलायो । तर खै किन हो बसमा नै बसिरहेँ । धानखोला हो वा बनकसबासामा दोहोर भिडन्त भइरहेको छ रे भन्ने हल्ला बस भित्र फैलियो । कसै कसैले चन्द्रौटामा नै भिडन्त भएको हल्ला सुनाउँदै थिए ।

मन चिसो भयो । निधारमा चिटचिट पसिना आयो । कस्तो अचम्म मानिस आत्तिदा दुई विपरीत कार्य सँगसँगै पनि हुँदोरैछ । झयालबाट बाहिर हेरें । पश्चिम आकासमा घामले दिनको अन्तीम स्वास फेर्दै थियो। चराहरु साँझको रक्तिम आकाशलाई ढपक्क ढाकेर गुँडतर्फ फर्कदै थिए । हाम्रो भने बास अनिश्चीत थियो । बाहिरतिर टहलिरहेका यात्रीहरुलाई बसभित्रै बस्न लगाईयो । बच्चाहरु खेल्न नपाएर हो वा भोकले चिच्याईचिच्याई रोइरहेका थिए । आमाहरु फुल्याउन खोज्थे तर उनीहरु झन जोड्जोडले चिच्याएर रुन्थे । दिक्दार आमाहरु खुँइय..... सुस्केरा हाल्थे । उनीहरुको सुस्केराले मनै चसक्क चसकिन्थ्यो । आमाहरुले समेत हार मानेको समय थियो त्यो । 

राती नौ बजेसम्म बसमै कोचिएर बस्यौं । शरीर कटकट दुखिरहेको थियो । गाडी गुड्ने अनिश्चयले केही यात्रीहरुले बेलुकाको खाना छेउका होटेलहरु गएर खान थाले । सायद सरासर जानपाएको भए तुल्सिपुरको कुनै होटेलमा खाना खाएर सुती पनि सकेको हुन्थेहोला । तर खाना मात्र होइन सुताई पनि गोरुसिंगे मै हुने भयो । खाना खाइसकेपछि ड्राइभरले केही समय यतै सुतौ र बाटो खुलेपछि जाउला भन्दै अन्तै सुत्न गए । कोठाको अभावका कारण दश जना जती मिलेर यौटै कोठामा सुत्नु पर्ने भयो । म पनि भिड मै मिसिएँ ।

सायद झपक्क आँखा लागेको थियो । बाहिरको मनै रुवाने आइमाई र केटाकेटीका चित्कारले म झल्याँस ब्युझिएर जुरुक्क उठेर विछौनामा बसे । मंसिर महिनाको रात गार्मी थिएन तर पनि मलाई खलखली पसिना आइरहेको थियो । दायाँबायाँ सुतेकाहरु घ्वार घ्वार घुरीरहेका थिए । सगैको कोठामा केही मानिसहरुले गुनगुन कुरा गरिरहेको सुने । सयौं सुरक्षाकर्मीहरु मारिएर रे । यौटाले त भरखरै विहे गरेको ल्याएको थियो । अस्ती डेरा खोज्न आएको थियो । कठै विचरा मरेछ ।

मन न्याँस्रो भयो । आखाबाट निद्रा वाफ झै उडेर गयो । दिमागले केही सोच्न सकिन । कुन बेला गाडी हिड्यो । थाहै भएन । झुल्के घाम तुल्सिपुरमा ओर्लिदा सल्यान जाने राप्ती यातायातको बसको सिटमा एकसुरले बसिरहेको थिएँ । बाटो निकै कठिन छ भनेका थिए सल्यान पुगेर फर्केका साथीहरुले । यात्राभरी मनमा चित्कार मात्र गुञ्जीरह्यो । बाटो, भिर, पाखापखेरा, पहरा र चट्टान भन्दा बढी कठीन त मान्छेहरुले भोग्ने पिडानै हुन्छ । साथीहरुले भने जस्तो कठीन बाटो आँखाले देख्नै सकेन ।

सल्यान वसपार्कमा बसले साँझको पाँच बजे ओराल्यो । कुचुक्क परेको बसपार्कमा मुस्कीलले दुईवटा बस अट्न सक्दोरैछ । यौटा बस राखेपछी आर्को गाडी घुमाउनै नमिल्ने । गाडी आएको रमाइलो हेर्न बसेका मध्ये एक जनालाई म पुग्ने स्थानका बारेमा सोधे । उनले बसपार्कदेखि पश्चिम तिर जाने बाटो देखाए ।

