Sunday, August 19, 2018

प्रेमालाप राग

निर्जन मन आकास ,
शुन्य शुन्य समशुन्य
शुक्ष्म प्रेमिल स्पर्स, 
तरंगीत शुन्य आकास
झंकृत ज्वजल्यमान, 
सम्पुर्ण ब्रहम्माण्ड
किरणकृत संसार प्रेमको
फगत प्रेमका लागि, 
प्रेममा परेको हैन
प्रेम र प्रेमी हरायो, 
विलय भएँ प्रेममा
शुन्य भएँ शुन्यतामा, 
शुन्यताको ध्वनीमा
तिमी नहुँदा हुनुको, 
तिमी हुँदा नहुनुको
मिठो धुन बजीरहन्छ, 
तन कण नृत्यरत छन्
प्रेम सुवासले पुलकित छन्, 
नभएर हुनुनै प्रेम यो 
छमछम छमछम प्रेम नृत्यमा मस्तछु म ।

म प्रेमी हुँ,  
सौन्दर्य र असौन्दर्यको । 
विउ जरा, पात, काँड, हाँगा, फुल फल पत्तकरको प्रेममा छु । 
विउबाट उम्रदै गरेको अंकुरसँग प्रेम बन्धीत छु ।
माटोभित्र जरा फैलिएसरी जमीनभित्र फैलदै, 
पहिलो पात,
दोश्रो पात, तेश्रो, चौथो... 
लाखौलाख पत्रहरुमा प्रमिल हरियाली हुन्छु । 
रिमझीम सावन हुँ म ।
मञ्जरी हुँ । 
काेपीला हुँ । 
अनि फक्रिएको पुष्प हुँ । 
पुष्प पत्र हुँ । 
सेतो, राताे, निलो, गुलाबी, म रंग हुँ । 
रंगीन र रंगविहिन पनि म नै हुँ,
किन की म प्रेमी हुँ । 
स्त्री केशर हुँ, पुकेशर पनि म नै हुँ ।
प्राग हुँ पुंकेसरको, सुगन्ध हुँ प्रागको ।
 प्राग बोक्ने माहुरी हुँ, म । 
मिलनको मधुर पवन हुँ । 
म विज हुँ प्रेमको । 
फल हुँ कर्मसघर्षको । 
भोक तृप्ती हुँ, उर्जाशिल फलाहार हुँ । 
स्वाद मिठास हुँ, फलको । 
उम्रन तयार जगतमा, म प्रेम विज हुँ । 
हो, म प्रेम विज हुँ,  जिवनको ।

म जीवन अनुरागी प्रेम पार्थ हुँ । 
आदि पुरुष हुँ । 
स्वाशत स्त्री हुँ । 
स्थीर उभय लिंग हुँ । 
प्रेमालापको राग हुँ, म । 
म समागमको ताप अनि गर्भाधान हुँ ।
 हो, म शुक्रकिट अनि डिम्ब, अनि दुबैको विलय हुँ । 
कोष हुँ, जीवरश पनि ।
भुण हुँ, म । 
हृदयको प्रथम स्पन्दन, 
जिवन ध्वनी हुँ ।
प्रसव वेदना र पिडाको 
चित्कार हुँ ।
धर्ति अवतरणको प्रथम स्वर हुँ ।
मातृवात्सल्यताको मधुर मुस्कान, 
जीवनप्रदाय वक्षयरस, 
मातृत्वको न्याँनो काख हुँ । 
हो म, जिबन्त प्रेमी हुँ । 
ममताको आनन्द हुँ । 
धर्तिको प्रथम चरण हुँ । 
अबोध बालकला हुँ । 
निर्दोष मुस्कान हुँ । 
यौवनको चमक हुँ । 
रातो तातो रक्त हु । 
वृद्धको अनुभव हुँ । 
मृत्युको प्राण हुँ । 
हो मृत प्रेमात्ममा हुँ, 
अनुपम रचना हुँ । 
कालचक्रकाे अविच्छन जीवन हुँ,
किन की म प्रेमी हुँ । 

