साँझहरु यसरी नै
बित्छन्
वितेकाछन् र
वित्नेछन् ।
हिजो यस्तै यौटा
साँझ
छेउँमै बस्दै भन्यो
आउ
म सँगै मात ।
डाँडाको रक्तिम
लाली
गीलासमा भरेर
रसिलो चिसो बतास
प्लेटमा
सजाएर
टक्रयायो साँझले
अगालो मार्दै, मस्त
हाँस्दै
रिमझिमे साँझ र म
हरायौ ।
आज फेरी यौटा साँझ
आएको छ
खोल्दैछ पोकापुन्तरा
कोसेलीहरु छन् सायद
केही परिचित अपरिचित
विगतका यादहरु
भविष्य पदचापहरु
पक्कै केही भन्नेछ साँझले
अनि जानेछ यात्रामा
मसँग हुनेछ यौटा
अर्को साँझ ।
यस पल सोचिरहेछु
भोलिको साँझ कसरी
सम्झनेछु
आजको साँझसँग
विताएका पलहरु
हो यस्तै सोच्दै
मेरा साँझहरु यसरी
नै बित्छन्
वितेकाछन् र
वित्नेछन् ।
No comments:
Post a Comment