Sunday, April 28, 2013

स्वतन्त्रताको गीत

पिञ्जडा फोडेर उडेका चराहरु
कुँजीएका पखेटा फटफटाउँदै
निदाएका खुट्टा तन्काउँदै
मुक्त उडानमा चारैतिर हेरे
अनि देखे
नदीमा बाँधिएका बाँधहरुले
सागरको गहिराई दिन नसकेको
फेवा र रारा बनाउन नसकेको,
धर्ती बाँडने अजंगका पहाडहरुले
प्रेमको लहरो छेक्न नसकेको
खाडलको पिडा बुझ्न नसकेको,
आकाश छेक्ने बादलहरुले
घाम उदाउन रोक्न नसकेको
जुनको गति बदल्न नसकेको,
त्यसैले त
पिजडामा थुनिएकाहरुका लागि
आकाशमा उड्नेहरुका लागि
धर्तीमा सुत्नेहरुका लागि
पिञ्जडा फोडेर उडेका चराहरु
गाईरहेछन् स्वतन्त्रताको गीत
चरा उडन देउ,
नदी बग्न देउ,
घाम लाग्न देउ,
जुन चम्कन देउ,
हावा चल्न देउ,
बाँच्न चाहनेलाई
स्वतन्त्र बाँच्नदेउ ।

Thursday, April 18, 2013

नियमीत ब्लग पोष्ट गर्ने सात वटा टीप्स


आफैलाई ब्लगर भन्न म रुचाउँदैन । मैले खासै लेख्न सक्दैन । जस्तो अहिले नै भनौ, उठान गर्ने विषय नै पाएको छैन । लेख्दै जाँदा के के लेखिदो रहेछ , हेरौ ? मनमा लेख्न विषय अझ सम्म केही आएको छैन तर पनि टाइप गरी रहेको छु । धेरै समय भएछ ब्लगमा केही पोष्ट नगरेको । हुन त नियमीत लेख्ने प्रयास नगरेको  भने होइन तर सोचे जस्तो पक्कै   गर्न सकेको छैन  । महिना कम्तीमा एक दुइ वटा ब्लग त लेख्ने गरेकै छु । यो संख्या बढाउने तिब्र उत्कण्ठा छ तर सकिरहेको छैन । सुझाव दिने पनि त कोही छैन । सायद मैले सुझावै मागिन कि ?

के यो समस्या मेरो मात्र हो त ? पक्कै होइन होला । यस्तो समस्या अरुहरुलाई पनि परेको होला । नियमित लेख्न नसक्ने म मात्रै होइन भने समाधान पनि कतै छ ? नियमीत ब्लग लेख्ने विषयमा पक्कै ब्लगहरु पनि त लेखिएका होलान ? मनमा उत्सुक्ता जाग्यो । सर्वप्रथम यस विषयमा गुगल गर्नु पर्यो अनि मात्र लेख्न थाल्नु पर्ला । आजको विषय यही नै भयो ।

ल मैले भेटाएँ है !

तपाई ब्लगर हो र यो ब्लग पढ्दै हुनुहुन्छ तर नियमीत  ब्लग पोष्ट गर्न सकिरहनु भएको छैन भने तिमोथी इ स्टलोजको  टिप्सले मद्दत पुर्याउन सक्छन् ।

आफनो ब्लगमा तिमोथी इ स्टलोज ले नियमीत ब्लग पोष्ट गर्ने सात वटा टीप्स दिएका छन् । उनका अनुसार निम्न कार्य गर्नाले ब्लग नियमीत लेख्ने सक्ने ठहर छ । 
  •   विचार वा विषय केन्द्रीत भएर लेख्ने बानी बसाल्ने, 
  •   ब्लगपोष्टको संख्या बढाउनु भन्दा नियमीत पोष्ट गर्ने, 
  •   नियमीत लेख्ने तालिका बनाउने, 
  •   ब्लग शिर्षक अग्रिम निर्धारण गर्ने, 
  •   लेख्न रमाईला विषयको छनौट गर्ने, 
  •   कम लेख्ने बाचा  गर्ने तर बढी लेख्ने र 
  •   ब्लग नियमित निरिक्षण गर्ने साथी बनाई जाँच गर्न लगाउने वि


सकिन्छ भने प्रयास गरौं । मैले प्रयोग गर्ने विचार गरेको छु । विस्तृत जानकारीका लागि स्टलोजको लिंक क्लिक गर्न सक्नुहुन्छ ।http://ezinearticles.com/?7-Tips-to-Encourage-Regular-Blog-Posting&id=6205831