म त्यही बाटो समातेर अघि बढें । केही समय अघि हिँडेपछिेमा ढुंगा छापिएको बाटा भेटियो । काठमाण्डौंको कुनै गल्लीमा हिडिरहेकोछु जस्तो लागिरहेको थियो । करिव पाँच मिनेट हिँडेपछी नेपाल बैंक लिमिटेडको बोर्ड झुण्डिएको घर देखें । मेरो गन्तब्यको विसौनी त्यही घर थियो । घर भएको गल्लीलाई ठण्डी गल्ली भन्दा रहेछन् । ठण्डी गल्लीको दक्षिण मोहडा भएको सेता घरमा मैले समय बिताउनु थियो । मेरा निम्ती फगत उक्त घर यौटा कार्यालय थियो । तर मलाई थाहा थिएन त्यस घरले नेपालको राजनैतिक इतिहासको महत्वपूर्ण कालखण्डमा दह्रो सँग उभिने मान्छे जन्माएको थियो ।

घर मरिचमान सिंहको थियो । उनी २०४६ को जनआन्दोलनको बेला प्रधानमन्त्री थिए मरिचमानले सो घरमा धेरै समय विताएका थिए । घर सामान्य थियो । दई तल्लाको । अझ जमिन मुनीको भागमा भएको दुई कोठालाई समेत जोड्ने हो भने तीन तल्ला भन्दा हुन्छ । ती कोठा मध्ये यौटामा ट्वाइलेट र बाथरुम थियो भने आर्कोमा मलाई बस्ने व्यवस्था मिलाईएको थियो । दिउँसै बत्ती बाल्नु पर्ने कोठामा नाकै पोल्ने गन्धले दिक्दार लाग्दो थियो । मनले धिक्कारी रहेको थियो थुक्क देशको प्रधानमन्त्री भइसकेको मान्छेको घर यस्तो । त्यो भन्दा माथिल्लो तल्लामा नेपाल बैंकको कार्यालय र सबैभन्दा माथिल्लो तल्लामा व्यवस्थापकको क्वाटर थियो । त्यही घरबाट मैले महत्वपुर्ण ज्ञान लिएर करीव विस दिन पछि काठमाण्डौं फर्किएँ ।

आज पनि सायद ठण्डी गल्लीको मरिचमान सिंहको घर त्यसतै छ की ।

त्यहाँ बस्ने क्रममा साथीहरुले मरिचमानसँग जोडिएको धेरै विषय मलाई सुनाउनु हुन्थ्यो । तर पनि मेरा मनमा बाल्यकालका यादमात्र आइरहन्थे । पुरानो फुसको घरको खाँवोमा पुरानो रेडियो भूmण्डिरहेको हुन्थ्यो । रेडियो क्यार क्यार क्यारक्यार बजिरहन्थ्यो । त्यही रेडियोमा मैले उनको नाम पहिलो पटक सुनेको थिएँ । नाम सुन्दा अनौठो लागेको थियो ।

म सानै थिएँ । राजनैतिक चेत पनि पलाई सकेको थिएन । यो मरिचमान,  विना बाउको छोराले देश खतम पार्यो भनेर पनि भनेको सुनेको थिएँ । तीनताका गाउँमा भारतमा काम गर्न जानेहरुले देश जाने भन्नेगर्थे । मेरो मनमा देश भनेको भारत हो भन्ने परेको थियो । काँचो दिमागले भारतलाई विना बाउको छोराले मात्र खत्तम पार्न सक्थ्यो भरेर बुभ्mथ्यो । विना बाउको पनि छोरा हन्छ र ? भन्नेलाई नै सोध्थे । बाउ भएको भए त थर लेखिहाल्थ्यो नि । बाउ नभएर त थर नलेखेको । काँचो मन घोतलीन्थ्यो र पत्याउँथ्यो पनि ।

"सर, तपाई त मरिचमान सुतेको खाटमा सुतिरहनु भएको छ नि ?" ज्यालादारी पियन(सायद उनको नाम प्रेम हो)ले भनेको मरिचमान सिंहको मृत्युमा मैले सम्झिरहेको छु  ।

गोरुसिंगेमा बस भित्रका बच्चाहरु चिच्याहट, आमाहरुको चिसा सुस्केरा, मध्यरातमा युद्ध पछिको आइमाई र केटाकेटीका चित्कार खै किन हो मरिचमान सिंहको मृत्युमा मैले सम्झिरहेको छु  ।

