Tuesday, November 1, 2011

पहाडजस्तो बाटोजस्तो म


वास्तबमै जीवन यस्तै छ । कहिले जटील तर जटीलता भित्र पनि सहजता । कहिले सहज तर सहजता भित्र पनि अति जटिलता । पहाडमा पनि बाटाहरु भए जस्तो । बाटाहरु पहाड चढे जस्तो । मञ्जुल दाईको संस्मरण । खै कस्तो छ । पढ्ने तरखर गर्दैछु । बचन बाँणहरु विर्सने प्रयास गर्दैछु ।

आज छठ । धुमधामका साथ मनाईदै छ । फरक यत्ती छ, पोहर परिवार सहित थिएँ । पोहर सपरिवार मोहना नदीको किनारमा छठ पुजा हेर्न पुगेको थिएँ । यस पाली एक्लै छु ।

एक्लोपनले टोक्न खोज्छ । त्यसैले अध्ययनमा रमाईरहेको छु । खुसवन्त सिंह को Burial at  Sea पढी भ्याँए । खुसवन्त सिंहको रचनाको चर्चा निकै हुने गरेको छ । यो उनको पाँचौ उपन्याँस भए पनि मेरो चाँही पहिलो भयो ।

यस उपन्याँसको मुख्य पात्र भिक्टर जे.बी. अर्थात जय भगवान भिक्टर हो । कस्मिरी ब्राहमण परिवारले कसरी पाश्चात्य संस्कृती अंगिकार गर्दछ भन्ने विषय रोमाञ्चक तवरले पस्किएको छ । गान्धीले चर्खा आन्दोलन मार्फत भारतलाई स्वनिर्भर बनाउन खोजिरहेको बेला भिक्टरले औद्योगिकरण मार्फत आधुनिक  भारत बनाउने सपना देख्छ । खुसबन्तले यस उपन्याँसमा मानवीय यौनिकतालाई रोचक ढंगमा उतारेका छन् । 

केही समय भयो मैले फिक्सनलाई अलि बढी पढिरहेको छु । 

No comments:

Post a Comment