Wednesday, May 21, 2014

मायाको गीत

मायाले यसरी बगायो
समात्ने हात पाइन,
मायाले यसरी रुआयो
शिर राख्ने काँध पाइन ।

सपनामै बाँचे जिन्दगीभर
ऐठनलाई खुसी मानेर,
निद्रामै हिडे बैसाखीकोभर
मायाको आड मानेर,

मायाले यसरी लडायो
उठ्ने भरै पाइन,
मायाले यसरी रुवायो
शिर राख्ने काँध पाइन ।

विउँझि हेर्दा आकाशभर
हाँसे सपना बादल बनेर,
समात्न खोजे रित्ताहातले
उडी गए भुवा बनेर,

मायाले यसरी उडायो
बस्ने डाली पाइन,
मायाले यसरी रुवायो
शिर राख्ने काँध पाइन ।