Tuesday, March 26, 2013

रंगोत्सव


तिम्रो गालामा फुल्ने
लालीगुराँसबाट
तिम्रो मन भित्र झुल्ने
उमंङ्ग र रहरबाट
थोरै रातो रंग देऊ,
मेरो छातीमा छचल्कने
गहिरो सागरबाट
मेरो मुटु भित्र धड्कने
प्रेम र उत्साहाबाट
थोरै निलो रंग दिउँला,
समयको क्यानभासमा
आ आफनो आत्माको कुचीले
एब्सट्रया्क्ट संसार बनाऊँ
आऊ
अब त्यहाँ जाऊँ,
तिमी र म रंगोत्सव मनाऊँ ।
तिमी र म हर्साेत्सब मनाऊँ ।

Thursday, March 7, 2013

नेता र व्यवस्थापकको विचको द्वन्द: डाक्टर भगवान कोइरालाको राजीनामा


नेता र व्यवस्थापकको विचको द्वन्द नेपाली राजनीतिले मात्र होइन व्यावसायीक र सेवा क्षेत्रले पनि भोग्दै आएको छ । पाटन अस्पतालमा देखिएको नेतृत्वको सघर्ष, काठमाण्डौ विश्वविद्यालयका डिनको राजीनामा र केही समय अघि b]lvsf] र भरखरै टिचिंग हस्पीटलका डाक्टर भगवान कोइरालाको राजीनामा यसका ज्वलन्त उधाहरणहरु हुन् । अर्थमन्त्रालयका अर्थ सचीव रामेश्वर खनालको राजिनामा पनि नेता र व्यवस्थापकको विचको दन्दको रुपमा नै लिन सकिन्छ ।

नेपालको सरकारी सेवा क्षेत्रमा देखिएको नेतृत्व र व्यवस्थापन विचको बढदो तनाब यी दुइ विचको भिन्न प्रवृत्तीका कारण देखिएको हो । नेतृत्व र व्यवस्थापन बिच उपयूक्त सन्तुलन हुन नसक्दा यस्तो दन्द बढ्दै जाने व्यवस्थापनको साहित्यहरुमा pNn]v ul/b}  आएको छ ।

व्यवस्थापनको अभ्युदयको धेरै समयसम्म व्यवस्थाkक र नेतामा खासै भिन्नता खोजिएन ।Managers and Leaders: Are They Different?” शिर्षकको लेख सन् १९७७ मा Harvard Business Review df प्रकाशित भयो । यसलाई प्रोफेसर Abraham Zaleznik  लेखेका थिए । यो लेख प्रकाशित भए पछी व्यवस्थापनका विश्वविद्यलयहरुमा खैलाबैला मच्चियो । उनका अनुसार बैज्ञानिक व्यवस्थापन सिद्धान्तका प्रस्तोताहरुले व्यवस्थापनको आधा चित्र मात्र k]z गरेका थिए । संगठनात्मक संरचना तथा समय र गतिको अध्ययनले व्यवस्थापनको आधा मात्र चित्र देखाउँछ । पूर्ण चित्र नेतृत्वको inspiration, vision तथा मानविय संबेदना चाहानाले मात्र तयार हुन्छ । यो व्यवस्थापकबाट होइन नेताबाट मात्र प्राप्त गर्न सकिने उनले तर्क पेश गरे । यस पछि मात्र व्यवस्थापनको अध्ययनमा नेतृत्वको विषयले महत्वुर्ण स्थान प्राप्त गर्यो ।

सन् १९९० मा हाभर्ड विजनेस स्कुलका अवकास प्राप्त प्रोफेर John Kotter को रचना What Leaders Really Do  ले प्रोफेसर Abraham Zaleznik  लेखलाई अझ विस्तृत रुपमा व्याख्या गर्यो । John Kotter का अनुसार व्यवस्थापन र नेतृत्व फरक भए पनि एक अर्काका परिपूरक हुन् । परिवर्तनशिल संसारमा एउटाको अभावमा अर्काले काम गर्नै नसक्ने हुन्छ । व्यवस्थापकको मुख्य कार्य व्यवस्थापनमा स्थीरता ल्याउनु हो भने परिवर्तनको लागि दबाब श्रृजना गर्नु नेतृत्वले प्रमुख भूमिका खेलिरहेको हुन्छ । यसरी नेता र व्यवस्थापकले विपरीत प्रकृतीको कार्य गरिरहेका हुन्छन् । जुन संगठनले यी दुई विपरीत प्रवृत्तीलाई आत्मसात गर्न सक्छन् ती संस्थाहरु नै कठीनाइका समयहरुमा पनि सहजै अघि बढ्न सक्छन् ।

