Sunday, July 8, 2018

अझ पनि म उठ्ने छु


 Still I Rise अमेरीकी कवी MAYA ANGELOU काे निकै शसक्त कविता हाे । यस कविताकाे नेपाली भाव अनुवाद गरी यता राखेकाे छु । 



तिमीले इतिहासमा मलाई तुच्छ लेख्न सक्छौ
तिम्रा तिता, घुमाउरा झुठहरुले,
तिमीले रछ्यानमै मलाई फ्याँक्न सक्छौ
तर पनि, धुलो झै, म उठ्ने छु ।

के मेरो सौन्दर्यताले तिमीलाई उदास बनाउँछ ?
किन तिमी निन्याउँरो भएका छौ ?
किनकी म हिड्छु तेल खानी पाएकै झै
तेल निकाल्दै मेरो बैठकमा ।

जुन जस्तै घाम जस्तै
छालहरुको निस्चीत्तामा
जसरी आशाहरु उच्च हुन्छन्
त्यसरी नै म उठ्ने छु ।

तिमी म निराश भएको हेर्न चाहान्थ्यौ ?
शिर निहुराएको र नजर झुकाएको ?
आँसुका थोपा झरे झै कुम झुकाएको,
मेरो आत्माको रोदनबाट कमजोर भएको ?

मेरो स्वभिमानले अपमानीत भयौ की ?
तिमीलाई अप्ठायारो पार्दैन र
किनकी म हाँस्छु सुनकै खानी पाए झै 
आफ्नै करेसा बारी खनेर 

तिम्रा बचनहरुले मलाई मार्न सक्छौ,
तिम्रा हेराईहरुले मलाई काट्न सक्छौ,
तिम्रा धृणाले मलाई मार्न पनि सक्छौ,
तर पनि, हावा झै, म उठ्ने छु ।

मेरो कामुकताले तिमी उदाश हुन्छौ ?
के यो अपर्झट भएको हो र
हिरा पाए झै म मस्त नाच्दछु
मेरा तिघ्राहरुको मिलनमा ?

लाज लाग्दो इतिहासका झुप्राहरु वाहिर
म उठ्छु
अतितका पिडाहरुबाट ब्युँझेर
म उठ्छु
म मडारिने कालो फराकिलो समुद्र हुँ,  
बटारीरहने ज्वारभाटा सहन्छु ।
त्राश र डरका रातहरु पछाडी छोडेर
म उठ्छु ।
अचम्मैको सफा विहानीमा
म उठ्छु
मेरा पुर्वजहरुले दिएका उपहारहरु लिएर
म दाशको आशा र सपनाहरु हुँ
म उठ्छु
म उठ्छु
म उठ्छु

मन

मनको वर्णन सहज छैन । कहीले घाम लागेजस्तो, कहीले पानी परे जस्तो । कहीले हावा चले जस्तो । मन्द मन्द हावा त चिसो सिरेटो । मनको आयाम, मनको आकार, मनको रंग थरी थरी । आकलन गर्न नसकिने कहीले अति सुक्ष्म, कहीले विसाल । मन हात्ती जस्तो पनि बन्छ, मन सुर्य जस्तो पनि ।
मनलाई आकाससँग दाँजेर पनि लेखिएका छन । विसाल शुन्यताको प्रतिक अकासलाई लिइन्छ । रातमा लाखौ तारा झीलमिलाउने आकास जस्तै मन विसाल छ । यसमा हजारौ विचारका, लाखौ अनुभवका ताराहरु टिल्पीलाइरहेका हुन्छन् । ज्ञानको उज्यालोले यो आकास झन झन फराकीलो हुँदै जन्छ । कलम क थाहा पाउँदाको मनको आकार र अनुसन्धान र अनुभवले खारिएको मनको आकास एकै हुन सक्ला र ?

मनमा कुराका धाराहरु बहन्छन् । पीडाका आसु बग्छन् । तृष्णाका छालहरु उछालिन्छन । मन समुद्र जस्तै छ । ननिलो पानीले भरिएको । निन्तर गतिशिल । लाखौं ज्ञात अज्ञात जीवहरुको कल्याङमल्याङ । गहीराइ बढ्दै जाँदा झनझन रहस्यमय । अस्थीर चञ्चल । कहीले अति शान्त अनि कहील अति गतिशिल । तर गतिशिलताको मात्र सधै रहीरहने ।

मनका के हो ? मनको निर्माण के ले भएको छ ? मन चेतना र मनको, मन र आत्माको, मन र विचारको आदि आदि नसुल्झिएको विषय हो । ज्ञानको ठूलो भाग मन र चेतनाका खोजमा खर्चिएको छ । आदिमाकाल देखि मानव सभ्याताको खोजको विषय मन सँग सम्बन्धीत छ । अध्यात्मको खोजको विषय हो ।

गीताको तृतिय अध्यायको स्लोक ४२ मा श्री कृष्णले अर्जुनलाई भन्छनः

इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः ।
मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः ।। (४२)

अर्थात हे अर्जुन यो जडपदार्थ शरिरको तुलनामा इन्द्रियहरु श्रेष्ठ छन् । इन्द्रियहरुको तुलनामा मन श्रेष्ठ छ । मनको तुलनामा बुद्धि श्रेष्ठ छ । र जुन बुद्धि भन्दा पनि श्रेष्ठ छ त्यो सर्वश्रेष्ठ शुद्ध स्वरुप आत्मा तिमी नै हौ ।

यसरी गीताले शरीर, इन्द्रिय, मन, बुद्धि र आत्माको श्रेष्ठाता पिरामीड बनाएको छ ।

मानोचिकित्सकहरु पनि यसैमा धेरै घोरिएका छन् । सिंगमण्ड फ्रायड अग्रज मनोविश्लेषक हुन् । 
फ्रयाडले मनलाई सचेतन, अचेतन र अर्धचेतन गरी तिन भागमा वर्गिकरण गरेका छन् ।

बातावरण अनुकुल मन हुने हो या मनले अनुभुत गरे अनुसारको बातावरण हुने । चेतनाको अनुभुतले मनमा विचार निर्माण हुन्छ । इन्द्रियहरुले मनमा अनुभुती प्रवाह गर्दछन । मनमा बाहृय जगत र मनको सम्बन्धले विचार निर्माण हुन्छ । विचारको निर्माण मनले गर्दछ । मनमा संग्रहीत अनुभव र ज्ञानले विचारका श्रृंखला सृजित हुन्छ । यी विचारका धाराहरुले जगत प्रतिको अवधारणाहरुको निर्माण हुन्छन् । कुनै कालो राम्रो, कुनै नराम्रो ।