म प्रमी हुँ सृजना, 
संरचना र कृतिको । 
प्रकृतिको अनुपम प्रीति हुँ । 
म सहित्य असाहित्य हुँ । 
लेखिसकिएका रचनाका 
पात्र र अपात्र हुँ म । 
लेख्दै गरीएको र लेखिने रचनाका 
नायक नायीका र खलपात्र हुँ । 
कथाको प्रसंग हुँ, 
कविताको भाव हुँ । 
नाटकको जिवन्त पात्र हुँ । 
निबन्ध हुँ । 
बेद, गिता, पुराण हुँ । 
महाभारत र रमायाण हुँ । 
कुरान, त्रिपटक, बाइबल हुँ । 
ज्ञात अज्ञात सब धर्म सार हुँ
 किन की म अटल प्रेमकाे प्रेमी हुँ ।
चित्र हुँ, चित्रको आकृति र रंगको समयोजन हुँ । 
गीत हुँ, लय हुँ, स्वरको आरोह र अवरोह हुँ । 
संगीत हुँ, 
सुरको सारेगमा, डोरेमी हुँ । 
मुर्ति हुँ , 
आकार हुँ र बास्तुको आयाम हुँ । 
लिखित अलिखित सम्पुर्ण इतिहास हुँ ।
म एक अनुरागी प्रेमी हुँ 
कल्पना र अविष्कारको ।
अनन्त यात्री हुँ, व्रह्माण्डको गति हुँ । 
प्रकाशको चमक हुँ ।
 कालचक्र हुँ । 
शुन्यको शुन्यता हुँ । 
म फगत प्रमी हुँ, 
अभेद्य तिलस्मी जगतको ।
जसरी शिशिरले पतझड ल्याउँछ, 
बसन्तले पालुवा ल्याउँछ, 
हो म त्यही प्रमी हुँ 
जन्म र मृत्युको, 
हाँसो र आँसुको, 
पिडा र आन्नदको ।

Sunday, July 8, 2018

अझ पनि म उठ्ने छु


 Still I Rise अमेरीकी कवी MAYA ANGELOU काे निकै शसक्त कविता हाे । यस कविताकाे नेपाली भाव अनुवाद गरी यता राखेकाे छु । 



तिमीले इतिहासमा मलाई तुच्छ लेख्न सक्छौ
तिम्रा तिता, घुमाउरा झुठहरुले,
तिमीले रछ्यानमै मलाई फ्याँक्न सक्छौ
तर पनि, धुलो झै, म उठ्ने छु ।

के मेरो सौन्दर्यताले तिमीलाई उदास बनाउँछ ?
किन तिमी निन्याउँरो भएका छौ ?
किनकी म हिड्छु तेल खानी पाएकै झै
तेल निकाल्दै मेरो बैठकमा ।

जुन जस्तै घाम जस्तै
छालहरुको निस्चीत्तामा
जसरी आशाहरु उच्च हुन्छन्
त्यसरी नै म उठ्ने छु ।

तिमी म निराश भएको हेर्न चाहान्थ्यौ ?
शिर निहुराएको र नजर झुकाएको ?
आँसुका थोपा झरे झै कुम झुकाएको,
मेरो आत्माको रोदनबाट कमजोर भएको ?

मेरो स्वभिमानले अपमानीत भयौ की ?
तिमीलाई अप्ठायारो पार्दैन र
किनकी म हाँस्छु सुनकै खानी पाए झै 
आफ्नै करेसा बारी खनेर 

तिम्रा बचनहरुले मलाई मार्न सक्छौ,
तिम्रा हेराईहरुले मलाई काट्न सक्छौ,
तिम्रा धृणाले मलाई मार्न पनि सक्छौ,
तर पनि, हावा झै, म उठ्ने छु ।

मेरो कामुकताले तिमी उदाश हुन्छौ ?
के यो अपर्झट भएको हो र
हिरा पाए झै म मस्त नाच्दछु
मेरा तिघ्राहरुको मिलनमा ?

लाज लाग्दो इतिहासका झुप्राहरु वाहिर
म उठ्छु
अतितका पिडाहरुबाट ब्युँझेर
म उठ्छु
म मडारिने कालो फराकिलो समुद्र हुँ,  
बटारीरहने ज्वारभाटा सहन्छु ।
त्राश र डरका रातहरु पछाडी छोडेर
म उठ्छु ।
अचम्मैको सफा विहानीमा
म उठ्छु
मेरा पुर्वजहरुले दिएका उपहारहरु लिएर
म दाशको आशा र सपनाहरु हुँ
म उठ्छु
म उठ्छु
म उठ्छु

