२०६८ सालको अन्तिम दिनहरु चलिरहेको छ । समिक्षा गर्ने बेला भएको छ विगत ।
सोझै लेख्दै छु । लेख्न हुन्थ्यो वा हुन्नथ्यो ? विचारै नगरी लेख्दै छु । प्रीति फोन्टमा लेखेर युनिकोड मा परिबर्तन गरेर पेस्ट गर्ने गर्थे । त्यस्तो गर्दा पूर्णबीराम राख्न सजिलो हुन्छ तर सोझै लेख्दा केहि समस्या हुँदोरहेछ।
पुराना डायरीहरुमा पल्टाएर हेरें । दशबर्ष अघिका संघर्ष र छटपटीहरु ताजा भएर आए । विक्रम सम्बत को अन्तीम महिना निकै जटिल र सघर्षमय रहेकाछन् मेरा । डायरीहरुले त्यस्तै भने समग्रमा । हुन त चैत्र, नयाँपन ल्याउने मास हो । बनभरी चैत फुलेको गित पनि बनेको छ । विगतका धेरै चैत्रहरु उजाडै वितेका थिए । अहिले धेरै सहज छ ।
विगत दुई बर्ष देखि सदाको भन्दा केही भिन्न रहे, मेरा चैत्रहरु । पालुवा पलाएका छन्, नांगा हाँगाहरुमा । अँध्यारो बिचमा पनि उज्यालो देखिन थालेको छ । संघर्षका उपजहरु उपलब्ध हुँदैछन् । जिवनको आधार संघर्ष हो । संघर्षको स्वरुपमा केही परिवर्तन भएको छ । तर संघर्ष जारी छ । विगतमा संघर्षमा आत्तिन्थे, अव रमाउन थालेको छु । दुःखमा रुन्थे, अव मुस्काउन जानेको छु । अनौठो अनुभव रहेछ जिबन ।
संग्रहित अनुभवको ठेली रहेछ जिबन । अनुभबका पोका पुन्तराहरुले सघर्सलाई सहज बनाउँदोरहेछ । संघर्षले पुनः अनुभवको नयाँ पाना थप्दोरहेछ ।
राजनीतिमा पनि नयाँ परिवर्तन देखिदैछ, यस वर्षको अन्तमा ।
देशको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ
। यस ले नयाँ आशा जन्माएको छ ।
परिबर्तनलाई संस्थागत गर्न, शान्ति र संविधान निर्माण प्रक्रियालाई निश्कर्षमा पुरयाउने सम्बन्धमा हिजो गरिएको निर्णय निकै महत्वपूर्ण छ । आजको नागरिक दैनिकले "लडाकु अब सेनाको जिम्मा, माओवादी किन हतारियो ?" भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको छ । त्यसै गरि अर्को समाचार "दाहालले भने- ऐतिहासिक निर्णय गरेँ, अब संविधान बनाउन कसैले अवरोध गर्न पाउने छैन" ।
समाचार सुखद छ तर बैद्य समूह लाई यो निर्णय चित्त बुझेको छैन । सबैले सबैलाई चित्त बुझाउन सकिने अवस्था पनि त रहँदैन । माओबादी अब हतियार विहीन पार्टी भएको छ ।
यस सन्दर्भमा आज नरेन्द्रजंग पिटरले कान्तीपुरमा "माओबादीको फाटेको मन" शिर्षकको लेख निकै सान्र्दभिक लाग्यो ।
No comments:
Post a Comment