Sunday, October 16, 2011

जिवन काँडा कि फूल र फूलको आँखामा पढ्दा


आनी छोइड डोल्माको फूलको आँखामा दशैमा सकें । प्रायः किताबहरु पढ्दा आफूलाई पात्र कै रुपमा परिणत गर्छु । पात्र कै अनुभव र अनुभूतिमा तरंगीत हुन्छु । खै के भयो यस पटक ? जिवन काँडा कि फूल र फूलको आँखामा पढ्दा तरंगीत हुन  सकेन । बरु भिष्म उप्रेतिको मानसोरबरको यात्रामा उनी संगै मानसरोबर पुँगेको  थिएँ  ।

लेखन शैलीका हिसाबले दुबै पुस्तक राम्रा छन् । झमक घिमिरेले मदन पुरस्कार नै पाइसकेकी छन । उनले भोगेको पिडा र विभेद वास्तबमै अतुलनिय छ । पिडा यात्रा वास्तबमै कठीन हुन्छ । पिडा, विभेद र अवहेलनाको मनोदशा र मनोभाव शब्दमा उतार्नु अझ जटिल छ । त्यो दुश्साहस झमकले गरिन् । उनलाई सलाम छ । पुस्तक पढिनसक्दा सम्म नै मन भित्र कताकता कता दुखिरह्यो । उनले पितालाई खलपात्रको रुपमा पेश गरेकी छन् । के उनका पिता त्यती नै खराब हुन जति पुस्तकमा लेखिएको छ । यही लय आनीको पुस्तक फूलको आँखामा पनि देखिन्छ ।

आनी छोइड डोल्माले आफनो सघर्ष कथा फूलको आँखामा उतारेकिछन् । संघर्ष पिता मार्फत सिर्जीत छ । पीताको यातनाबाट मुक्ती पाउन आनी बनेको विषय उल्लेख गरेकी छन् । सो पुस्तक पढी सकेका मित्रले गुम्बाहरुमा चरम शोषण हुँदोरहेछ भनि टिप्पणी गरे । पुस्तकले आनीहरुको जीवन शैली उजागर नगरेको, दैनिक गतिविधिमा प्रकाश नहालेकाले  शोषण चरम नै हो भन्न चाहीं सकिदैन कि । एक जना छुच्ची पाको आनीले बाहेक अरुले राम्रो गरेको उनले उल्लेख गरेबाट बाहिर समाज जस्तो त्यहाँ शोषण नहुन पनि सक्छ । आनीले हेर्ने गरेको हिन्दी फिल्म जस्तै उनको जीवनमा नाटकीय परिवर्तनहरु आउँछन । फूलको आँखामा पुस्तक  चेतन भगतको उपन्याँस जत्तिकै रमाईलो छ । 

भर्खरै प्रकाशित चेतन भगतको Revolution2020 भरखरै पढी भ्याँए । बनारसका गोपाल, आरती र राघव तिन जना पात्रको त्रिकोणात्मक कथा उपन्याँसमा उनिएको छ । मुख्य पात्र गोपाल र आरती नै हो । कथा बनारस र गंगा नदिको वरीपरी घटित हुन्छ । उपन्याँसमा आमाको मृत्यु पछि पिता संगै हुर्किएको गोपालको इन्जीनियर बन्ने सपना चकनाचुर भए पछि, कसरी इन्जिनियरींग क्याम्पस स्थापना गरेर सोको प्रमुख समेत बन्छ भन्ने कथा देखाईएको छ । भारतिय शिक्षण संस्थाहरुमा बिद्यामान भ्रष्टाचारको जालो उपन्याँसले देखाउने प्रयास गरेको छ । केटा र केटी राम्रो साथी बन्न सक्ने की नसक्ने प्रस्न चिन्ह खडा गरेको छ । टाइम पास राम्रो सँग हुन्छ जसरी मेरो भयो । 

अव खगेन्द्र संग्रौलाको आफ्नै आँखाको लयमा पढ्ने तरखरमा छु ।

नलेखेको धेरै भयो । न डायरीमा, न फेसबुकमा, न त यस ब्लगमा नै । पढ्न मै व्यस्त भएं ।

No comments:

Post a Comment