Monday, August 5, 2013

स्मृती


तिमी,
आकाशको तारा
विहान हराएर जान्छौ
तिम्रा पाइला नियाल्छु
देखिन्छौ की कतै
आकास टोलाउँछु
दृष्टि अनन्तमा विलाउँछ
केवल याद रहन्छ
कालो केशको पर्दाभित्र
चम्कीला दुई आँखाले
रातको संसार देखाएर
थकित कमजोर बनाएर
तिमी,
विहानी सपना
विहानै हराएर जान्छौ ।

Friday, May 10, 2013

तिनै हुन मेरो आमा


सबले गाली गरीरहँदा
मायाले अँगाल्ने,
मेरा साना सफलतामा
हर्षआँसु पगाल्ने,
तिनै हुन मेरो आमा
नौमास गर्भमा हिडाल्ने ।

रात भरी हाँस्दा
हाँसेरै रात ढाल्ने,
ऐया भनि चिच्याउँदा
आफनै मुटु गाल्ने,
तिनै हुन मेरो आमा
जिबन धारा बगाउने ।

ताते ताते हिडाउँदै
बाटो चिनाउने,
टेडोमेडो गर्दा
सही दिशा देखाउने,
तिनै हुन मेरो आमा
मेरो अस्तित्व जन्माउने ।

Sunday, May 5, 2013

म सँग के नै छ र




म सँग के नै छ र
दिन बाँकी तिमीलाई
मन  दिएँ,  तन दिएँ,
सबथोक दिएँ तिमीलाई ।

हृदयको पहिलो फूल
राखेकै हुँ तिम्रो पाउमा,
देउरालीमा प्राण राखी
भाकेकै हुँ तिम्रै नाउँमा,
शब्द पनि के नै छ र
भन्न बाँकी तिमीलाई,
स्वर दिएँ, भाव दिएँ
सबथोक दिएँ तिमीलाई ।

ओस विनाको सेतो बादल
रित्तो रित्तो आज भा'छु,
तिम्रो जीतमा रुनलाई
छैन बाँकी खुसीआँसु,
म सँग के नै छ र
दिन बाँकी तिमीलाई,
मन दिएँ तन दिएँ
सबथोक दिएँ तिमीलाई ।

Sunday, April 28, 2013

स्वतन्त्रताको गीत

पिञ्जडा फोडेर उडेका चराहरु
कुँजीएका पखेटा फटफटाउँदै
निदाएका खुट्टा तन्काउँदै
मुक्त उडानमा चारैतिर हेरे
अनि देखे
नदीमा बाँधिएका बाँधहरुले
सागरको गहिराई दिन नसकेको
फेवा र रारा बनाउन नसकेको,
धर्ती बाँडने अजंगका पहाडहरुले
प्रेमको लहरो छेक्न नसकेको
खाडलको पिडा बुझ्न नसकेको,
आकाश छेक्ने बादलहरुले
घाम उदाउन रोक्न नसकेको
जुनको गति बदल्न नसकेको,
त्यसैले त
पिजडामा थुनिएकाहरुका लागि
आकाशमा उड्नेहरुका लागि
धर्तीमा सुत्नेहरुका लागि
पिञ्जडा फोडेर उडेका चराहरु
गाईरहेछन् स्वतन्त्रताको गीत
चरा उडन देउ,
नदी बग्न देउ,
घाम लाग्न देउ,
जुन चम्कन देउ,
हावा चल्न देउ,
बाँच्न चाहनेलाई
स्वतन्त्र बाँच्नदेउ ।

Thursday, April 18, 2013

नियमीत ब्लग पोष्ट गर्ने सात वटा टीप्स


आफैलाई ब्लगर भन्न म रुचाउँदैन । मैले खासै लेख्न सक्दैन । जस्तो अहिले नै भनौ, उठान गर्ने विषय नै पाएको छैन । लेख्दै जाँदा के के लेखिदो रहेछ , हेरौ ? मनमा लेख्न विषय अझ सम्म केही आएको छैन तर पनि टाइप गरी रहेको छु । धेरै समय भएछ ब्लगमा केही पोष्ट नगरेको । हुन त नियमीत लेख्ने प्रयास नगरेको  भने होइन तर सोचे जस्तो पक्कै   गर्न सकेको छैन  । महिना कम्तीमा एक दुइ वटा ब्लग त लेख्ने गरेकै छु । यो संख्या बढाउने तिब्र उत्कण्ठा छ तर सकिरहेको छैन । सुझाव दिने पनि त कोही छैन । सायद मैले सुझावै मागिन कि ?

