Tuesday, December 31, 2013

नयाँ वर्ष

हेर त अकास,
हिजो जस्तो थियो उस्तै छ
गाढा निलो रंग उस्तै छ
बादलको बुट्टा उस्तै छ
उड्ने चराहरू उस्तै छन् ।

हेर त धर्ति,
हिड्ने मान्छेहरू
कुद्ने सवारीहरू
चर्ने जन्तुहरू
उस्तै उस्तै छन् ।
हेर त मान्छे,
अहंकार
लोभ
द्वेश
स्वार्थ
सबै उस्तै उस्तै छ ।

परिवतर्न भएका छ त केवल
नयाँ क्यालेण्डर ।

Wednesday, December 11, 2013

रित्ता हातहरू

मलाई भेट्न
समय रित्तै हात आयो,
उसको रित्तेापनले
म टुक्राटुक्रा भएँ,
सायद
कहिल्यै जोडिदैनथेँ होला,
तर
उसले मेरा विगतहरू
ऐनामा देखाएर गयो,
अनि थाहा पाएँ  
मैले समयहरू भेट्दा
मेरा हातहरु पनि रित्तै थिए ।