Thursday, January 31, 2013

म फर्किएको वर्ष सन् २०१२

मानिसले यौटै नदी दुई पटक तर्नै सक्दैन । मेरो भनाई होइन यो । सायद कुनै महापुरुष वा तत्त्व ज्ञानीले भनेका हुन । ओशोको कुनै रचनामा पढे । एक्कासी मनमा आएको पक्कै होइन । 

सन्दर्भ परिवर्तनको हो । भित्ताको पात्रो फेरीयो, ईश्वी सम्बतमा नयाँ वर्षको प्रारम्भ भएको छ । सन् २०१२ कहिले तर्न नसकिने नदी भयो अब । सम्झनाहरुमा, डायरीका पानाहरुमा पत्रीकाहरुमा र यस्तै यस्तै ब्लगहरुमा मात्र देख्न सकिने भयो सन् २०१२ लाई । बगेको नदीमा उही पानी नभए झै माटा र बालुवाको कण नभए झै सन २०१२ ले पनि तिता मिठा सम्झनाहरु आफु सँगै पोको पारेर लगेको छ ।

म समीक्षा गर्न बसेको छैन सन् २०१२ लाई । छोडी जाने मायाको झनै याद आउँछ भने झै म वितेको वर्षलाई तड्पदै सम्झन पनि चाहान्न ।

काठमाण्डौं भित्रिएको वर्ष हो सन् २०१२ । लामो समयको काठमाण्डौंको बसाइ पछी यो खाल्डोलाई छाडेको थिएँ सन २०१० मा । गाउँ नै प्यारो छ भन्ने आदर्श छाँट्न चाहान्न म, मलाई त काठमाण्डौं नै प्यारो छ । त्यसैले त काठमाण्डौं छाड्दा कहिले काठमाण्डौ फर्कौ भन्ने लागिरहन्छ । फर्के पछीको उमंग र उत्साहा नै बेग्लै हुन्छ । 

झण्डै दुइ वर्षको वनवास पछी मलाई काठमाण्डौ ल्यायो, सन् २०१२ ले । म अझै त्यही फर्कन पाएको नसामा छु, भित्रीन पाएको उमंग र उत्साहामा छु । साँच्चै भनौ भने म रमरम निद्रामा छु ।