के यो समस्या मेरो मात्र हो त ? पक्कै होइन होला । यस्तो समस्या अरुहरुलाई पनि परेको होला । नियमित लेख्न नसक्ने म मात्रै होइन भने समाधान पनि कतै छ ? नियमीत ब्लग लेख्ने विषयमा पक्कै ब्लगहरु पनि त लेखिएका होलान ? मनमा उत्सुक्ता जाग्यो । सर्वप्रथम यस विषयमा गुगल गर्नु पर्यो अनि मात्र लेख्न थाल्नु पर्ला । आजको विषय यही नै भयो ।

ल मैले भेटाएँ है !

तपाई ब्लगर हो र यो ब्लग पढ्दै हुनुहुन्छ तर नियमीत  ब्लग पोष्ट गर्न सकिरहनु भएको छैन भने तिमोथी इ स्टलोजको  टिप्सले मद्दत पुर्याउन सक्छन् ।

आफनो ब्लगमा तिमोथी इ स्टलोज ले नियमीत ब्लग पोष्ट गर्ने सात वटा टीप्स दिएका छन् । उनका अनुसार निम्न कार्य गर्नाले ब्लग नियमीत लेख्ने सक्ने ठहर छ । 
  •   विचार वा विषय केन्द्रीत भएर लेख्ने बानी बसाल्ने, 
  •   ब्लगपोष्टको संख्या बढाउनु भन्दा नियमीत पोष्ट गर्ने, 
  •   नियमीत लेख्ने तालिका बनाउने, 
  •   ब्लग शिर्षक अग्रिम निर्धारण गर्ने, 
  •   लेख्न रमाईला विषयको छनौट गर्ने, 
  •   कम लेख्ने बाचा  गर्ने तर बढी लेख्ने र 
  •   ब्लग नियमित निरिक्षण गर्ने साथी बनाई जाँच गर्न लगाउने वि


सकिन्छ भने प्रयास गरौं । मैले प्रयोग गर्ने विचार गरेको छु । विस्तृत जानकारीका लागि स्टलोजको लिंक क्लिक गर्न सक्नुहुन्छ ।http://ezinearticles.com/?7-Tips-to-Encourage-Regular-Blog-Posting&id=6205831

Tuesday, March 26, 2013

रंगोत्सव


तिम्रो गालामा फुल्ने
लालीगुराँसबाट
तिम्रो मन भित्र झुल्ने
उमंङ्ग र रहरबाट
थोरै रातो रंग देऊ,
मेरो छातीमा छचल्कने
गहिरो सागरबाट
मेरो मुटु भित्र धड्कने
प्रेम र उत्साहाबाट
थोरै निलो रंग दिउँला,
समयको क्यानभासमा
आ आफनो आत्माको कुचीले
एब्सट्रया्क्ट संसार बनाऊँ
आऊ
अब त्यहाँ जाऊँ,
तिमी र म रंगोत्सव मनाऊँ ।
तिमी र म हर्साेत्सब मनाऊँ ।

Thursday, March 7, 2013

नेता र व्यवस्थापकको विचको द्वन्द: डाक्टर भगवान कोइरालाको राजीनामा


नेता र व्यवस्थापकको विचको द्वन्द नेपाली राजनीतिले मात्र होइन व्यावसायीक र सेवा क्षेत्रले पनि भोग्दै आएको छ । पाटन अस्पतालमा देखिएको नेतृत्वको सघर्ष, काठमाण्डौ विश्वविद्यालयका डिनको राजीनामा र केही समय अघि b]lvsf] र भरखरै टिचिंग हस्पीटलका डाक्टर भगवान कोइरालाको राजीनामा यसका ज्वलन्त उधाहरणहरु हुन् । अर्थमन्त्रालयका अर्थ सचीव रामेश्वर खनालको राजिनामा पनि नेता र व्यवस्थापकको विचको दन्दको रुपमा नै लिन सकिन्छ ।

