Wednesday, July 16, 2014

अादिकविकाे २०१ बार्षिक उत्सव

अादिकवि भानुभक्त अाचार्यकाे २०१ बार्षिक उत्सव मनाउने कार्य जारी छ । अषाढ २९ गते काम विशेषले सदा अायेाजन गरीने कार्यक्रम अाज ३२ गते सम्पन्न भयाे । कार्यक्रमकाे सञ्चालन भागवत जी ले गर्नु भाे । भिष्म उप्रेतिकाे 'छायाँ' कविता साह्रै अाकर्षक लाग्येा अाजकाे कवि गाेष्ठीमा । करीव दश जना कवि कवयत्रीले कविता सुनाउनु भयाे । 
कविता बाचन गर्नेहरूमा बासुदेव अधिकारी, बामदेव सिग्देल, गाेपाल भट्ट, राजन विक्रम थापा, बविता ढुंगाना, राजनजी, भागवतजी, शान्तिजी हुनु हुन्थ्याे । कार्यक्रम १ बजे सुरू भएकाे थियाे, गभर्नर सभाहलमा । कार्यक्रमकाे अध्यक्षता डे.ग. गाेपाल काफ्ले बाट भएकाे थियाे ।

Monday, June 30, 2014

याे पढे मान्छे बाैलाउँछन्

भारतिय टिभी च्यानल स्टार प्लसबाट नयाँ स्वरूपमा महाभारत प्रशारण भइरहेकाे छ । केही वर्ष अघि पनि महाभारत प्रशारण भएकाे थियाे  त्यसबेला म स्कुलमा पढ्थे । गाउँमा जमिन्दारकाे घरमा टिभी थियाे । जमिन्दारका छाेराहरू मेरा साथी, याैटै कक्षामा पढ्ने, याैटै बेञ्चमा बस्ने । 

उनीहरू महाभारतकाे दृष्यहरू खाली पिरियडमा बढाे अाकषर्कढंगले सुनाउँथे । म र साथीहरू अचम्म मानेर सुन्थ्याै । मेराे बालमनले अचम्म मान्थ्याे । साञ्चै कस्ताे हुन्छ हाेला टिभी मैले कल्पन्थे । 

र साेध्थे, "कस्ताे हुन्छ टिभी?"

उनीहरूले मेराे तिर्खा मेटाउने प्रयाश गर्थे, " भिडियाे जस्तै हुन्छ ।" 
मलाइ त भिडीयाेकाे बारेमा पनि थाहा थिएन ।

उनीहरू पाँच पाण्डव र काैरवका कर्तुतहरू सारै अचम्म गरी ब्याख्या गर्थे । कृष्णकाे उपदेशका बारेमा पनि गजबैसँग, हे पार्थ ! भन्दै सुनाउँथे । उनीहरूबाटै थाहा पाएकाे थिएँ, कृष्णले अर्जुनलाइ दिएकाे उपदेश गीता हेा भनेर । गीता र महाभारतकाे बारेमा जान्ने बुझ्ने उत्सुक्ता बढ्दै गयाे । घरमा टिभीमा दृष्य हेर्ने सपना मात्रै देख्न सक्थे । यथार्त हुन सक्दैनथ्याे । गीता र महाभारत बुझ्ने विकल्प खाेज्न थाले ।

घरमा  हिन्दी भाषाकाे श्रीमद्भगवद्गीता थियाे । गीता हाे हाेइन शंकैशंकामा श्रीमद्भगवद्गीता पढ्न थाले । बुझ्न त के बुझथेँ र । तर पनि कनिकुथी पढ्दै थिएँ । अामाले पढेकाे देख्नु भयाे । अत्तालिदै गिता खाेस्नु भयाे । 

अामाले भन्नु भयाे, "बाबु याे पढ्नु हुन्न, याे पढे मान्छे बाैलाउँछन्, नपढ बाबु ।" 

गीता लगेर बाकसमा बन्द गर्नु भयाे। त्यस पछि उक्त श्रीमद्भगवद्गीता पुस्तक कहिले देख्न पाइँन । खै किन हाे, त्यस दिनदेखि गीता प्रति एक किसीमकाे काैतुहुल्ता र पढ्ने उत्सुक्ता जागीरहयाे । के छ गितामा ? किन त्याे पढेर मान्छे बाैलाउँछन् भन्नुभयाे अामाले ? यस्तै यस्तै खेलिरहन्थ्याे मनमा ।

त्यस घटनाकाे धेरै वर्ष पछि २०६४ जेष्ठमा गीताप्रेस, गाेरखपुरले छापेकाे श्रीमद्भगवद्गीता किने, भैरहवामा। संस्कृतमा  लेखिएकाे छ।  संस्कृत बुझ्दैन तर पनि अवसर मिल्नासाथ केही छन्दहरू पढ्छु । कहिले काँही छन्दहरू नबुझ्दा संस्कृत किन पढ्ने र बुझ्ने प्रयाश गरिएन दिक्दार पनि लाग्छ । संस्कृत बुझ्ने भए, गीता पनि बुझ्थेँ की ?

सायद गीता बुझेँ भने अामाले भने झै  म बाैलाउँछु कि ?  नबुझिने ति संस्कृतका छन्दहरू पढ्दा अामा सम्झन्छु । 

Wednesday, May 21, 2014

मायाको गीत

मायाले यसरी बगायो
समात्ने हात पाइन,
मायाले यसरी रुआयो
शिर राख्ने काँध पाइन ।

सपनामै बाँचे जिन्दगीभर
ऐठनलाई खुसी मानेर,
निद्रामै हिडे बैसाखीकोभर
मायाको आड मानेर,

मायाले यसरी लडायो
उठ्ने भरै पाइन,
मायाले यसरी रुवायो
शिर राख्ने काँध पाइन ।

विउँझि हेर्दा आकाशभर
हाँसे सपना बादल बनेर,
समात्न खोजे रित्ताहातले
उडी गए भुवा बनेर,

मायाले यसरी उडायो
बस्ने डाली पाइन,
मायाले यसरी रुवायो
शिर राख्ने काँध पाइन ।