Monday, April 13, 2015

साँझहरु

साँझहरु यसरी नै बित्छन्
वितेकाछन् र वित्नेछन् ।
हिजो यस्तै यौटा साँझ
छेउँमै बस्दै भन्यो
आउ
म सँगै मात ।
डाँडाको रक्तिम लाली
गीलासमा भरेर
रसिलो चिसो बतास 
प्लेटमा सजाएर
टक्रयायो साँझले
अगालो मार्दै, मस्त हाँस्दै
रिमझिमे साँझ र म हरायौ ।

आज फेरी यौटा साँझ आएको छ
खोल्दैछ पोकापुन्तरा
कोसेलीहरु छन् सायद
केही परिचित अपरिचित
विगतका यादहरु
भविष्य पदचापहरु
पक्कै केही भन्नेछ साँझले
अनि जानेछ यात्रामा
मसँग हुनेछ यौटा अर्को साँझ ।
यस पल सोचिरहेछु
भोलिको साँझ कसरी सम्झनेछु
आजको साँझसँग विताएका पलहरु
हो यस्तै सोच्दै
मेरा साँझहरु यसरी नै बित्छन्
वितेकाछन् र वित्नेछन् ।