नेपालको सरकारी सेवा क्षेत्रमा देखिएको नेतृत्व र व्यवस्थापन विचको बढदो तनाब यी दुइ विचको भिन्न प्रवृत्तीका कारण देखिएको हो । नेतृत्व र व्यवस्थापन बिच उपयूक्त सन्तुलन हुन नसक्दा यस्तो दन्द बढ्दै जाने व्यवस्थापनको साहित्यहरुमा pNn]v ul/b}  आएको छ ।

व्यवस्थापनको अभ्युदयको धेरै समयसम्म व्यवस्थाkक र नेतामा खासै भिन्नता खोजिएन ।Managers and Leaders: Are They Different?” शिर्षकको लेख सन् १९७७ मा Harvard Business Review df प्रकाशित भयो । यसलाई प्रोफेसर Abraham Zaleznik  लेखेका थिए । यो लेख प्रकाशित भए पछी व्यवस्थापनका विश्वविद्यलयहरुमा खैलाबैला मच्चियो । उनका अनुसार बैज्ञानिक व्यवस्थापन सिद्धान्तका प्रस्तोताहरुले व्यवस्थापनको आधा चित्र मात्र k]z गरेका थिए । संगठनात्मक संरचना तथा समय र गतिको अध्ययनले व्यवस्थापनको आधा मात्र चित्र देखाउँछ । पूर्ण चित्र नेतृत्वको inspiration, vision तथा मानविय संबेदना चाहानाले मात्र तयार हुन्छ । यो व्यवस्थापकबाट होइन नेताबाट मात्र प्राप्त गर्न सकिने उनले तर्क पेश गरे । यस पछि मात्र व्यवस्थापनको अध्ययनमा नेतृत्वको विषयले महत्वुर्ण स्थान प्राप्त गर्यो ।

सन् १९९० मा हाभर्ड विजनेस स्कुलका अवकास प्राप्त प्रोफेर John Kotter को रचना What Leaders Really Do  ले प्रोफेसर Abraham Zaleznik  लेखलाई अझ विस्तृत रुपमा व्याख्या गर्यो । John Kotter का अनुसार व्यवस्थापन र नेतृत्व फरक भए पनि एक अर्काका परिपूरक हुन् । परिवर्तनशिल संसारमा एउटाको अभावमा अर्काले काम गर्नै नसक्ने हुन्छ । व्यवस्थापकको मुख्य कार्य व्यवस्थापनमा स्थीरता ल्याउनु हो भने परिवर्तनको लागि दबाब श्रृजना गर्नु नेतृत्वले प्रमुख भूमिका खेलिरहेको हुन्छ । यसरी नेता र व्यवस्थापकले विपरीत प्रकृतीको कार्य गरिरहेका हुन्छन् । जुन संगठनले यी दुई विपरीत प्रवृत्तीलाई आत्मसात गर्न सक्छन् ती संस्थाहरु नै कठीनाइका समयहरुमा पनि सहजै अघि बढ्न सक्छन् ।

यसरी व्यस्थापन र नेतृत्वमा फरक भएतापनि ;fdfGo मानिसहरुले सोचे जस्तो कारणले फरक भने छैनन् । धेरै मानिसहरुले सोचे जस्तो नेतृत्व दैविक र रहस्यमयी हुँदैन । दैबीशक्तिको प्रयोगबाट रातारात परिबर्तन सम्भव हुँदैन । नेतृत्वमा चमत्कारिकता र कसैमा नभएको विशेष गुण पनि हुँदैन । न त यसले व्यवस्थापन भन्दा उत्कृष्ट वा व्यस्थापनलाई प्रतिस्थापन गर्न सक्छ । नेतृत्व र व्यवस्थापन दुई भिन्न तर परिपुरक कार्यप्रणालीहरु हुन् । दुबैका आफनै कार्यहरु र विशिष्ट गतिविधिहरु छन् । जटील र अस्थिर व्यावसायीक वातावरणमा सफलताका लागि दुबै अति आवश्यक छन् ।

नेतृत्वको विकास गर्ने क्रममा कमजोर व्यवस्थापन तर सबल नेतृत्व वा सबल व्यवस्थापन तर कमजोर नेतृत्वले कदापी राम्रो हुन सक्दैन । कतिपय परिस्थीतीमा त यसले अति नराम्रो परिणाम समेत निकाल्छन् । सबल नेतृत्वको साथमा सबल व्यवस्थापनको सन्तुलन नै वास्तवीक चुनौती हो । यसले मात्र एक अर्कालाई सन्तुलनमा राख्न सक्छ । 

