Sunday, December 19, 2021

हिउँद

हरेक हिउँद
मनमा चिसो लिएर आउँछ ।

गएको हिउँद
कठाग्रीएका शरीर सँगै लिएर गयो 
यसपालिको हिउँद
के के लिएर जाने हो ?
मन चिसिएको छ ।
 
हिउँद लिएर मात्र जाँदैन
केही लिएर पनि आउँछ ।
झुपडीहरुमा आतंक लिएर आउँछ 
हरियालीमा तुषारो लिएर आउँछ
नदि किनारबाट सिरेटो लिएर आउँछ
हिमालमा हिउँ लिएर आउँछ ।
खै किन हो
हिउँदको कोशेली कुरुप लाग्छन्
मलाई लागेर के भो ?
हिउँद सधै आउँछ 
सुौन्दर्य चुँडेर कुरुप छोडेर जान्छ ।

गएको हिउँद
कोमल मन हिउँ बनाएर गयो 
यसपालिको हिउँद
के बनाएर जाने हो ?
मन चिसिएको छ ।
यसैले
हरेक हिउँद
मनमा चिसो लिएर आउँछ ।