Sunday, February 19, 2012

आयो है...... कान्छी बदाम !



फाल्गुन ७ । छोराले विहान खाना खान मानेन् । मेरो दिमागमा यूक्ती फुर्यो । 

"छिटो हाम्म गर बाबु,   हेलिकपट्र हेर्न कौसीमा जानु पर्छ ।" छोरालाई फकाउँदै भने ।

"कौसीमा हेलिकप्टर आउँछ बाबा ?" छारोले तोते बोलीमा सोध्यो । संगै बसेकी छ वर्षे छोरीले अपत्यारिलो आँखा म तिर हेरीन ।

"साँच्चै हो भनेको ल छिटो छिटो हाम गर ।" मैले छोरालाई फुकर्याउँदै भने । छोराले खाना खान थाल्यो । छोरीलाई मेरो भनाई पत्यार लागेन छ क्यारे मेरो कानमा खुसखुस गर्दै सोधिन,  "साँच्चै हो बाबा ?"

"मैले झुट बाल्छु होला त ? आज प्रजातन्त्र दिवश । रातो तुल झूण्याएको हेलीकप्टर आकासमा उड्छ ।" मैले बिश्वाश दिलाउदै भने ।
दुबै बच्चा खाना खाए पछि आज दिन भरी घरको छतमा बसे । आकास तिर घरी घरी हेरिरहे । किन हेलेकप्टर नउडेको मलाई सोधिरहे । तर रातो तुल झूण्याएको हेलीकप्टर साँझ पर्दा सम्म पनि आकासमा उडेन ।

"बाबाले आज झुठो बोलेको है ?" दुबै बच्चाले मलाई  साँझमा सोधे । मैले होइन भन्न सकिन । किनकी
आज प्रजातन्त्र दिवश मनाईएनछ । हेलिकप्टर उडाइएनछ । साँझ समाचार सुने पछी थाहा पाएँ । 

यस वर्ष मनाइएन, फाल्गुन ७ । प्रजातन्त्र दिवश भनेर मनाइन्थ्यो प्रत्येक वर्ष । केही वर्ष अघि टुडिखेलमा प्रजातन्त्र दिवश हेर्न गएको थिएँ । देशप्र्रेमका गितहरुमा सेनाले परेड खेले ।   टुडिखेलमा धुलो उडिरहेको थियो । 
डालोमा बदाम बेच्ने दाईले मञ्च तर्फका नेताहरुलाई देखाउँदै सोधेका थिए , "नेताहरुलाई किन परेड हेर्न मन लागेछ, राजालाई झै ?"

"आज प्रजातन्त्र दिवश दाई ।" मैले उनलाई जवाफ दिएको थिएँ । 

उनले दिक्दार मान्दै भने, "दिवश पनि के के हो, के के  ? आफ्नो त व्यापारै चौपट छ । भृकुटीमण्डप तिर लागियो आफु त । भिड उतै बढी छ ।"

उनी बदामको डालो काँधमा राखेर कराउँदै है हिडे, "आयो है...... कान्छी बदाम....... । लौ आयो है.... कान्छी बदाम........ ।"

आजका दिन कान्छी बदाम बेच्ने ति दाई के गर्दै छन् होला ? उनी अझ पनि कान्छी बदाम बेच्दै छन् की अर्कै पेसा गर्दै छन् ? कान्छी बदाम बेचिरहेका भए आजका दिन उनको व्यपार कस्तो भयो होला ? उनको कान्छी बदाम बेच्ने डालोमा  प्रजातन्त्र आयो आएन ?

प्रजातन्त्र नमनाउने निर्णय गर्ने, प्रजातन्त्र दिवस मनाउन निम्तो पर्खनेहरु र नमनाएकोमा विरोध गर्नेहरुसँग जवाफ छ की ? 

No comments:

Post a Comment