Thursday, August 25, 2011

कविताको आत्महत्या

बैंसले भरिपुर्ण कविता
पानाबाट फुत्त निस्किएर
हिमाल देखि मधेससम्म पुग्यो,
तिमीले लेखेको
सेताम्मे हिमाल 
रक्ताम्य देख्यो,
तिमीले कोरेको
हरियो नागबेली पहाड
जलिरहेको देख्यो,
तिमीले छरेको
लहलहाउने फाँट
मरुभूमि भेट्यो,
अत्तालिदै कविता बगैचामा पुग्यो
तिम्रा सौन्दर्य विम्ब
फुल र कोपिलामा
काँडैकाँडा भेट्यो,
खोलाको कलकल र चराको चीरवीरमा
पिडा र चित्कार सुन्यो,
कान थुन्दै कविता 
चिसो सुस्केरा हाल्यो र
आकास तिर हे¥यो
गिद्ध र चिलहरु 
उडिरहेको देख्यो,
कालो आकाशमा 
जुन घाम हराएको देख्यो,
हतास र निराश कविता
हस्यांग फस्यांग गर्दै
शहर तिर दौडियो, 
कुष्ठरोगी शहरलाई
उसले पुलूक्क हे¥यो
निसास्सिएर कवितामा
बाच्ने चाहा हट्यो,
खुडकिला उक्लिएर कविता
धरहराको टुप्पोमा पुग्यो,
निराशा आँखाले स्वम्भु हेर्दै
कविताले हाम फाल्यो
टुडिखेलमा पछारियो
यसरी
कविताले आत्महत्या ग¥यो ।
यसरी 
कठै विचरा
कविताले आत्महत्या ग¥यो ।

No comments:

Post a Comment