यसरी व्यस्थापन र नेतृत्वमा फरक भएतापनि ;fdfGo मानिसहरुले सोचे जस्तो कारणले फरक भने छैनन् । धेरै मानिसहरुले सोचे जस्तो नेतृत्व दैविक र रहस्यमयी हुँदैन । दैबीशक्तिको प्रयोगबाट रातारात परिबर्तन सम्भव हुँदैन । नेतृत्वमा चमत्कारिकता र कसैमा नभएको विशेष गुण पनि हुँदैन । न त यसले व्यवस्थापन भन्दा उत्कृष्ट वा व्यस्थापनलाई प्रतिस्थापन गर्न सक्छ । नेतृत्व र व्यवस्थापन दुई भिन्न तर परिपुरक कार्यप्रणालीहरु हुन् । दुबैका आफनै कार्यहरु र विशिष्ट गतिविधिहरु छन् । जटील र अस्थिर व्यावसायीक वातावरणमा सफलताका लागि दुबै अति आवश्यक छन् ।

नेतृत्वको विकास गर्ने क्रममा कमजोर व्यवस्थापन तर सबल नेतृत्व वा सबल व्यवस्थापन तर कमजोर नेतृत्वले कदापी राम्रो हुन सक्दैन । कतिपय परिस्थीतीमा त यसले अति नराम्रो परिणाम समेत निकाल्छन् । सबल नेतृत्वको साथमा सबल व्यवस्थापनको सन्तुलन नै वास्तवीक चुनौती हो । यसले मात्र एक अर्कालाई सन्तुलनमा राख्न सक्छ । 

नेपालको सरकारी हस्पटीलहरुको व्यवस्थापकीय पक्ष निकै कम्जोर रहेको छ । उधाहरणका लागि ljutdf  टिचिंग  हस्पीटलको व्यस्थापन  हस्पीटललाई नेतृत्व दिने व्यक्तिहरु समेत कमजोर भएका कारण आपसी सन्तुलन प्राप्त थियो । दुबै पक्षका कमाजोरीका श्रोतहरु धेरै हुन सक्छन् । गंगालाल हृदय रोग केन्द्रलाई सफलतापुर्वक नेतृत्व दिईसकेका भगवान कोइरालाको परिवर्तनको चाहाना र टिचिंग हस्पीटको कमजोर व्यवस्थापनले सन्तुलन मिल्न सकेन । यो भगवान कोइरालाको राजिनामाको स्पष्टीकरणबाट पनि प्रष्ट हुन्छ । 

To;}n] Joj:yfks / g]t[Tj ljr prLt tfnd]n x'g' cfjZos 5 . तर सबै व्यक्ती दुबै क्षमताले पुर्ण हुँदैनन् । केही उत्कृष्ट व्यवस्थापक बन्ने क्षमता राख्छन् तर बलिया संगठनिक नेता बन्न सक्दैनन्  । कोही निकै राम्रा नेता बन्न सक्छन् जब की विविध कारणहरुले बलियो व्यवस्थापक बन्न सक्दैनन् । सफल संगठनहरुले दुबै खाले मानिसहरुलाई महत्व दिनछन् । मेहिनतका साथ दुबै प्रकृतीका जनशक्तिलाई समुह उचीत स्थान दिन्छन् । हाम्रा स्वास्थ्य संस्थाहरुले पनि यो अभ्यासलाई अपनाउनु अति आवश्यक भइ सकेको छ ।

Monday, March 4, 2013

चिरको रौ भेटीएको र मान्छेको रौ काटिएको


काम देखाउन केही गर्नै पर्ने । प्रहरी पनि कम्मर कसेर लागेको छ । प्रहरीलाई पनि गुण्डा बदमास, फटाहा, चोर, लुच्छा लफंगा समात्ने काममा दिक्दारी लाग्दो हो । पिडा बुझिदिने कसले । कालो बजारी देखि भ्रष्टचारी, चमत्कारी देखि बलत्कारीसम्म ठिक पार्ने जिम्मा प्रहरी कै हो । अनसनकारी, प्रदर्शनकारी र तिनका दर्शनार्थीहरुलाई अनुसाशीत बनाउने पनि त प्रहरी नै हो । यी त भए हामीलाई थाहा हुने र देखिने काम । न देखिने त कती होला कती । 

विचरा प्रहरी । दिक्दारी हटाउन केही हट्के कामहरु गर्नै पर्यो । कहीले उनीहरु तराई तिर गएर गाँजा फाँड्छन्, कहिले बाग्मतीको किनारका जंगल फाँडछन् । कहिले रक्तचन्दन समात्छन् । कहिले डलर समात्छन । कहिले चिरको रौ ।  चिरको रौ फेला पारेको केही दिन वित्न नपाउँदै प्रहरीलाई दिक्दारी मेट्ने नयाँ उपाय सुझ्यो । मान्छे कै रौ काट्ने ।