नेपालको सरकारी हस्पटीलहरुको व्यवस्थापकीय पक्ष निकै कम्जोर रहेको छ । उधाहरणका लागि ljutdf  टिचिंग  हस्पीटलको व्यस्थापन  हस्पीटललाई नेतृत्व दिने व्यक्तिहरु समेत कमजोर भएका कारण आपसी सन्तुलन प्राप्त थियो । दुबै पक्षका कमाजोरीका श्रोतहरु धेरै हुन सक्छन् । गंगालाल हृदय रोग केन्द्रलाई सफलतापुर्वक नेतृत्व दिईसकेका भगवान कोइरालाको परिवर्तनको चाहाना र टिचिंग हस्पीटको कमजोर व्यवस्थापनले सन्तुलन मिल्न सकेन । यो भगवान कोइरालाको राजिनामाको स्पष्टीकरणबाट पनि प्रष्ट हुन्छ । 

To;}n] Joj:yfks / g]t[Tj ljr prLt tfnd]n x'g' cfjZos 5 . तर सबै व्यक्ती दुबै क्षमताले पुर्ण हुँदैनन् । केही उत्कृष्ट व्यवस्थापक बन्ने क्षमता राख्छन् तर बलिया संगठनिक नेता बन्न सक्दैनन्  । कोही निकै राम्रा नेता बन्न सक्छन् जब की विविध कारणहरुले बलियो व्यवस्थापक बन्न सक्दैनन् । सफल संगठनहरुले दुबै खाले मानिसहरुलाई महत्व दिनछन् । मेहिनतका साथ दुबै प्रकृतीका जनशक्तिलाई समुह उचीत स्थान दिन्छन् । हाम्रा स्वास्थ्य संस्थाहरुले पनि यो अभ्यासलाई अपनाउनु अति आवश्यक भइ सकेको छ ।

Monday, March 4, 2013

चिरको रौ भेटीएको र मान्छेको रौ काटिएको


काम देखाउन केही गर्नै पर्ने । प्रहरी पनि कम्मर कसेर लागेको छ । प्रहरीलाई पनि गुण्डा बदमास, फटाहा, चोर, लुच्छा लफंगा समात्ने काममा दिक्दारी लाग्दो हो । पिडा बुझिदिने कसले । कालो बजारी देखि भ्रष्टचारी, चमत्कारी देखि बलत्कारीसम्म ठिक पार्ने जिम्मा प्रहरी कै हो । अनसनकारी, प्रदर्शनकारी र तिनका दर्शनार्थीहरुलाई अनुसाशीत बनाउने पनि त प्रहरी नै हो । यी त भए हामीलाई थाहा हुने र देखिने काम । न देखिने त कती होला कती । 

विचरा प्रहरी । दिक्दारी हटाउन केही हट्के कामहरु गर्नै पर्यो । कहीले उनीहरु तराई तिर गएर गाँजा फाँड्छन्, कहिले बाग्मतीको किनारका जंगल फाँडछन् । कहिले रक्तचन्दन समात्छन् । कहिले डलर समात्छन । कहिले चिरको रौ ।  चिरको रौ फेला पारेको केही दिन वित्न नपाउँदै प्रहरीलाई दिक्दारी मेट्ने नयाँ उपाय सुझ्यो । मान्छे कै रौ काट्ने ।

गोयबल्स शैलीमा सुचना प्रवाह गरियोः  झ्यामुटा ठिक पार्ने अभियानमा प्रहरी दत्तचीत्त छ रे । झ्यामुटा अर्थात झ्यापले, मुन्द्रे र ट्यापे । देशमा झ्यामुटाहरुले निम्त्याएको आर्थीक क्षती, समाजिक खती, राजनैतिक अस्थीरताको मुल्य कति हो प्रहरीलाई मात्र थाहा छ । लामा कपाल पाल्नेहरु, भरखरै दश हजार धरौटी छुट्ने सुधीर बस्नेत, अकुत सम्पत्ती कमाएर जेलबास पश्चात ससम्मान बाहिरीने चिरञ्जीवीहरु भन्दा भयानक अपराधी हुन् । समाती समाती कपाल काट्नै पर्ने अभियानमा त्यसैले प्रहरी छ ।

