Tuesday, February 14, 2012

प्रीतिको गीत गाउँ

केहि आलाप 
केहि बिलाप 
एक आपसमा गर्दै, 
अलि अलि रिक्तता
अलि अलि तिक्तता 
दुइ बिचको मेट्दै,  
आऊ तिमी र म 
मन संग मन मिलाउँ
दिल संग दिल मिलाउँ ,
आऊ तिमी र म 
एकै छिन् 
प्रीतिको गीत गाउँ /   

हेर त, 
हरिया पहाडहरु
युगौ देखि संगसंगै बसेकाछन्, 
हेर त, 
निला नदिहरु 
सदियौं देखि सगर चुम्न दौडेकाछन्, 
आऊ तिमी र म 
हरिया पहाड बनौँ
नदि  र सागर बनौँ,
आऊ तिमी र म 
एकै छिन् 
सबै सबै भुलेर 
प्रीतिको गीत गाउँ /

हेर त,
चखेवा जोडी 
भिरपखेरामा बाँचीरहेछ, 
हेर त,
यो सिंगो धर्ति 
करोडौ बोकेर सधै हांसीरहेछ, 
आऊ तिमी र म 
चखेवा जोडी  बनौँ
अटल धर्ति बनौँ, 
आऊ तिमी र म 
चखेवा प्रीति 
धर्ति बनेर  लाउँ ,

आऊ तिमी र म 
एकै छिन्
सबै सबै भुलेर 
प्रीतिको गीत गाउँ /  

No comments:

Post a Comment