Sunday, February 5, 2012

बिरालो अवतार याट सेकेण्ड लाइफ डटकम


 कक्षा चार मत्स्य अवतार

गोला र डकनी विहिन आँखाले निरन्तर हेरिरहेको थिएं, आँखा नझिम्काई, पानी भित्र  । सुन्दर दृष्यहरु नियाल्दै पौडिरहेको थिंए । मेरो चुच्चो परेको गोलोमुखले पानी घुटुक्क निल्दै गलाबाट पानी बाहीर निस्कीरहेको थियो । अचम्म, मेरो नाक थिएन तर पनि म निस्सासिएको थिएन । मेरा नागो शरिरमा  चम्कीला कत्लाहरु टाँसिएका थिए । पानीको चिसोपन अनुभव गर्ने प्रयास गरे तर अनुभुती भएन । पखेटाहरु एकनाशले हल्लाईरहेको थिएँ । दुई चिरा परेको पुच्छर पनि दायाँ बायाँ गरि हल्लाइरहेको थिए । म पौडिन नजान्ने पनि पनि सिपालुहरु झै पौडिरहेको थिएं । झन झन गहिराई तिर गई रहेको थिएं । डुब्ने त होइन, कता कता त्रास पनि थियो । म त मान्छे होइन नी माछा पो त । मेरा मनले भरोसा दिलायो । म झन जोडले पौड्न थाले । अझ गहिराई तिर जाँदै थिएँ । एक्काशी पानीको सतह कम्पीत हुने गरी अवाज सुनियो ।

"ए केटा, तेरो ध्यान कता छ ?" म झस्याँग भएँ । अवाज चिरपरिचीत थियो । मेरो मत्स्य अवतार कक्षा ४ को विद्यार्थीमा परिवर्तन भई सकेको थियो । नैतिक शिक्षाका सरले रिसाएको विरालाले झै मलाई नै घुरिरहेका थिए । बसेको बेन्चबाट जुरुक्क उठेंर अपराधी झै शिर निहुराएर ठिंग उभिएँ ।  कक्षाका मेरा साथीहरु गललल्ल  हाँसे ।

"तैले अटेर गरेको । दुई दुई चोटी सोधि सकें, गधाले सुनेकै हैन ।" मेरो दाहिने कान बटार्दै उनी बमकिए । भरकरै पाकेर सञ्चो भएको कान चुँडिए झै दुख्यो ।

"ए मोरा, तेरो ध्यान कता छ ? ल भन्, भगवान विष्णुका दश अवतार कुन कुन हुन् ?"  उनले आँखा राताराता पार्दै खाउँला झै गरि  सोधें । म डरले थरथर काम्दै  भन्ने प्रयास गर्न थालें । तर गलाबाट अवाज निस्कदै निस्केन । 

 बल  गरेंर   मैले दबेको श्वासमा भन्न खोजे ,  "मत्सय, कुर्म , बराह, नरसिंहा........ अँ ......अँ.... अँ........।"

"गधा त्यती पनि आउँदैन ।"  मेरो दहिने गालामा उनले झापट बजाउँदै भने । मैले झिलिमिल्ल तोरीको फूल देखे । आँखाबाट तुरुक्क आँसु चुहियो ।

अनि पुनः कडकिए, "पढ्नु सढ्नु छैन,  गधा...... !  बस ।"

झापटले रातो तातो भएको गाला मुसार्दै बेन्च मा थ्याच्च बसे । उनले तेश्रो बेन्चमा बस्ने शेरेलाई त्यही प्रश्न सोध्दै थिए । उत्तर दिन सक्यो सकेन ध्यानै दिएन ।

मेरो बाँकी पिरियडहरु भगवान विष्णुको अवतारहरुलाई धिक्कारदै वित्यो । यो सर राक्षस भन्दा कम छन् र । यस्ता राक्षसलाई नाश गर्न दश मात्रै हैन, हजार वटा अवतार लिएको भए पनि हुने नि, भगवान विष्णुले । किन नलिएको होला ? अवतार लिन नसक्ने भए कम्तीमा हामीलाई अवतार धारण क्षमता दिएको भए पनि हुने ............

यौटी अफ्रिकन ठिटी (भर्चुअल नाम लिली हो )चिच्याई चिच्याई मलाई नै भनिरहेकी रहेकी थिइ, "मिष्टर क्याट लुकिंग हेण्डसम् । आर यु लिस्नींग मी ? मिष्टर क्याट, ह्वेर आर यू ?  यान्सर मी प्लीज ।"

 म आफनो विगतबाट बाहिर निश्किएँ । सेकेण्ड लाइफ डटकमको मेरो विरालो अवतारलाई लिलीले प्रशंसा गरेको सुनेर मख्ख भएँ  । उस्को काखमा बुरुक्क उफ्रिएर बस्दै भने, "थ्यांक यू लिली,  माई डिअर !"