सबै विषयलाई नकरात्मक दृष्टीले मात्र हेररे हुँदैन । प्रहरीको यो अभियान सफल भएमा देश आर्थिकरुपमा अग्रगमनमा लाग्ने पक्कै छ । किनकी लामा कपाल पालेर कानमा मुन्द्रा झुण्डायाएहरु आर्थिक विकासका मुख्य अवरोधक हुन् । देश बचेखुचेका युबाहरुले जुल्फी लरकाएर हिडे भने देशको काम कल्ले गर्ने । युबा जोश जाँगर कपाल कोर्न र मुन्द्रा लाउन मै खर्चिएमा उत्पादन स्वात्तै घट्ने भन्ने केही विश्लेषकहरुको राय पनि छ । त्यसैले पनि प्रहरीको अभियान समर्थनयोग्य छ । 

समाज घटीरहेका सबै नराम्रा घटनाका जिम्मेवार लामो कपाल पाल्नेहरु नै हुन । लामा कपाल पाल्नेहरुको संख्या र समाजीक स्वच्छताको सम्बन्ध विपरित छ । लामो कपाल पाल्नेहरुको संख्या घट्दै जाँदा समाजिक स्वच्छताको मात्र पनि बढ्दै जाने प्रहरीको विश्वास छ । जय होस् सगरमाथा जस्तो अटल विश्वासको । यस्तो विश्वास र अभियानले अकुपाई बालुवाटार जस्ता अभियानको आवश्यकता नपर्ने पक्कै छ । भ्रष्टाचारको विरोधमा रत्न पार्कमा लड्नु पनि पर्दैन । लामा कपाल पाल्ने साधुहरु पशुपती आउँदा पशुपतिको समाजिक थिती विग्रेको समाचार नआएको पनि त होइन । यस पाली शिवरात्री आउने सबै साधु शन्तलाई मुडुलो बनाउने अभियानमा प्रहरी लागेको छ ।  अली अली आशंका पनि छ । कतै यो विदेशीहरुको चाल त होइन । त्यसैले मलाई के पनि लागिरहेको भने चिरको रौ भेटिनु र मान्छेको रौ काटीनु संयोग मात्र होइन ।

देश राजनैतिक रुपमा अस्थिर छ । लामो कपाल पाल्ने र कानमा मुन्द्रा लाउनेहरुको बढोत्तरी कै कारण राजनैतिक अराजकता छाएको प्रहरीको दृढ वीश्वास रहेको छ । बर्तमान राजनीतिका मुख्य पात्र प्रचण्ड उर्फ पुष्पकमल दाहालको कपालले नीकै प्रसीद्धी कमाएको छ । उनको कपाललाई जोडेर उखानै जन्मेको छ प्रचण्डको कपाल जती इञ्चले बढ्छ त्यही अनुपातमा राजनैतिक अस्थिरता बढ्छ । प्रहरी राजनैतिक अस्थिरता चाहन्न । त्यसैले त उ न प्रचण्डको न त अन्य मान्छेको कपाल बढेको देख्नै चाहन्छ । कठै प्रहरी प्रचण्डको त कपाल खौरीन के सकोस जनता कै रौ खौरेर भए नी राजनैतिक स्थीरता ल्याउन चाहन्छ । यो शुभ कार्यमा सबैले साथ दिँदा राम्रै होला । त्यसैले मेरो पुर्ण समर्थन छ ।

चिरको रौ भेटीनु र मान्छेको रौ काटिनु संयोग मात्र होइन । यसमा पक्कै रहस्य छ ।

Thursday, February 28, 2013

मात्र बाँच्नु पर्छ, के के देख्न पाइन्छ के के


मात्र बाँच्नु पर्छ 
के के देख्न पाइन्छ के के
घाम उदाउँदाको रक्तीम आकास
घाम अस्ताउँदाको गोधुली साँझ
चराहरु उडेको, 
जनावरहरु कुँदेको
रुखमा पालुवा पलाएको
जीवन हाँसेको 
के के देख्न पाइन्छ के के
मात्र बाँच्नु पर्छ ।


नयाँ घटनाहरु घटिरहेका हुन्छन् । अर्को नयाँ घटना पछि पहिलेको बासी भै सक्छ । नेपाली समाज झण्डै एक दशकको अवधिमा घटना र परिघटनाहरुले भरिपूर्ण छन् । ती घटनाहरु मन परे नि नपरे नि हामीले भोग्नै पर्छ र सम्झनै पर्छ । 

