Sunday, December 19, 2021

हिउँद

हरेक हिउँद
मनमा चिसो लिएर आउँछ ।

गएको हिउँद
कठाग्रीएका शरीर सँगै लिएर गयो 
यसपालिको हिउँद
के के लिएर जाने हो ?
मन चिसिएको छ ।
 
हिउँद लिएर मात्र जाँदैन
केही लिएर पनि आउँछ ।
झुपडीहरुमा आतंक लिएर आउँछ 
हरियालीमा तुषारो लिएर आउँछ
नदि किनारबाट सिरेटो लिएर आउँछ
हिमालमा हिउँ लिएर आउँछ ।
खै किन हो
हिउँदको कोशेली कुरुप लाग्छन्
मलाई लागेर के भो ?
हिउँद सधै आउँछ 
सुौन्दर्य चुँडेर कुरुप छोडेर जान्छ ।

गएको हिउँद
कोमल मन हिउँ बनाएर गयो 
यसपालिको हिउँद
के बनाएर जाने हो ?
मन चिसिएको छ ।
यसैले
हरेक हिउँद
मनमा चिसो लिएर आउँछ ।





Sunday, February 28, 2021

उधाराे हाँसाे

 ए दुखिया कति दुखी हुन्छस्

अब त अलिकति मुस्कुरा

आफुसँग छैन भने

ऋणै काडेर भनि हाँस् .

Saturday, January 30, 2021

जनता

वारी हेर्याे वारी नै जनता

पारी हेर्याे पारी नै जनता

यताकाले उतालाई जनता मान्दैन

उताकाले यतालाई जनता मान्दैन

यताकाले उतालाई मान्छे ठान्दैन

उताकाले यतालाई मान्छे मान्दैन

याे अचम्मकाे समयमा

मान्छे, मान्छे रहेन

फगत याैटा भिड भएकाे छ ।