Thursday, January 19, 2017

ओ डोँगला !

ओ डोँगला !
कती घर भित्रै बसेको, 
बाहिर आएर हेर त,
रामऔतारले खलिहानमा
गुइठाको आगो बाल्यो,
बारीमा लाही पाक्यो, 
धर्तिमा पिहर फूलवा झर्याे, 
बेथवाको पातीयामे शित छ,
घाम लागेपछी काममा जानुछ, 
झट्टे आओ, ओ डोँगला !
मकैको भुट्टा खानुछ ।

साँझमे जमिन्दार घर गएको थिएँ
मालिकले परसालको बात सम्झदै कहे, 
के गर्छस, ओए छेदु ?
रामराम पनि भन्दैनस् ,
पाउँ लागी गर्दैनस्,
तोर बाफ सुत्के पाउँ लाग्थ्यो, 
भुईमा हात जोरे बस्थ्यो,
रीसले झापड हन्थे,
चुपचाप सहन्थ्यो,
खेत खलिहान गथ्र्यो,
जब माघी आउँथ्यो,
पाँच सेर सुअरको शिकार, 
पक्की चार मन धान, 
एक गगरा जाँड,
तोर बाफलाई दिन्थेँ,
सखारै नदियामा नुहाउँथ्यो,
स्वतन्त्र भएर जाँड खान्थ्यो,
कमैया नबस्ने घुर्काउँथ्यो, 
म चुपचुपा सुन्थे
ओ रामु ! ओ मोर भैयु
एक मन धान थप्छु,
एक्केसाल बैठना कमैया, 
माफ कैदे,भन्दै फकाउँथे,
मदरा बजाएर झुमरा नाँच्थ्यो,
सबै कुरा विर्सन्थ्यो
फेरी एक साल
कमैया बस्न मञ्जुर  गर्थ्याे ।

दिन दुनीयाँ बदल्यो रे, ओ छेँदु !
सरकार तिमीहरुको सुन्छ
नियम कानुन तिमीहरुकै बन्छ
हाम्रो त कुछ छैन रे,  छेँदु !
तेरो बाफ रामु मरे पछी
मोर अग्ना सुनसान छ रे, छेँदु !

सुन रे, ओ डोँगला ! 
जमिन्दार त बहुते दुखीयार बा,
म त उसकै अँगनामा हुर्केको
मेरो बाफ जस्तै लाग्छ,
साह्रै दुखी छु, हो डोँगला !
चलो मोर सँघारी,
कुछु कुछु बात करी,
रामऔतारले खलिहानमा,
गुइठाको आगो बाल्यो,
झट्टे आओ, ओ डोँगला !
मकैको भुट्टा खानुछ ।