मनको वर्णन सहज छैन ।
कहीले घाम लागेजस्तो, कहीले पानी परे जस्तो । कहीले हावा चले जस्तो । मन्द मन्द हावा त चिसो
सिरेटो । मनको आयाम, मनको आकार, मनको रंग थरी थरी । आकलन गर्न नसकिने कहीले अति सुक्ष्म, कहीले विसाल । मन
हात्ती जस्तो पनि बन्छ, मन सुर्य जस्तो पनि ।
मनलाई आकाससँग दाँजेर
पनि लेखिएका छन । विसाल शुन्यताको प्रतिक अकासलाई लिइन्छ । रातमा लाखौ तारा
झीलमिलाउने आकास जस्तै मन विसाल छ । यसमा हजारौ विचारका, लाखौ अनुभवका ताराहरु
टिल्पीलाइरहेका हुन्छन् । ज्ञानको उज्यालोले यो आकास झन झन फराकीलो हुँदै जन्छ ।
कलम क थाहा पाउँदाको मनको आकार र अनुसन्धान र अनुभवले खारिएको मनको आकास एकै हुन
सक्ला र ?
मनमा कुराका धाराहरु
बहन्छन् । पीडाका आसु बग्छन् । तृष्णाका छालहरु
उछालिन्छन । मन समुद्र जस्तै छ । ननिलो पानीले भरिएको । निन्तर गतिशिल । लाखौं
ज्ञात अज्ञात जीवहरुको कल्याङमल्याङ । गहीराइ बढ्दै जाँदा झनझन रहस्यमय । अस्थीर
चञ्चल । कहीले अति शान्त अनि कहील अति गतिशिल । तर गतिशिलताको मात्र सधै रहीरहने ।
मनका के हो ? मनको निर्माण के ले
भएको छ ? मन चेतना र मनको, मन र आत्माको, मन र विचारको आदि आदि नसुल्झिएको विषय हो । ज्ञानको ठूलो भाग मन र चेतनाका
खोजमा खर्चिएको छ । आदिमाकाल देखि मानव सभ्याताको खोजको विषय मन सँग सम्बन्धीत छ ।
अध्यात्मको खोजको विषय हो ।
गीताको तृतिय
अध्यायको स्लोक ४२ मा श्री कृष्णले अर्जुनलाई भन्छनः
इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं
मनः ।
मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः
।। (४२)
अर्थात “हे अर्जुन यो
जडपदार्थ शरिरको तुलनामा इन्द्रियहरु श्रेष्ठ छन् । इन्द्रियहरुको तुलनामा मन
श्रेष्ठ छ । मनको तुलनामा बुद्धि श्रेष्ठ छ । र जुन बुद्धि भन्दा पनि श्रेष्ठ छ
त्यो सर्वश्रेष्ठ शुद्ध स्वरुप आत्मा तिमी नै हौ ।”
यसरी गीताले शरीर, इन्द्रिय, मन, बुद्धि र आत्माको
श्रेष्ठाता पिरामीड बनाएको छ ।
मानोचिकित्सकहरु पनि
यसैमा धेरै घोरिएका छन् । सिंगमण्ड फ्रायड अग्रज मनोविश्लेषक हुन् ।
फ्रयाडले
मनलाई सचेतन, अचेतन र अर्धचेतन गरी तिन भागमा वर्गिकरण गरेका छन् ।
बातावरण अनुकुल मन हुने
हो या मनले अनुभुत गरे अनुसारको बातावरण हुने । चेतनाको अनुभुतले मनमा विचार
निर्माण हुन्छ । इन्द्रियहरुले मनमा अनुभुती प्रवाह गर्दछन । मनमा बाहृय जगत र
मनको सम्बन्धले विचार निर्माण हुन्छ । विचारको निर्माण मनले गर्दछ । मनमा संग्रहीत
अनुभव र ज्ञानले विचारका श्रृंखला सृजित हुन्छ । यी विचारका धाराहरुले जगत प्रतिको
अवधारणाहरुको निर्माण हुन्छन् । कुनै कालो राम्रो, कुनै नराम्रो ।
No comments:
Post a Comment