पहिलो घटना बाह्र बुँदे सम्झौता ।  नीकै अनौठौ घटना हो जस्तो लाग्छ । किनकी २०५२ सालमा  जनयुद्ध थाल्ने माओबादी र २०५८ सालमा संकटकाल लागु गर्ने एमाले र काँग्रेस यसै सम्झौताबाट अंकमाल गरेर हिड्न थाले  । केही समय अघीसम्म एक अर्काका रगतका भोकाहरुको यो मिलन आठौ अश्चार्य थियो ।

दोश्रो घटना राजतन्त्रको अन्त । भगवान मानी पुजिएका जिउँदा मान्छेहरुको २४० वर्षे पुस्तैनी अधिकार यती सहजै खोसिएला भन्ने कल्पनै गर्न सकिदैनथ्यो केही बर्ष अघीसम्म । त्यही मान्छेहरुको जयजयकार गर्न विद्यालय छँदा तराईको बैसाखे टन्टलापुरे घाममा घण्टौं उभिएको थिएँ, म पनि । आमाले मान्छे होइनन् तिनीहरु भगवान भनेर चिनाएकी थिइन्, त्यती बेला । त्यस्ता भगवान ठानिएका र मानिएकाहरु केही एक आपसमै मारामार गरेर नासिए र केही बाह्र बुँदे सम्झौता बाट हटाईए । ठिक थियो या बेठीक इतिहासले पक्कै भन्ला । तर घटना निकै अनौठो हो ।

तेश्रो । प्रधानन्यायधीस प्रधानमन्त्री । केही दिन अघि मात्र दलहरु फेरी अनौठो सहमतीमा पुगे । धेरैले कल्पनै गरेका थिएनन् । यो देशमा प्रधानमन्त्री बन्ने प्रस्ताव प्रधानन्यायधीसलाई गर्नु पर्ला भन्ने बाह्र बुँदे सम्झौताका साझेदारहरुले समेत कल्पना गरेका थिएनन् सायद । यो दिन पनि देख्न पाइयो । सम्भवतः प्रधानन्यायधीस प्रधानमन्त्री बनी हाले भने महा अनौठो हुनेछ । तर प्रधानन्यायधीसलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नै कम्ताको अनौठो छैन । अचम्मै होइन त ।

मात्र बाँच्नु पर्छ 
के के देख्न पाइन्छ के के













Thursday, January 31, 2013

म फर्किएको वर्ष सन् २०१२

मानिसले यौटै नदी दुई पटक तर्नै सक्दैन । मेरो भनाई होइन यो । सायद कुनै महापुरुष वा तत्त्व ज्ञानीले भनेका हुन । ओशोको कुनै रचनामा पढे । एक्कासी मनमा आएको पक्कै होइन । 

सन्दर्भ परिवर्तनको हो । भित्ताको पात्रो फेरीयो, ईश्वी सम्बतमा नयाँ वर्षको प्रारम्भ भएको छ । सन् २०१२ कहिले तर्न नसकिने नदी भयो अब । सम्झनाहरुमा, डायरीका पानाहरुमा पत्रीकाहरुमा र यस्तै यस्तै ब्लगहरुमा मात्र देख्न सकिने भयो सन् २०१२ लाई । बगेको नदीमा उही पानी नभए झै माटा र बालुवाको कण नभए झै सन २०१२ ले पनि तिता मिठा सम्झनाहरु आफु सँगै पोको पारेर लगेको छ ।

म समीक्षा गर्न बसेको छैन सन् २०१२ लाई । छोडी जाने मायाको झनै याद आउँछ भने झै म वितेको वर्षलाई तड्पदै सम्झन पनि चाहान्न ।

काठमाण्डौं भित्रिएको वर्ष हो सन् २०१२ । लामो समयको काठमाण्डौंको बसाइ पछी यो खाल्डोलाई छाडेको थिएँ सन २०१० मा । गाउँ नै प्यारो छ भन्ने आदर्श छाँट्न चाहान्न म, मलाई त काठमाण्डौं नै प्यारो छ । त्यसैले त काठमाण्डौं छाड्दा कहिले काठमाण्डौ फर्कौ भन्ने लागिरहन्छ । फर्के पछीको उमंग र उत्साहा नै बेग्लै हुन्छ । 

झण्डै दुइ वर्षको वनवास पछी मलाई काठमाण्डौ ल्यायो, सन् २०१२ ले । म अझै त्यही फर्कन पाएको नसामा छु, भित्रीन पाएको उमंग र उत्साहामा छु । साँच्चै भनौ भने म रमरम निद्रामा छु ।