Friday, November 11, 2011

शुक्रबार ११।११।११


विहान व्यूझना साथ मोबाईल हेरे. शुक्रबार ११।११।२०११ मोबाइलको स्क्रीनमा देखें । शक्रबार रमाइलो लाग्छ । खै किन हो आर्को दिन शनिबार हुने भएर हो की । आज झनै रमाइलो लाग्यो ,इस्बीसम्बतमा कस्तो अनौठो मिति । 

आज त डायरी नलेखी भएन । सिरक भित्रै गुडूल्किएर सोचें । धेरै दिन भयो केही नलेखेको । त्यसैले त सन २००९ देखि यौटै डायरीमा लेखिरहेको छु । आज त लेख्नै पर्छ । डायरी पढ्ने टेबल माथि नै राख्ने गर्छु । पानाहरु पल्टाएर हेर्न मन लाग्यो ।  यसो हातले तानेर डायरीको पानाहरु पल्टाउन थाले । 

होइन सन १०।१०।२०१० का दिन मैले के गर्दै थिएं । दिमागले सोच्यो । पानाहरु पछिल्तीर पर्काउँदै गएं । प्राय: मिति मैले विक्रम सम्बतमा लेख्ने गर्छु । पाना पल्टाउँदै जाँदा २०६७ साल असोज २४( इश्वी सम्बत १०।१०।२०१०) गते आइतबार भेटाएं
। पानामा पत्रिकाको कटिंग पेष्ट गरेको रहेछु । धनगढीबाट प्रकाशित हुने सुदुर सन्देश दैनिकको कटींग । परिबर्तीत सन्दर्भमा हाम्रो दशै शिर्षकको मेरो लेख छापिएको रहेछ । मैले सोही लेख पढ्न थाले........

परिबर्तीत सन्दर्भमा हाम्रो दशै


“नमुछे आमा दहिमा टिका, नछरे जमरा
दैबले गर्दा उठायो आमा, आउँदिन फर्केर ”

शान्ति सेना कंगोमा खटिएका मेरा साथीले फेसबुक वालमा लेखेका छन् । यु.के.मा अध्ययनरत साथीले आफु फूलपातीका दिन नेपाल झर्ने भनि कमेन्ट गरे । केही साथीले खसीको फोटो वालमा टयाग गरे, कसैले पहेलो जमरा, कसैले रातो टिका मुछिएको थाली र चंगा । सामाजिक नेटवर्क सञ्जाल फेसबुक दशैमय भएको छ । संसारको जुनसुकै कुनामा भए पनि नेपालीहरु दशै भने पछि हरुक्कै हुने तथ्य दशैमय फेसबुकले समेत प्रमाणित गरेको छ ।

अध्ययनका लागि छोरा अष्ट्रिेलीया पठाएका एक जना पिताको दशै मनाउने योजना यस्तो छ,
 “छोरालाई टिका, जमरा र आर्शिबाद अव ल्याप टपमा दिने ।” ............
.......................................
...........................


एक पेज भरिको आफनै लेख पढें । सन ०९।०९।२००९ मा के गर्दै थिएं होला? खोज्न थाले । के भेटाए ? पछि लेखौंला ।
























No comments:

Post a Comment