Tuesday, March 26, 2013

रंगोत्सव


तिम्रो गालामा फुल्ने
लालीगुराँसबाट
तिम्रो मन भित्र झुल्ने
उमंङ्ग र रहरबाट
थोरै रातो रंग देऊ,
मेरो छातीमा छचल्कने
गहिरो सागरबाट
मेरो मुटु भित्र धड्कने
प्रेम र उत्साहाबाट
थोरै निलो रंग दिउँला,
समयको क्यानभासमा
आ आफनो आत्माको कुचीले
एब्सट्रया्क्ट संसार बनाऊँ
आऊ
अब त्यहाँ जाऊँ,
तिमी र म रंगोत्सव मनाऊँ ।
तिमी र म हर्साेत्सब मनाऊँ ।

No comments:

Post a Comment