Saturday, December 17, 2011

हाम्रो एनिमल फार्म समाज


यस अवधिमा कम लेखें । व्लग नलेखेकै केही हप्ता वितेछ । तर पढ्न भने राम्रै पढिएछ । जर्ज ओरेलको उपन्याँस एनिमल फार्म निकै स्वादीलो लाग्यो । कसरी शक्ति र स्वार्थमा लिप्त नेतृत्व निरंकुश बन्छ, उपन्याँसले चित्रण गरेको छ । शासक वर्गको प्रतिनिधित्व गर्ने सुँगुरहरु, त्यसमा पनि सुँगुरहरुको नेता नेपोलियनको निरंकुशता र षडयन्त्र निकै रोचक छ । उपन्याँसमा बर्णीत घटना हाम्रै जस्ता लाग्छन् ।

के हाम्रो समाज एनिमल फार्म हो ? के म एनिमल फार्म कै जन्तु हुँ ? जस माथि सुँगुर र कुकुरहरुले राज गर्छन्, आफना आदेशहरु जारी
गर्छन् ।  ती आदेशहरु मैले खुरु खुरु मान्नु पर्छ । मलाई यस्तै लाग्यो, एनिमल फार्म पढे पछि । मैले भोगेको समाज एनिमल फार्म भन्दा मलाई भिन्न लाग्दैन । परिवर्तनका सपनाहरु, सत्ताका षडयन्त्रहरु, शोषणका न्यायपुर्ण क्लेबरहरु, सबै सबै म हुर्किएकै समाज जस्तो लाग्यो, एनिमल फार्म ।

समानता र न्यायका लागि एनिमल फार्ममा सबै जनावरहरु मिलेर मान्छेका विरुद्ध विद्रोह गर्छन । शोषक र निरंकुश शासकको प्रतिक मान्छेलाई एनिमल फार्म बाट लखेट्छन् । विद्रोहको नेतृत्व बौद्धिक सुगुरहरुले गर्छन । समय वित्दै जाँदा समानता र न्याँयका लागि लेखिएका क्भखभल अयmmबलमक  परिवर्तीत हुँदै जान्छन् । 

सुरुमा सबै जनावरहरु समान छन् लेखिन्छ । यो समानताको नारा, हाम्रा बेदमा बर्णित समानताका ऋचाहरु जस्तै छन् । कालगति सगै पुनरलेखन गरिन्छ सबै जनावरहरु समान छन् तर केही जनावरहरु बढी नै समान छन् । जसरी बेदका मानबताबादी सिद्धान्तहरु स्मृती र पुराणहरुसम्म आइपुग्दा जातीबादको रछ्यानमा मुछिए झै  एनिमल फार्ममा पनि विस्तारै जातीय  विभेदले प्रबेश पाउँछ । एनिमल फार्मका जन्तुहरु न्याँयका सिद्धान्त प्रतिबादन गर्ने सुँगुरहरुबाटै शोषित बन्न पुग्छन् ।  हिन्दु समाजका  विद्वानहरुले आफैलाई उच्च र अन्यलाई आफुलाई भन्दा तल्ला जाती  घोषणा गरेर जाती विभेदलाई हिन्दु समाजमा संस्थागत गरेका थिए ।  त्यसरी नै  सुंगुर र कुकुरहरुले पनि आफैलाई उच्च जाती र वर्ग घोषीत गर्छन् र अन्य जन्तुहरुलाई शोषण गर्छन् ।
यो त भयो पढेको कुरा ।  पढिरहेको कुरा पनि गर्न मन लाग्यो   । 

मैले खुसवन्त सिंहको उपन्याँस "Delhi" पढिरहेको छु । यो अलि लामो छ । s यो  खुसवन्त सिंहको तेस्रो उपन्याँस हो । भारतीय इतिहासको  बिशेष त दिल्लीको इतिहास र संस्कृतीको बारेमा आकर्षकरुपमा बर्णन गरिएको छ । कवि तथा गजलकार  "मिर ताकी मिर" को भाग सम्म पुगी सकेको छु । उनको उर्दु कवितालाई खुसवन्तसिंहले अगे्रजीमा यसरी लेखेका छन्:

As I opened my eyes after the death
My only wish was to once again see your face;
It was in my heart you had your habitation
Where will find eyes to see this plundered place?

No comments:

Post a Comment