Wednesday, October 19, 2011

भट्टी र देश


आउनुहोस..... 
आउनुहोस्..........
आउनुहोस्....................
हाम्रो यो भट्टीमा
राणाकालीन शहिदको
रातो तातो रक्सी पाईन्छ,
विरहरुको
ताजा सेकुवा खुवाईन्छ,
पिउनुहोस्, चपाउनुहोस्
तात्तिनुहोस्, मात्तिनुहोस्
सिटको कमी छ,
बेलैमा सम्पर्क राख्नुहोस् ।

आउनुहोस्.......
आउनुहोस्...............
आउनुहोस्........................
काख उजाडिएकी आमा
मञ्चमा नग्न नचाईन्छ
सिन्दुर पुछिएकी नबबधु 
क्यावीन क्यावीन पठाइन्छ
पैसा तिर्नु पर्दैन
सके जति लुट्नुहोस्
भट्टि भन्दा बाहिरका
सबै मकैका ठेट्ना हुन
सके जती भुट्नुहोस
कोपर्नुहोस्, 
हसुर्नुहोस्
सिटको कमी छ,
बेलैमा सम्पर्क राख्नुहोस् ।

आउनुहोस्
भाग्य जाँच्नुहोस्
आमा च्याँखे थाप्न पाईन्छ
प्रत्येक दिन यहाँ 
नौला नौला चटक देखाईन्छ 
ठट्टा सुनाएर,
यहाँ रुन लगाईन्छ
पीडा सुनाएर,
यहाँ हाँस्न लगाईन्छ
शहिदका नलीहाडमा 
गाँजा र चरेस उडाइन्छ
आउनुहोस् आनुहोस् 
जात्रा मनाउनुहोस्
मौका यही हो 
सिटको कमी छ
बेलैमा सम्पर्क राख्नुहोस् ।

No comments:

Post a Comment