Saturday, October 29, 2011

जातीय विभेद गरि गालि गरे


तँलाई कामी !  कामी र दमाई कुजात !! हामी ठुलो जात !! तिमीहरुले छोएको खाँदैना !! तिमीहरुलाई त हामी खाना खुट्टाले घसारेर दिन्थ्यौ !!! कस्ता मान्छे हुन् कामी सार्कीलाई डेरामा राख्ने !!!  अझ के के .................

हिजो बेलुका अर्थात २०६८ साल कार्तिक ११ गते  भाई टिकाको साँझ  आफुलाई उपल्लो जाती भन्ने कुपण्डोल का केदार थापाले मलाई तथानाम गाली गरे ।   यी मान्छेको   घर को ठिक अगाडी को घरमा  परिवार  सहित बस्ने गर्छु   । हुन त यस्तो गाली विगत पाँच वर्ष देखि गर्दै आएका थिए। हिजो अति नै गरे ।
मेरा बच्चाहरु र श्रीमती रात भरी सुत्न सकेनन् । मलाई पनि रात भर निद्रा लागेन । पीडाले मन छटपटी रहयो । विहान उठ्ना साथ प्रहरीलाई खवर गर्ने विचार गरे । थापाथली पुल स्थीत हनुमान स्थान प्रहरी बीटमा गइ हिजो रातीको गाली गलौज र जातिय विभेदको जानकारी गराँए । उक्त प्रहरी विटबाट दुइजना प्रहरी आई उसलाई प्रहरी चौकी ल्याए । आइन्दा गाली गलौज नगर्ने भन्ने कागजात गराए । 
के यत्तीकैमा केदार थापाले मलाई जातीय विभेद गर्ने गरी गाली गर्न छोड्ला र?
छोडेन भने के गर्ने?
मलाई सहयोग गर्नुहोस् साथी हो ।  

1 comment:

  1. हिम्मत राख्नुस, सकारात्मक परिबर्तनका लागि तपाइलाई सदैब सहयोग र सद्भाव रहनेछ

    ReplyDelete