मन

मनको वर्णन सहज छैन । कहीले घाम लागेजस्तो, कहीले पानी परे जस्तो । कहीले हावा चले जस्तो । मन्द मन्द हावा त चिसो सिरेटो । मनको आयाम, मनको आकार, मनको रंग थरी थरी । आकलन गर्न नसकिने कहीले अति सुक्ष्म, कहीले विसाल । मन हात्ती जस्तो पनि बन्छ, मन सुर्य जस्तो पनि ।
मनलाई आकाससँग दाँजेर पनि लेखिएका छन । विसाल शुन्यताको प्रतिक अकासलाई लिइन्छ । रातमा लाखौ तारा झीलमिलाउने आकास जस्तै मन विसाल छ । यसमा हजारौ विचारका, लाखौ अनुभवका ताराहरु टिल्पीलाइरहेका हुन्छन् । ज्ञानको उज्यालोले यो आकास झन झन फराकीलो हुँदै जन्छ । कलम क थाहा पाउँदाको मनको आकार र अनुसन्धान र अनुभवले खारिएको मनको आकास एकै हुन सक्ला र ?

मनमा कुराका धाराहरु बहन्छन् । पीडाका आसु बग्छन् । तृष्णाका छालहरु उछालिन्छन । मन समुद्र जस्तै छ । ननिलो पानीले भरिएको । निन्तर गतिशिल । लाखौं ज्ञात अज्ञात जीवहरुको कल्याङमल्याङ । गहीराइ बढ्दै जाँदा झनझन रहस्यमय । अस्थीर चञ्चल । कहीले अति शान्त अनि कहील अति गतिशिल । तर गतिशिलताको मात्र सधै रहीरहने ।

मनका के हो ? मनको निर्माण के ले भएको छ ? मन चेतना र मनको, मन र आत्माको, मन र विचारको आदि आदि नसुल्झिएको विषय हो । ज्ञानको ठूलो भाग मन र चेतनाका खोजमा खर्चिएको छ । आदिमाकाल देखि मानव सभ्याताको खोजको विषय मन सँग सम्बन्धीत छ । अध्यात्मको खोजको विषय हो ।

गीताको तृतिय अध्यायको स्लोक ४२ मा श्री कृष्णले अर्जुनलाई भन्छनः

इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः ।
मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः ।। (४२)

अर्थात हे अर्जुन यो जडपदार्थ शरिरको तुलनामा इन्द्रियहरु श्रेष्ठ छन् । इन्द्रियहरुको तुलनामा मन श्रेष्ठ छ । मनको तुलनामा बुद्धि श्रेष्ठ छ । र जुन बुद्धि भन्दा पनि श्रेष्ठ छ त्यो सर्वश्रेष्ठ शुद्ध स्वरुप आत्मा तिमी नै हौ ।

यसरी गीताले शरीर, इन्द्रिय, मन, बुद्धि र आत्माको श्रेष्ठाता पिरामीड बनाएको छ ।

मानोचिकित्सकहरु पनि यसैमा धेरै घोरिएका छन् । सिंगमण्ड फ्रायड अग्रज मनोविश्लेषक हुन् । 
फ्रयाडले मनलाई सचेतन, अचेतन र अर्धचेतन गरी तिन भागमा वर्गिकरण गरेका छन् ।

बातावरण अनुकुल मन हुने हो या मनले अनुभुत गरे अनुसारको बातावरण हुने । चेतनाको अनुभुतले मनमा विचार निर्माण हुन्छ । इन्द्रियहरुले मनमा अनुभुती प्रवाह गर्दछन । मनमा बाहृय जगत र मनको सम्बन्धले विचार निर्माण हुन्छ । विचारको निर्माण मनले गर्दछ । मनमा संग्रहीत अनुभव र ज्ञानले विचारका श्रृंखला सृजित हुन्छ । यी विचारका धाराहरुले जगत प्रतिको अवधारणाहरुको निर्माण हुन्छन् । कुनै कालो राम्रो, कुनै नराम्रो ।

Thursday, March 8, 2018

उनि घरैमा बस्छिन्


सबैले सोध्छन्, श्रीमति के गर्छिन ?
म भन्छु, उनि घरैमा बस्छिन् ।

म भन्दा सबेरै, 
उनि नै उठ्छिन्
कोठाचोठ बढार्छिन्
चिया पकाउँछिन्
चिया खाजा खुवाछिन्
खानाको तयारी गर्छिन्
होमवर्क अझै बाँकी छ,
छोरो कराउँछ,
कपाल बाटेको मिलेन,
छोरी चिच्याउँछिन्,
खै टावेल कता छ ?
  थर्काउँछु,
भुतभुताउदै यताउता
सबै सामु  उनै पुन्छिन्
तर पनि
नालनाता सोध्छन्, बुहारी के गर्छिन् ?
म भन्छु, उनि घरैमा बस्छिन् ।
साथीभाई सोध्छन्, भाउजु के गर्छिन् ?
म भन्छु, उनि घरैमा बस्छिन् ।

