Friday, October 28, 2011

त्यो दिन


धुलोमा नागै लडिबुढी खेल्दै थिएँ,
या तिमी
जन्मेको खुसीमा हाँस्दै थिएँ,
या तिमी पनि
म जस्तै बहिष्कृत हुने पिडामा रुँदै थिएँ,
थाहा छैन के गर्दै थिएँ 
म त्यो दिन ।

तिमी जन्मिएकै मेरा निम्ती
त्यो त भन्न सक्दैन
तर
बिज्ञान भन्छ,
म भित्रका मानब विज
कतिले त मलाई मानबै ठान्दैनन्
डिम्बको खोजिमा भौतारीदै
तिमीले अवतरण गरेको
विहान पछ्याई रहयो
सम्झदै तिमीलाई
सायद त्यो दिन ।




म भित्रका विजहरु
काँडा पन्छाउँदै,
पर्खाल भत्काउँदै
नदी बनेर अघि बढीरहे
तिमी गट्टा खेल्दै
गल्ली गल्ली दौडिदै
अस्विकृत बिजहरुको पर्खाइमा
निशब्द टोलाई रहयौ
अस्विकृतहरु लाई स्विकार्न
जन्मिएकी थियौ
सायद त्यो दिन ।

बचनका घनले पिटिदै
झिरहरुमा रोपीदै
तरबारमा रेटिदै
थकित र शोषित विजहरु
तिम्रा मौन पुकारहरुमा
तरंगित हदै उत्साहित भैरहें
तिमी मै विलिन हुन अघि बढीरहे
सबै आयामबाट बदर विजहरु सदर गर्न
जन्मिएकी थियौ
सायद त्यो दिन

म र तिमी
आमन्ने सामन्ने भयौ
सिंगो आकाशले रोक्न नसकेको
त्यो क्षण
पर्खाल बनेर सूर्य धर्तिमा ओर्लियो
हाम्रो आलिंगनमा तातिएर
सूर्य
हिउँ भई पग्लियो र
यौटा सुनौलो रात जन्मियो
यसै रातको लागि
जन्मिएकी थियौ
सायद त्यो दिन ।

त्यो रात
तिमी अलि तल झरेकी थियौं
म अलि माथि उक्लिएको थिएं
न रंग थियो, न जात थियो
न त सुन्दरता, न त कुरुपता
उज्यालो हामी सगै पग्लिएर
रात बनेको थियो ।
सायद यसै रातको पर्खाईमा,
तिमी जन्मिँदा
म रुँदै हाँसेको थिएँ
सायद त्यो दिन ।

No comments:

Post a Comment