बिरालो अवतार 

मेरो सेकेण्ड लाइफ अर्थात अवतार क्याट हो । म भर्चूअल संसारमा मिष्टर क्याट भनेर चिनिन्छु । हिस्सि परेकी अफ्रिकन लिलीलाई मैले कोस्टेरिकाको एकान्त समुद्री तटमा भेटेको थिएँ । भर्चूअल संसारमा भर्खरै जन्मेकी,  उ निरास तर उत्सुक थिई ।

एक दिनमा लनडनको हुलहाल छोडेर एकान्त खोज्दै आफैलाई टेलिपोर्ट गर्दै कोस्टेरिकाको एकान्त समुद्री तटमा पुगेको थिए । यौटी अर्धनग्न यूबती दौडदै आएर म संग ठोकिन पुगी । ठोकिए पछि माफी माग्ने काम पनि गरिन । कस्तो म्यानर नभएकी झनक्क रिस उठ्यो । टाडा भाग्न खोजे । उ पुनः म तिरै दौडिदै  आइ , फेरी पनि  ठोक्किन पुगी । मैले उसको प्राफाइल हेरे । उ दुई दिनको भएकी थिई । हिड्न, दौड्न, बस्न, र उड्न उसलाई गाह्रो भईरहेको थियो   । खै किन हो मलाई उस प्रति दया जाग्यो । म म्याउँ गर्दै उस्को नजिकै गएं । मित्रताको हात बढाएँ । उसले सहर्ष स्विकारी ।

"हाउ आर यु ?"  मैले बार्तालाप बढाएं ।

"फाइन । यु......... ?" उस्ले पनि औपचारिकता पुरा गरी  ।

मेरो जवाफै नपर्खी उस्ले  सोधी, "डू यू लाइक क्याट ?"

"नो, आइ  डन्ट ।" मैलै ठाडो जवाफ दिएं ।

"देन, ह्वाइ यू विकेम क्याट ?" उसले चकित हुँदै सोधी

"कज आइ हयाट क्याट ।"

"बट आइ लभ क्याट" । उ मेरो झनै नजिक आई । मेरो छिरकेबीरके विरालो जिउलाई घोरिएर केहिछिन हेरीराखी । अनि फुसफुसाउँदै भनि  "आइ लाइक्ड योर कोट ।"

"थ्यान्क्यू" म उस्को गोडामा लुटपुटीदै भने ।


उसले मेरा हिडाई, दौडाई, बसाई र उडाईको प्रशांसा गरि । आफुले नजानेकोमा गुनासो गरि । विस्तारै उ र मेरो विचको पर्दा हट्दै गयो । उसले आफनो समस्याहरु विस्तारै खोली ।

हुन पनि हो उसंग राम्रा पोषाकहरु, जुत्ताहरु, सिंगारका सामाग्री केही थिएनन् । उसलाई पनि अन्य युबती जस्तै सुन्दरी देखिने रहर थियो ।  उसको आफनो घर थिएन । आफनो जग्गा थिएन । सबै भन्दा अनौठो त उ  भरचुअल विश्व प्रति अपरिचीत थिई । जस्तो केही बर्ष अघि सम्म म थिएं ।



"हेर न, म संग केही छैन ?" उसले मलिनो अनुहार बनाउँदै निराश हुँदै भनि । अनि थपि,  "अघि लस एञ्जल्समा, केटीहरुले मेरा पहिरनको खिल्ली उडाए । यो संसारमा त मलाई बाँच्नै मन लागेन ।"

"आत्तिनु पर्दै विस्तारै विस्तारै हुन्छ "। मैले उस्लाई सान्त्वाना दिने प्रयास गरें । तर उसको अधैर्यता देख्दा मैले तुरुन्तै केहि गरिहाल्नु पर्ने भयो ।

मैले उसलाई सपींग गराउने विचार गरें । भर्चुअल संसार चिनाउने सबै भन्दा सहज उपाय  थियो,  सपींग गराउनु   । मैले उसलाई सपिंग सेन्टरमा टेलिपोर्ट हुन अनुरोध गरें । उसले सहजै  स्विकार गरी ।

हामी दुबै टेलिपोर्ट भएर मिस चेरीको भर्चुअल सपिंग सेन्टरमा पुग्यौ । त्यहाँ  केही समानहरु निशुल्कमा पनि पाइन्थ्यो । तर सामानहरु भने राम्रा हुदैनन् । भर्चुअल संसारको मेरा सुरुवाती दिन झै, लिली संग पनि खरिदका लागि लिगदेन डलर नहुन सक्छ । मैले विचार गरेको थिएँ । भर्चुअल संसारको लेनदेनको मुद्रा लिंगदेन डलर हो । अमेरिकी डलर संग निश्चित दरमा एक्सचेञ्ज काउण्टरमा लिंगदेन डलर साट्न पाईन्छ ।

सपिंग सेन्टर देखेर उ खुसी भई । भित्र प्रबेश गर्न साथ एक्सचेञ्ज सेन्टरले हाम्रो स्वागत गरयो  । एक्सचेञ्ज सेन्टर देख्ना साथ उसको खुसी, बत्ती जाँदाको युपीएस नभएको कम्प्युटर झै झयाप्प निभ्यो । मलाई अलि न्याँस्रो लागेको थियो । खै किन हो ?

उसले आफु संग लिंगदेन डलर साट्न अमेरिकी डलर नभएको मलाई जनाउँ दिइ । मैले  फ्रिमा पनि केही सामानहरु पाइन्छ भने पछि उ अलि मुस्कुराई । मैलै उस्लाई निशुल्क पाइने समानहरु छानेर लैजाने ठाउँ सम्म लगे । उ धमाधम सामान छान्न थाली । उ केहि डराई रहेकी थिइ । म उस्को नजिकैको चेयरमा टस्स बसे । मैल आफनो चम्कीला आँखाले उसलाई  हेरी रहे । उसले लज्जाएर उनुहार रातो पारी । उ कपडाहरु छानी रहेकी थिइ ।

मलाई फर्कनु पर्ने थियो । भोली पल्ट आजकै समयमा  कोष्टरीकोको उही  समुद्री विचमा नयाँ पोषाक लगाई आउन अनुरोध गदै मैले  उ संग विदा मागे । उसले पनि    "बाई "  भनी ।

मैले पनि विदामा हात हल्लाएँ ।


No comments:

Post a Comment