खाना खुवाउँछिन्
जुठोपुरो उठाउँछिन्
मोजा टाइ भेटिदैन,
रुमाल तेल देखिदैन
नभेटेको उनैले भेटछिन्
नदेखेको उनैले देख्छिन्
हामीलाई बाइबाइ गर्छिन्
जुठा भाँडा मस्काउँछिन्
हाम्रा फाेहर पखाल्छिन्
तर पनि
स्कुलमा सोध्छन्, आमा के गर्छिन् ?
छाेराछाेरी भन्छन्, उनि घरैमा बस्छिन् ।
अफिसमा सोध्छन्, मिसेज के गर्छिन ?
म भन्छु, उनि घरैमा बस्छिन् ।

दिन भरि एक्लै हुन्छिन्
तलमाथि गछिर्न्
भीत्रबाहिर हे्र्छिन्
विग्रेकाे सपार्छिन्
च्यातिएकाे टालछिन्
उध्रिएकाे जाेडछिन्
चिसिएकाे तताउँछिन्
तातिएकाे  चिस्याउँछिन्
मिसिएकाे छुट्टयाउँछिन्
छुट्टिएकाे मिस्याउँछिन्
तर पनि
बच्चाहरू सोध्छन्, अान्टि के गर्छिन् ?
छाेराछाेरी भन्छन्, उनि घरैमा बस्छिन् ।
छरछिमेक सोध्छन्, बुढी के गर्छिन ?
म भन्छु, उनि घरैमा बस्छिन् ।

भोकाउँदै फर्किन्छौ 
चियाखाजा हातै थामउँछिन्
गुनासा दिक्दारी 
चुपचाप सुनछिन्
झर्काे घुर्की
सहँदै बस्छिन्
बेलुकाकाे हताराे छ
चामल तरकारी केलाउँछिन्
फेरी खाना पकाउँछिन्
खाना खुवाउँछिन्
भाँडा मस्काउँछिन्
भान्छा सकाउँछिन्
बालबच्चा सुताउँछिन
निदाइसकेको हुन्छु ,
झक्झकाउँदै साेध्छिन्,
कसैले सोधे  के काम गर्छु भन्ने ?
मैले निद्रा मै भन्छु,
मेरो त कुनै कामै छैन, भन्नु ।
म त घरैमा बस्छु, भन्नु ।

त्यसैले त
जब कसैले सोध्छन्, तिमी के गर्छाै ?
उनि अाफै भन्छिन्, म त घरैमा बस्छु ।
उनि अाफै भन्छिन्, म त घरैमा बस्छु ।


x

Friday, March 2, 2018

तपाँईहरुलाई कस्तो लाग्छ ?


पार्टीका मञ्चहरु,
सरकारी कुर्चीहरु,
हाकीमका कोठाहरु,
जता हेर्यो त्यतै देख्छु
हाम्रा छाप्रोमा आएर
हाम्रा निम्ती काम गर्छु भन्नेहरु,
हामीलाई खेताला बनाएर
हाम्रै पसिनामा रँजाई गर्नेहरु,
हामी माझ आशाफूल फुलाएर
हाम्रा सपनामा कँजाई गर्नेहरु ।

मञ्च, कुर्सी र कोठाहरु
ठुलोठुलो स्वरमा सुनाउँछन्
कमा, फुलस्टप नफेर्ने गरी
हाम्रा दिन फेरिएको,
कर्तब्य गर्नै  नपर्ने गरी
अधिकारले वेरिएको,
हामी खट्नै नपर्ने गरी
उनिहरु रातदिन खटिएको,
जहाँ जहाँ जान्छु
यस्तै यस्तै सुन्छु
सपना पो हो कि झै लाग्छ,
आफुले आफैलाइ चिमोट्छु,
आफ्नै गालामा पीट्छु
साँच्चै हो कि झै लाग्छ
ल भन्नुस त
मञ्च, कुर्सी र कोठाहरुको भनाई
तपाँईहरुलाई कस्तो लाग्छ ?