गोयबल्स शैलीमा सुचना प्रवाह गरियोः  झ्यामुटा ठिक पार्ने अभियानमा प्रहरी दत्तचीत्त छ रे । झ्यामुटा अर्थात झ्यापले, मुन्द्रे र ट्यापे । देशमा झ्यामुटाहरुले निम्त्याएको आर्थीक क्षती, समाजिक खती, राजनैतिक अस्थीरताको मुल्य कति हो प्रहरीलाई मात्र थाहा छ । लामा कपाल पाल्नेहरु, भरखरै दश हजार धरौटी छुट्ने सुधीर बस्नेत, अकुत सम्पत्ती कमाएर जेलबास पश्चात ससम्मान बाहिरीने चिरञ्जीवीहरु भन्दा भयानक अपराधी हुन् । समाती समाती कपाल काट्नै पर्ने अभियानमा त्यसैले प्रहरी छ ।

सबै विषयलाई नकरात्मक दृष्टीले मात्र हेररे हुँदैन । प्रहरीको यो अभियान सफल भएमा देश आर्थिकरुपमा अग्रगमनमा लाग्ने पक्कै छ । किनकी लामा कपाल पालेर कानमा मुन्द्रा झुण्डायाएहरु आर्थिक विकासका मुख्य अवरोधक हुन् । देश बचेखुचेका युबाहरुले जुल्फी लरकाएर हिडे भने देशको काम कल्ले गर्ने । युबा जोश जाँगर कपाल कोर्न र मुन्द्रा लाउन मै खर्चिएमा उत्पादन स्वात्तै घट्ने भन्ने केही विश्लेषकहरुको राय पनि छ । त्यसैले पनि प्रहरीको अभियान समर्थनयोग्य छ । 

समाज घटीरहेका सबै नराम्रा घटनाका जिम्मेवार लामो कपाल पाल्नेहरु नै हुन । लामा कपाल पाल्नेहरुको संख्या र समाजीक स्वच्छताको सम्बन्ध विपरित छ । लामो कपाल पाल्नेहरुको संख्या घट्दै जाँदा समाजिक स्वच्छताको मात्र पनि बढ्दै जाने प्रहरीको विश्वास छ । जय होस् सगरमाथा जस्तो अटल विश्वासको । यस्तो विश्वास र अभियानले अकुपाई बालुवाटार जस्ता अभियानको आवश्यकता नपर्ने पक्कै छ । भ्रष्टाचारको विरोधमा रत्न पार्कमा लड्नु पनि पर्दैन । लामा कपाल पाल्ने साधुहरु पशुपती आउँदा पशुपतिको समाजिक थिती विग्रेको समाचार नआएको पनि त होइन । यस पाली शिवरात्री आउने सबै साधु शन्तलाई मुडुलो बनाउने अभियानमा प्रहरी लागेको छ ।  अली अली आशंका पनि छ । कतै यो विदेशीहरुको चाल त होइन । त्यसैले मलाई के पनि लागिरहेको भने चिरको रौ भेटिनु र मान्छेको रौ काटीनु संयोग मात्र होइन ।

देश राजनैतिक रुपमा अस्थिर छ । लामो कपाल पाल्ने र कानमा मुन्द्रा लाउनेहरुको बढोत्तरी कै कारण राजनैतिक अराजकता छाएको प्रहरीको दृढ वीश्वास रहेको छ । बर्तमान राजनीतिका मुख्य पात्र प्रचण्ड उर्फ पुष्पकमल दाहालको कपालले नीकै प्रसीद्धी कमाएको छ । उनको कपाललाई जोडेर उखानै जन्मेको छ प्रचण्डको कपाल जती इञ्चले बढ्छ त्यही अनुपातमा राजनैतिक अस्थिरता बढ्छ । प्रहरी राजनैतिक अस्थिरता चाहन्न । त्यसैले त उ न प्रचण्डको न त अन्य मान्छेको कपाल बढेको देख्नै चाहन्छ । कठै प्रहरी प्रचण्डको त कपाल खौरीन के सकोस जनता कै रौ खौरेर भए नी राजनैतिक स्थीरता ल्याउन चाहन्छ । यो शुभ कार्यमा सबैले साथ दिँदा राम्रै होला । त्यसैले मेरो पुर्ण समर्थन छ ।

चिरको रौ भेटीनु र मान्छेको रौ काटिनु संयोग मात्र होइन । यसमा पक्कै रहस्य छ ।